खाडीमा बिजोग : गाउँमा आकर्षक आम्दानी

'ऊर्जाशील उमेर खाडीमा बिताएँ, त्यहाँको परिश्रमले पैसाको महत्व बुँझे'


Tuesday, 3 Jan, 2017 5:32 PM

• कमल खत्री
म्याग्दी, १९ पुस - स्वदेशमा रोजगारीको अवसर नदेखेर घरखर्च जुटाउनकै लागि विदेश जानेको सङ्ख्या बढ्दो छ । वैदेशिक रोजगारीले जिल्लाका अधिकांश गाउँ युवाविहीन बनिरहेका छन् । अर्कोतर्फ मेहनत र परिश्रम गरे रोजगारीका लागि विदेशमा मात्रै होइन स्वदेशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका केही कृषक बन्न थालेका छन् ।

करिब एक दशकसम्म खाडी मुलुक साउदीमा पसिना बगाएका राम्चे–४ का भक्तबहादुर पुर्जा अहिले आफ्नै गाउँघरमा सफल कृषकका रुपमा परिचित छन् । युवा उमेरको ऊर्जाशील जीवन घरपरिवार चलाउनका लागि खाडीमा बिताएका पुर्जा विगत करिब दुई दशकदेखि आफ्नै घरमा कृषक र व्यवसायी बनेर घरखर्च जुटाउँदै आएका छन् ।

गाउँकै अगुवासमेत रहेका पुर्जाले होटल व्यवसाय सञ्चालन गरेका छन् भने व्यावसायिक रुपमा खरायो पालनसँगै उनले तरकारी खेतीसमेत गर्दै आएका छन् । वैदेशिक रोजगारीलाई त्यागेर गाउँमै कृषि पेसा अङ्गालेका पुर्जाले आफ्नो पेसाबाट आफू सन्तुष्ट रहेको बताए ।

“ऊर्जाशील उमेर खाडीमा बिताएँ, त्यहाँको परिश्रमले पैसाको महत्व बुँझे, त्यहाँ परिश्रमअनुसारको कमाइ गर्न नसकेपछि गाउँ फर्किएर कृषि पेसा अङ्गालेर दैनिकी चलाउन थालेको हुँ,’’ ५० वर्षीय पुर्जाले विदेशबाट फर्किएर खरायोपालन र तरकारीखेती सुरु गरेका थिए । खरायो र तरकारीखेती फस्टाउँदै गएपछि घर खर्च र छोराछोरीको पढाइ खर्च जुटाउन सहज भएको पुर्जाले बताए । उनले कृषि पेसासँगै गाउँमै सञ्चालन गरेको होटल व्यवसायले आफ्नो परिवारलाई आर्थिक भार थाम्न थप टेवा पुर्याएको बताए ।

“मौसमी तथा बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी हुन्छ,” उनले थपे । पुर्जाको होटलमा पुग्ने पर्यटकका लागि खरायोको मासु मुख्य आकर्षण बन्ने गरेको छ । पुर्जाले आफ्नो होटलको अतिरिक्त घरमा उत्पादन भएको खरायोलाई पोखरा, काठमाडौँलगायतका बजारमा समेत निर्यात गर्दै आएका छन् ।

त्यस्तै राम्चे–४ कै राजु गर्बुजाले पनि गाउँमै खरायोपालन र आलुखेतीबाट आकर्षक आम्दानी गर्दै आएका छन् । दश वर्ष साउदीलगायतका मुलुकमा रोजगारीका लागि बिताएका पुर्जा गाउँमै बसेर पनि आम्दानी गर्न सकिन्छ भनेर कृषि पेसामा लागेको बताउँछन् ।

“हामीले पहिलेदेखि नै खरायोपालन गर्दै आएका थियौँ, अहिले त्यसलाई व्यावसायिक बनाएका छाँै, यसबाट मनग्य आम्दानी भएको छ, घर खर्च जुटाउन सहज भएको छ” – उनले भने । गर्बुजाले विदेशको चर्को घाममा पसिना बगाउनुभन्दा आफ्नै गाउँको माटोमा परिश्रम गर्न सके यथेष्ट आम्दानी हुने अनुभव सुनाए ।

तरकारीखेती र पर्यटनमा उच्च सम्भावना बोकेको राम्चे गाविसमा विदेशमा पुगेर फर्किएका युवासँगै गाउँमै भएकाहरु समेत कृषि क्षेत्रमा व्यावसायिक बन्न थालेका छन् । हिमाञ्चल माविमा विगत १९ वर्षदेखि शिक्षण गर्दै आएका कृष्ण पुनले तरकारी खेतीबाट वार्षिक लाखौँ आम्दानी गर्छन् । घर नजिकै विद्यालय भएका कारण बिहान र बेलुकाको समयलाई घरपरिवारका अन्य सदस्यसँग सहकार्य गरी पुनले आलुसँगै अन्य तरकारी खेतीसमेत गर्दै आएका छन् । “यस वर्ष रु दुई लाखको आलु बिक्री भयो, तरकारी उत्पादन गर्न सके बजारको समस्या छैन,” उनले भने ।

त्यसैगरी राम्चेका सुनिता पुर्जाले पनि व्यावसायिक रुपमा खरायोपालन गर्दै आएकी छन् । उत्पादन भएको खरायो सुकुटी बनाएर पोखरा काठमाडौँ पु¥याउँदै आएको बताउने पुर्जाले अहिले व्यवस्थित रुपमा तीन दर्जन खरायो पालेको बताइन् । खरायोपालनमा लगानी र समय कम खर्चिनु पर्ने भएकाले व्यावसायिक रुपमा गाउँका अधिकांशले खरायोपालन गर्दै आएको स्थानीयवासी टेलीमाया गबुर्जाले बताइन् ।

राम्चेका स्थानीय पछिल्लो समय खरायोपालनसँगै आलुखेती र किबी खेतीमा समेत आकर्षित भइरहेका छन् । यस गाविसबाट वार्षिक लाखाँै मूल्य बराबरको आलु बाहिर निकासी हुने गरेको छ । गाउँको कृषि क्षेत्रको सम्भावनालाई व्यावसायिक बनाउँदै प्रचुर मात्रामा सम्भावना रहेको पर्यटकीय क्षेत्रको विकास गर्न सके रोजगारका लागि विदेश जानुपर्ने बाध्यता हटेको राम्चे गाविसका पूर्वअध्यक्ष रमन पुनले बताए ।

अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको राम्चे गाविस पर्यटकीय दृष्टिकोणमा समेत सम्भावनायुक्त मानिन्छ । मगर समुदायको सांस्कृतिक रहनसहनसँगै राम्चेबाट देखिने गणेश, अन्नपूर्ण, निलगिरि, माछापुच्छ«े र धौलागिरि हिमालको मनोरम दृष्यले पर्यटकलाई समेत आकर्षित गरेको छ । रासस

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

विज्ञहरुले भने– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन 

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’ 

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top