ललितपुर, २८ जेष्ठ– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उपसचिव नाम परिर्वतन( यादव) पक्राउ परेका छन्  । १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्न खोजेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । 

विगत ३-४ वर्षदेखि यादवले छोरीलाई डरधम्की देखाई करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । महोत्तरी घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया (नाम परिवर्तन) आरलाई बारम्बार जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । 

आफ्नै घरको तेस्रो तल्लाको कोठामा यादवले विदेशतिर छोरीलाई करणी गर्छन नेपालमा पनि गर्दा केही हुँदैन भन्दै छोरीलाई करणी गर्दै आएको अनुसन्धानको क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिनुभयो । 

१२ कक्षामा अध्ययनरत आरलाई बाबुले संवेदनशील अंगमा हातले छुने तथा घरमा कोही नभएको मौकामा आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


बाबुले छोरीलाई करणी गर्दै आएको कुरा आमाले पनि थाहा पाए पनि आफ्नै घरभित्रको घटना भन्दै श्रीमानलाई चेतावनी दिँदै लुकाउँदै आएकी थिइन् । 
आमाले घटनाबारे सत्यतथ्य लुकाएर राखेपनि गत जेठ १९ गते भने उनै आमा र ती किशोरीले सो घटना बाहिर ल्याएका हुन् । 

प्रहरीका अनुसार १२ कक्षामा अध्ययनरत किशोरी कलेजमा एक शिक्षकसँग प्रेममा थिइन् । शिक्षककै दबाबको कारण किशोरीले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो ।  किशोरीले गत जेठ १९ गते बाबुले आफूलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यादवलाई घरबाटै सोमबार दिउँसो पक्राउ गरिएको हो ।