काठमाडौं, २२ चैत — सामाजिक सञ्जाल फेसबुकले ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण चोरी भएको स्वीकार गरेको छ । केम्ब्रीज एनालाइटीका नामक राजनीतिक परामर्श दिने संस्थाले ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण प्राप्त गरेको बीबीसीले बताएको हो । 

फेसबुकका प्रमुख मार्क जुकरबर्गले प्रयोगकर्ताका विवरण चुहावट भएको स्वीकार्दै त्यसलाई रोकिने बताएका छन् । 

गोप्य जानकारी सार्वजनिक गरेका क्रिस्टोफर विलीले ५ करोड प्रयोगकर्ताको विवरण दुरुपयोग गरिएको आशंका गरेका थिए । पत्रकार सम्मेलन गर्दै जुकरबर्गले जिम्मेवारीको दायरा फराकिलो बनाउन आवश्यक रहेको र सबै प्रयोगकर्ताको विवरण सुरक्षित गरिने बताएका हुन् ।  

जुकरबर्गले प्रयोगकर्ताका विवरण चुहावट हुने सेवालाई बन्द गरिसकिएको छ भने  पछिल्लो प्रकरणमा फेसबुकले आउने दिनमा आन्तरिक छानबिन समेत समेत बताएका छन् । 

फेसबुकका प्रमुख प्रविधि अधिकृत माइक स्क्रोएफरको ब्लगमा प्रयोगकर्ताका विवरण कसरी चुहिन पुग्यो भन्ने बताएका छन् । जुकरबर्गसँग यही विषयमा सोधपुछ गर्न अमेरिकी सिनेटको कानुन तथा वाणिज्य समितिले समेत अप्रिल १० र ११ मा उनलाई बोलाएको छ ।