एउटा ‘भिलेन’को कारुणिक कहानी


Saturday, 11 Jun, 2016 11:32 AM

३५ वर्षदेखि अभिनयमा रहेका रमेश बुढाथोकी अक्सर फिल्म र टेलिफिल्ममा ‘भिलेन’मा जमेका कलाकार हुन् । चार दर्जन फिल्म र चौध भन्दाबढी टेलिफिल्ममा अभिनय गरेका बुढाथोकीले १२ वटा टेलिफिल्मको निर्देशन समेत गरेका छन् । फिल्म र टेलिफिल्म प्रायः सबैमा उनले भिलेनकै रोल खेले । पर्दाको कथामा डरलाग्दो डाकु देखिने बुढाथोकीको आफ्नो जीवन भने निकै करुणामय छ । भिनेतृ पत्नी बिना बुढाथोकी दुई छोरीसहित १२ वर्ष अघिदेखि देशबाहिर छन् । कलाकारिता जीवन र काठमाडौंमा रमेशको एक्लो जीवनबारे बिनु पोखरेलले उनीसँग कुराकानी गरी तयार पारेको रिपोर्टः 

 

कलाकार नै हुन्छु भन्ने दिमागमा थिएन । केटाकेटीदेखि नै स्कूलमा अभिनय गरिन्थ्यो । वाल्यकालमा स्कूल र घरमै पनि साथीहरुसँग चोर–पुलिस खेल खेलिन्थ्यो । त्यसै बेलादेखि अभिनयमा सोख जाग्यो । मभित्र त्यही थियो होला सायद, अनि त्यही निस्कियो । नभए त स्कूलका अरु साथी जस्तै स्कूलफष्ट गरेर सरकारी जागीरमा नाम निकालेर जागीर खाएर बस्थेँहोला । तर म फरक हुनाले नै उनीहरुको र मेरो बाटो छुट्टियो । 


त्यो २०३५ सालको कुरा हो ।  म एसएलसी दिएर बसेको थिएँ । त्यसबेला दियालो परिवार नाट्य समुह भन्ने एउटा ग्रुप थियो । त्यसमा म आबद्ध भएँ । त्यसैमा मैले अभिनय गरेँ । त्यो नाट्य समुहमा मेरा सिनियर रंगकर्मीहरु हुनुहुन्थ्यो बद्री अधिकारी र मुकुन्द श्रेष्ठ । त्यसैबेला मैले सार्बजनिक प्रदर्शनका लागि पहिलो अभिनय गरँे । त्यो नाटक दमक बजारमा देखाइएको थियो । त्यसै बेला मलाई अभिनयमा केही कुरा सिकेँ जस्तो लाग्यो । 

 

चिनेका सबैले जागिर खाएको देख्दा ‘धत् कस्तो ठाँउमा आएछु’ जस्तो हुन्थ्यो । तर साथीहरुले ‘तँ त ठूलो मान्छे भइस् नि’ भन्थे, म खुसीले दङ्ग पर्थेँ । जीवन भनेकै यस्तै रैछ, अर्काको खुसी छिटै देखिने, आफूभित्रको खुसी खोजी गर्नु पर्ने ।


पछि आइए पढ्न काठमाडांै आएँ । प्रज्ञाप्रतिष्ठानमा त्यसबेला कलाकारका लागि प्रत्येक वर्ष एकबर्षे  कोर्षको तालिम खुल्दोरहेछ । त्यसमा म पूर्वाञ्चलबाट छनौट भएँ । म बिहान ट्रेनिङ लिंदै दिउसो त्रिचन्द्र कलेज पढ्ने गर्थँे । 


कला भनेको समाजबाट लिएर समाजलाई नै पस्कने कुरा रहेछ । कलाका हरेक कुरा जीवनसँगै सम्बन्धित हुन्छन् । मलाई लाग्छ कला नै जीनव हो र जीवन नै कला । जीवनको भूमिका निभाउने मान्छे सबै भन्दा ठूलो अनुभवी हो । कलाकार सबै भन्दा बढी जीवन बुझेको हुन्छ । जीवन भोगाईकै रिफ्लेक्ट हो अभिनय । 

 


प्रायः म भिलेन 
म प्रायः भिलेन रोलमा खेल्थेँ, त्यसले जुन म्यासेज दिनुपर्ने हो त्यो दिन्थ्यो । त्यो कसरी थाहा हुन्थ्यो भने बाहिर हिंड्दा वा कसैले भेट्दा, उ त्यो सिरियल वा त्यो फिल्मको गुण्डा आयो भन्थे । त्यसले म भित्रको कलाकार सफल भएर जिउँथ्यो तर, मेरो मन भने मथ्र्याे । किनभने रियलमा त म एक साधारण मान्छे हुँ नि । हेर्नुन त ! के म गुण्डा जस्तो देखिन्छु ? । 


म कलाकार हुँ, यसको बिकल्प मैले कहिल्यै सोचिनँ, कलाकार भएरै बसँ । आज सबै साथी कहाँ कहाँ पुगे म कलाकार नै रहेँ । उनीहरुलाई भेट्यो भने वाह ! तेरो त दामी छ नि भन्छन् । अनि सबैले मायाले बोलाईदिन्छन्, यही त रहेछ खुसी हुने कुरा । ३५ बर्ष भएछ कलाकारितामा लागेको । अब छोड्ने त कुरै भएन । जीवनको अन्तिमसम्म पनि कलाकारितामै हुन्छु । यही काम गर्दागर्दै मर्ने मन छ । अरु केही चाख छैन  । अझ सक्रिय रुपमा यही पेशामा लाग्छु । दर्शकको माया पाएको छु, यो भन्दा बढी केही चाहिँदैन । 


यस क्षेत्रमा नलागेको भए के हुन्थेँहोला भनेर पनि कहिल्यै सोचिनँ । काम गर्दा निराशा पनि आयो, नआएको होइन । कति पटक बिरक्त पनि भइयो । तर बाटोमा कतै देख्दा दर्शकले तारिफ गर्छन्– तपाईको रोल कति राम्रो ! ओहो अस्तिको फिल्ममा कति राम्रो दाइ ! ल बाबु राम्रो छ !  यस्तै यस्तै तारिफ, सम्मान र मायाले यसमै लागिरहन झक्झक्याइरह्यो । ४० वर्ष पहिले मैले अभिनय गरेको ‘टाढाको बस्ती’ नामको सिरियलमा मैले ‘काजी बा’को रोल निभाएको थिएँ । त्यस्तै ‘दुई दिनको जिन्दगानी’मा एक सकरात्मक पात्रको रोल मैले गरेँ । त्यसपछि बाटोमा भट्नेले पनि ‘वाह ! तपाईको जस्तै परिवार सबै नेपालीको होस् भन्थे । अर्को पुष्पाञ्जली भन्ने सिरियलमा खलनायकको भूमिका निभाएको थिएँ । त्यो पनि निकै चर्चित भयो । 

 

छोरीहरु हाँसेको, खेलेको देख्दा खुब खुसी लाग्थ्यो । उनीहरुको मुस्कानमा आफ्ना सबै पीडा भुलिन्थ्यो । घर चाँडै जाउँजस्तो हुन्थ्यो । अहिले आफ्ना पीडा बिर्सने खुसी आफैं भित्र उमार्नु पर्छ ।


दुई आनन्द 
आनन्द लिन सक्दा यो जति आनन्द केहीमा छैन । एक त समाजका पात्रको रोल आफंै गर्दा त्यसले सकारात्मक बन्न सिकाउँछ । साँच्चै भन्दा कलाकारले दुई तरिकाले जीवन बुझुन सक्छ । एक आफ्नो धरातलको र अर्को अभिनयको । उ धेरै अनुभवी बन्छ । 
कति त पैसाबिना पनि काम गरियो । चिनेका सबैले जागिर खाएको देख्दा ‘धत् कस्तो ठाँउमा आएछु’ जस्तो हुन्थ्यो । तर साथीहरुले तँ त ठूलो मान्छे भइस् नि भन्थे, म खुसीले दङ्ग पर्थेँ । जीवन भनेकै यस्तै रैछ, अर्काको खुसी छिटै देखिने, आफूभित्रको खुसी खोजी नगर्ने । अर्काले के के न गर्यो भनेर बस्ने आफूले के गर्न सक्छु नसोच्ने ।

 


यो एक्लो जिन्दगी 
अभिनयकै क्रममा मैले बिना बुढाथोकीसँग बिहे गरेँ । मण्डीखाटारमा हाम्रो घर छ । बिना र मेरा दुई छोरी छन् । तर अहिले बिना र छोरीहरु बाहिर छन् । यहाँ म मात्र बस्छु । १२ बर्ष भैसक्यो उनीहरु बाहिर गएको । अब त एक्लै बस्ने बानी पर्यो । यही एक्लोपन नै मीठो लाग्नथाल्यो । आज भन्दा भोलि भन्दा एक्लै बस्ने जबरजस्त बानी पारेँ । एक्लै नै ठीकै छु । एकान्तमा किताब पढ्छु । 


मेरो दैनिकी 
बिहानै उठ्छु दैनिक नित्यकर्म गर्छु । चिया बनाउँछु, खान्छु, अलि ढिलो गरेर खाना खान्छु । धेरै त मेरो घरमा साथीहरु हुन्छन् । प्रायः एक्लै खाना चाहीँ खादिनँ । म आफ्नै हातले खाना बनाएर साथीहरुलाई बोलाउँछु, साथीहरुसँग बसेर खानुजस्तो मज्जा केही लाग्दैन । सुटिङ परेको बेला मेरो पनि खाना घरबाहिरै हुन्छ । अहिले भर्खर पनि सुटिङबाटै आएको हुँ । ‘भुइँ मान्छे’ भन्ने फिल्म सुटिङ चलिरहेको छ । 

 

बाहिरबाट छिटो घर आउँदा ओहो ! छिटो आइस् भनेर खुसी हँुदै स्वागत गर्ने र ढिलो आउँदा कहाँ केमा अल्झिस् भनेर सोध्ने मान्छे हँुदैन । खुसी भए पनि आफै, दुखी भए पनि आफैं । सुख र दुःख दुबै मेरा अनन्य साथी हुन् । 


सुख–दुःख, दुबै आफन्त 
एक्लै बस्दा पनि रमाइलो हुन्छ र ? मलाई धेरैले यो प्रश्न सोध्छन् । जीवन कसरी खुसी र सुखी बनाउने आफैंले हो । भोग्न त हामी सबै सुख–दुःख एक्लै भोग्छौं । तर, मान्छेको स्वभाव के हुनेरैछ भने आफ्ना सुख पनि अरुलाई देखाउनु पर्ने र दुःख पनि अरुसँग बाड्नु पर्ने । मेरो जीवनमा केही भिन्नता छन् मलाई दुःख कति छ र मेरो खुसी के हो भनेर सुनिदिने मान्छे छैन । म एकदमै साधारण मान्छे हुँ, साधारण नै बनेर बस्न रुचाउँछु । जीवनसँग केही गुनासो छैन, गुनासो गर्न होइन जीवन भोग्नैका लागि हो । दिक्दारी बढेका बेला कहिलेकाहीँ कसैसँग दुःख साट्न पाए हुन्थ्यो जस्तो लाग्छ । तर, दुःख र खुसी सबै आफैसँग साट्छु । बाहिरबाट छिटो घर आउँदा ओहो ! छिटो आइस् भनेर खुसी हँुदै स्वागत गर्ने र ढिलो आउँदा कहाँ केमा अल्झिस् भनेर सोध्ने मान्छे हँुदैन । खुसी भए पनि आफै, दुखी भए पनि आफैं । सुख र दुःख दुबै मेरा अनन्य साथी हुन् । 


छोरीहरु हुँदा उनिहरु हाँसेको, खेलेको देख्दा खुब खुसी लाग्थ्यो । उनीहरुको मुस्कानमा आफ्ना सबै पीडा भुलिन्थ्यो । घर चाँडै जाउँजस्तो हुन्थ्यो । अहिले आफ्ना पीडा बिर्सने खुसी आफैं भित्र उमार्नु पर्छ । 

 


लामो योजना छैन 
जीवनको धेरै लामो योजना मैले कहिल्यै पनि बनाइनँ । एकएक बर्षको योजना बनाउँछु र प्रायः मेरा योजनामा म सफल भएको छु । नाटक गर्दा नेपाल प्रज्ञा प्रतिष्ठानको नाटक महोत्सबमा बेष्ट एक्टर, बेष्ट डाइरेक्टर अवार्ड पाएको छु । त्यसैगरी गोदावारी बेष्ट टेली फिल्म डाइरेक्टर अवार्ड बेष्ट एक्टर अवार्ड, बेष्ट फिल्म सपोर्टिङ अवार्ड, गोर्खा दक्षिणबाहु २०६०, त्यस्तै तीन दर्जन जति अवार्ड पाएको छु । 

 

युवा अबस्थामा हुन्छ नि, त्यो उत्श्रृङ्खलता, त्यो उरन्ठेउलोपना, त्यो बदमासी कहिल्यै आउन पाएन । त्यो बेला काममै बित्यो । अहिले बाहिर बसेर केही मुख छोडेर खाना खाँदा, पानीमा भिज्दा अति नै डर लाग्छ, कारण बिमारी परेँ भने कस्ले हेर्छ जस्तो लाग्छ ।

 

कलाकार संघको अध्यक्ष भएँ लगातार तीन पटक । जीवन यति छोटो होला जस्तो लाग्दैनथ्यो । साँच्चै छोटो रहेछ जीवन । केही गर्न सकिएन जस्तो लाग्छ । युवा अबस्था कतिबेला आएर गयो पत्तै भएन । 


युवा अबस्थामा हुन्छ नि, त्यो उत्श्रृङ्खलता, त्यो उरन्ठेउलोपना, त्यो बदमासी कहिले आउन पाएन । त्यो सबैबेला काममै बित्यो । अहिले बाहिर बसेर केही मुख छोडेर खाना खान, पानीमा भिज्न अति नै डर लाग्छ, कारण बिमारी परेँ भने कस्ले हेर्छ जस्तो लाग्छ । यो बेला त मेरो डाक्टर र हेरचाह गर्ने पनि मै हुँजस्तो लाग्छ र पहिले नै सतर्क हुन्छु । म विरामी परेर बेडमा बस्नुपर्ने भयो, दिन यसै खेर गयो भने त्यो दिन झनै गारो हुन्छ । 


म निर्णयक तहमा भएको भए नेपाली सिनेमाको स्तर अन्तराष्टिय स्तरको  बनाउने थिएँ । चार दर्जनजति फिल्म र चौध भन्दाबढी टेलीफिल्ममा काम गरेको छु । १२ वटा टेलिफिल्मको निर्देशन गरेको छु ।  ब्यवसायिक रुपमा सफल भयो भने मात्र फिल्म सफल भएको मान्न सकिंदैन । 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

विज्ञहरुले भने– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन 

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’ 

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top