लोकसंगीत अध्येतासँग देउसी संवादः मगर सेनाबाट सुरु भयो देउसी


Thursday, 27 Oct, 2016 12:18 PM

संखुवासभाको अरुण उपत्यका क्षेत्रका वासिन्दा नवीन खड्का नेपाली लोक संस्कृति र लोकसंगीत क्षेत्रमा गहिरो अध्ययन गरेका अध्येता हुन् । नेपाली लोकसंगीत संकलनमा छुट्टै स्थान बनाएका उनी नेपालमा मात्रै होइन भारतको दार्जिलिङ पहाड, सिक्किम, भुटान, असम हुदै बर्मासम्मका लोकसंस्कृतिहरुको खोज, अनुशन्धान र गायन कलामा प्रख्यात छन् । नेपाली लोक संगीतको अध्ययनका लागि अरुण उपत्यका भन्ने संस्था नै खोलेर अभियान चलाइरहेका नवीन र उनको अभियानकी सहयात्री पुस्तका खड्कासँग देउसी भैलो बारे चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः


तिहारमा देउसी खेल्ने प्रचलन नेपालमा कहिलेबाट सुरु भएको हो ?
देउसी लोकभाका मगर जातिको लोक संस्कृतिबाट सुरु भएको हो । देउसी खेल्ने चलन कसरी सुरु भयो भन्ने रोचक कथा छ । देउसीमा बजाइने मुख्य बाजा मादल हो जुन मगर जातिले आविश्कार गरेका थिए । मादलसँगै उनीहरुले दुईवटा पुख्र्यौली नाचको बिकास गरे । एउटा मारुनी र अर्को देउसी नाच । मारुनी र देउसी सभ्यता मगर जातिबाट विकास भएको हो । मारुनी नाचको विकास मगर जातिले गरे पनि यसको सुरुवात कुमाल र माझी जातिबाट भएको थियो ।


देउसीको सुरुवात कसरी भयो त ?
देउसी भन्दा अघि मारुनी नाचबारे केही बुझ्नु पर्छ । गण्डक सभ्यताबाट सुरु भएको सोरठी लोकनाच पछि पूर्बी नेपालसम्म फैलिंदै गयो । यस नृत्यलाई पछि पूर्बी नेपालका मगर जातिले कोशी सभ्यतामा प्रचलित मारुनी लोकसंस्कृतिमा मर्ज गरे र यसले पूर्बीय सभ्यतामा निरन्तरता पायो ।


दार्जिलिङ र सिक्किमको बीचबाट बग्ने रंगीत नाम  गरेको एउटा नदि छ । त्यस नदिको पश्चिम देखि अरुण नदिसम्म लिम्बु जातिको घना बस्ती थियो । जुन क्षेत्रलाई लिम्बुवान क्षेत्र भनिन्छ । त्यस क्षेत्रमा परापूर्वकालमा बलिहाङ नाम गरेका एक किरात राजा थिए । जसका विश्वास पात्र सेना सबै मगर थिए । ती राजा एकदमै धर्मात्मा थिए । उनी धेरै समय पूजापाठमा विताउँथे । राजकाज भन्दा बढी उनी ध्यान र तपस्यामा हुन्थे ।

 

हिन्दु धर्म होइन, दर्शन र सभ्यता हो । जसलाई हिन्दु धर्म भनिंदै आएको छ त्यो सनातन धर्म हो । भैलेनी पूर्वीय सभ्यताको एउटा अंश हो ।


बलिहाङ राजा ध्यानमा रहेका बेला छिमेकी देशका सेनाले लिम्बुवानमाथि आक्रमण गर्यो । मगर सेनाले त्यो आक्रमणलाई पराजीत गरे । तर यो कुरा बलिहाङलाई थाहा थिएन । मगर प्रयुक्त भाषामा डेउसी–रे–फाइलोको अर्थ हामीले–राजा–बचायौँ भन्ने हुन्छ । सोहि डेउसी–रे–फाइलो कालन्तरमा अपभ्रंश भइ देउसीरे हुन गएको हो । मगर सेनाहरुले डेउसी–रे–फाइलो, डेउसी–रे–फाइलोे भन्दै कराएको सुनेर वलिहाङ राजाले के भएको हो भनि सोधे ? प्रत्युत्तरमा सेनाले राजालाई सबै घटनाको इतिवृतान्त सुनाए । मगर सेनाको कुरा सुनेर राजा वलिहाङ अत्यन्त प्रसन्न भए र उनले यो सन्देश अब देशैभरी फैलाउ भनि आदेश दिए । बलिहाङ राजाले आदेश दिएपछि मगर सेना घरघरै देउसुरे फाइलो भन्दै हिंड्न थाले । पछि यसले देउसी लोक नृत्यको बृहत रुप लियो र आजसम्म निरन्तरता पायो ।   

 


देउसी भट्याउँदा नछुटाइकन बलि राजाले पठाए भनिन्छ । बलि राजा भनेका तिनै बलिहाङ राजा हुन् । ‘हामी त्यसै आएका होइनौ, बलिमा राजाको हुकुमै हुँदा’ भन्ने चलन अझै छ । त्यसबेला बलिहाङ राजाको आदेशले चलाएको चलन हरेक वर्ष त्यही समयमा अपनाउन थालियो । त्यही संस्कृति पूर्वबाट पश्चिमसम्म पुग्यो ।


भैलेली गाउने चलन चाहीँ कसरी आयो त ?
भैलेनीका विषयमा विभिन्न अध्ययनका बेग्ला बेग्लै निश्कर्ष छन् ।  भगवान विष्णुको पाँचौं अवतार बामनले त्रिलोकको राज्य जितेका बलिराजाको कथासँग पनि यसलाई जोडिन्छ । दानमा ख्याती कमाएका बलिराजासँग बामन अवतारका विष्णुले तीन पाउ जमीन भिक्षा मागेको । जमीन दिने वचन दिएपछि बामन अवतारले एउटा पाइला स्वर्ग, एउटा पाइला मत्र्य र अर्काे पाइला राख्ने ठाउँ नभएपछि बलि राजाको शीरमा राखेको कथा छ । बामन अवतारले बलिराजाको शीरमा पाइला राख्दा उनी पाताल भासिएको र बलिराजाका बहिनीहरुले मेरो दाइलाई नमारिदेउ भन्दै भैलेनी गाएको कथा छ । त्यसैले भैली पुरुषले खेल्दैनन् र मंगोल समुदायका मान्छेले पनि भैली खेल्दैनन् ।

 

मारुनी नाचको सुरुवात कुमाल र माझी जातिबाट भयो । पूर्बी नेपालमा भएका अरु संस्कृति समेटेर मगरहरुले सोरठी नाचलाई मारुनी नाचमा मर्ज गरे । पूर्बीय सभ्यतामा यसले निरन्तरता पायो ।


भनेपछि भैली हिन्दु धर्मावलम्बीले मात्रै खेल्छन् ?
तपाईंहरु स्पष्ट हुनुस्, हिन्दु धर्म होइन । हिन्दु दर्शन हो हिन्दु सभ्यता हो । पूर्वीयहरुले जसलाई हिन्दु धर्म भन्छन् त्यो सनातन धर्म हो । भैलेनी पूर्वीय सभ्यताको एउटा अंश हो ।


तपाईंहरु लोक संगीतको वजारमा त्यति देखिनु हुँदैन नि, देउसी भैलेनी जस्ता लोक गीतहरु कसरी रचना गर्नुहुन्छ ?
हामी गीतहरु रचना गर्दैनौं, संकलन गर्छाैं । विभिन्न समुदाय र संस्कृतिको अध्ययन गर्छाैं र उनीहरुको संस्कृतिमा भएका पक्षलाई संकलन गर्छाैं । र त्यसलाई हामी जस्ताको तस्तै रुपमा प्रस्तुत गर्छौं । संस्कृतिको लोकपन नछोपियोस् र नतोडियोस् भनेर हामी ध्यान दिन्छौं । अहिले बजारमा आएका गीतहरु लोकगीत होइनन् । हामी त्यतातिर लाग्दैनौं ।


देउसी भैलोमा पनि तपाईंहरुका बेग्लै परिकारहरु छन् पूर्वको शैलीका देउसी भैलो मात्रै तयार गर्नुहुन्छ ?  
लोक संस्कृति र लोक संगीतको अभियानमै हामीले देउसी भैलो पनि समावेश गरेका हौं । हामीले पूर्वको मारुनी सोरठी मात्रै होइन पश्चिमका सबै लोकभाकामा काम गरेका छौं । अभियानमा धेरैजसो पूर्व अरुण उपत्यकाको शैली समेटेका छौं । हाम्रो एउटै उद्धेश्य लोक गीत र लोक संस्कृति बाचइराख्ने हो ।


अहिलेसम्म यस्ता कतिवटा लोकगीत तयार गर्नु भयो ?
हामीले अहिलेसम्म पाँच सय वटा लोक गीत संकलन गरेर गाएका छौं । हामी कुनै पनि गीतको रचना गर्दैनौं । समाजमा जे छन् तिनै गीतको संकलन गर्छौं र तिनै संकलिी गीत गाउँछौं । ती गीतमा हामीले तयार गरेको भिडियो पनि सम्बन्धित ठाउँकै संस्कृति समावेश गरी टिपिकल बनाएका हुन्छौं । त्यसैले यो तिहारमा तयार गरेको देउसीको छायङ्ंकन हामी अर्काे साल मात्रै बाहिर ल्याउँछौं । किन भने तिहारको छायाङ्कन तिहारमै गर्नु पर्छ । कुनै वनावटी कुरालाई हामी भिडियोमा पनि राख्दैनौं ।


लोक गीत  र लोक संस्कृति भनेको के हो त ?
लोक गीत र संस्कृतिको परिभाषा त्यति सजिलै सँग दिन सकिंदैन । मानव सभ्यताका मुख्य चार पाटा हुन्छन् । सामाजिक, भौगोलिक, आर्थिक र सांस्कृतिक । त्यस मध्येको मुल पाटो नै संस्कृति हो । संस्कृति भित्रै भूगोल अटाएको हुन्छ । संस्कृतिमा समाज अटाएको हुन्छ र सस्कृति भित्रै बिकास अटाएको हुन्छ । संस्कृति आफैमा आदिम कालको मानव सभ्यतालाई नेतृत्व गरेर आइरहेको हुन्छ । त्यसैले यसलाई सिमित शब्दबाट परिभाषा लगाउन सकिंदैन । संस्कृति नै नभए समाज समाज रहँदैन । त्यसैले समाजलाई गतिशील बनाइराख्न संस्कृति जोगाउनु आवश्यक छ ।

 

मगर प्रयुक्त भाषामा डेउसी–रे–फाइलोको अर्थ हामीले–राजा–बचायौँ भन्ने हुन्छ । सोहि डेउसी–रे–फाइलो कालन्तरमा अपभ्रंश भइ देउसीरे हुन गएको हो । मगर सेनाहरुले डेउसी–रे–फाइलो, डेउसी–रे–फाइलोे भन्दै कराएको सुनेर वलिहाङ राजाले के भएको हो भनि सोधे ? प्रत्युत्तरमा सेनाले राजालाई सबै घटनाको इतिवृतान्त सुनाए । मगर सेनाको कुरा सुनेर राजा वलिहाङ अत्यन्त प्रसन्न भए र उनले यो सन्देश अब देशैभरी फैलाउ भनि आदेश दिए ।


अहिलेका दोहोरी गीत लोकगीत हुन् कि होइनन् त ?
यी बजारमा आएका दोहोरी गीतहरु लोकगीत होइनन् । रोधी संस्कृति रहेका ठाउँमा दोहोरी गीत गाउने चलन थियो । त्रिशुली नदिबाट पश्चिमको गण्डक क्षेत्रमा त्यसलाई दोहोरी गीत भनिन्थ्यो । त्रिशुली नदि पूर्व यसलाई जुहारी भनिन्छ । लोक गीत सबै ठाउँको हुन्छ तर, गाउने शैलीले फरक पारेको हुन्छ ।


जव कि लोकगीतका भाकाहरु पनि ती सभ्यताबाट नै प्रभावित छन् । सभ्यतामा नदि नै किन जोडियो ?
जुन नदिनसँग जोडिएर सभ्यता विकास भएको हुन्छ र जुन क्षेत्रलाई त्यो सभ्यताले समेटेको छ त्यो सभ्यता त्यही नदिले सिंचाइ हुने क्षेत्र हो । तपाईंलाई भन्दा अनौठो लाग्ला– भारतको सिक्किम दार्जिलिङ, आसाम, मणिपुर र भुटानको केही भाग पनि कोसी सभ्यताबाट प्रभावित क्षेत्र हुन् । त्यहाँ पनि यिनै लोकगीत छन् हामी जुन गाउँछौं । यसो किन भयो भने यता इन्द्रवती देखि सुरु भएर कोसी नदि हुँदै समेटिएको क्षेत्र कोसी सभ्यतामा पर्छ । त्यसको प्रभाव नेपालमा मात्रै छैन टिष्टा नदि हुँदै भुटानसम्म पुगेको छ । नेपालको गण्डक क्षेत्रको अर्काे सभ्यता छ र त्यसबाट पश्चिममा अरु पनि नदिमा आधारित सभ्यता छन् ।  

 

भिडियो हेर्नुहोस्:

 

हरियो भन्नु त्यहि रानीबन - देउसी लोकनृत्य (भिडियो)

 

भैलेनी आयौँ आगन - भैलेनी लोकनृत्य:

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल बिखण्डन गर्ने पटना बैठकको संसदमा चर्काे विरोध 

‘केही समय अगाडि भारतको पटनामा राष्ट्रिय एकता, समाजिक सद्भाव, अखण्डता र सुरक्षामा आँच आउने किसिमले नेपालका केही राजनीतिक दल तथा समुहका प्रतिनिधिहरुले बैठक–भेला गरेको भन्ने कुरा सुन्नमा आएकोले मैले त्यसबारे प्रधानमन्त्री तथा अन्य चार दलका जिम्मेवार नेताहरुको ध्यानाकर्षण गराउँदै सत्यतथ्य माग गरेकोमा प्रधानमन्त्री स्वयंले गम्भीर अनुसन्धान गरी यथार्थ विवरण जानकारी गराउनुको साटो त्यस विषयलाई हल्का र राजनीतिक दाउपेचमा उपयोग गर्ने प्रयत्न गरेको देखियो’ रावलले संसद बैठकमा भने, ‘मैले उक्त विषयलाई गम्भीर र भरपर्दाे जानकारीको आधारमा मात्र प्रधानमन्त्री लगायतका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको स्पष्ट पार्न चाहन्छु ।’ 

संशोधनको प्रस्ताव नै परिमार्जन हुनुपर्छ– अध्यक्ष ठाकुर

विराटनगर, ७ माघ – तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top