काठमाडौं,२८असार– बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर घटेको छ ।


नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ५ प्रतिशत रहेको स्प्रेड दरलाई ४ दशमलव ५ प्रतिशतमा झारेको हो ।


२०७० असोजबाट स्प्रेड दर कार्यान्वयन शुरु गरेको राष्ट्रबैंकले पाँच वर्षपछि स्प्रेड दरमा पुनरावलोकन गरेको हो । यसअघि ५ प्रतिशत अन्तरमा ब्याज राखेर ऋण प्रवाह गरिँदै आएको थियो ।

बढाउनुपर्ने पक्षमा रहेका बैंकहरूले स्प्रेड दर घटेकोमा भने असन्तुष्टि व्यक्त गरेका छन्  । उनीहरुले मौद्रिक नीतिमा सुझाव दिने क्रममा बैंकहरूले स्प्रेड दर ६ प्रतिशत माथि बनाउन आग्रह गरिरहेका थिए ।