काठमाडौँ, २  फागुन - भारतीय अभिनेता आमिर खानले फिल्म लालसिंह चड्डा मा करिनाले आफुलाई अंगालो हालेको करिनाको पहिलो पोष्टर संगै टिव्टरमार्फत भ्यालेन्टाइन विश गरेका छन् ।

उनले क्याप्सनमा 'पा लेने की बेचैनी और खो देने का डर, बस इतना सा है जिंदगी का सफर' भन्ने मिठो सायरी लेख्दै करिनालाई "म आशा गर्छुु कि हरेक फिल्ममा तिमीसंग रोमान्स गर्ने मौका मिलोस्,   ह्याप्पी भ्यालेन्टाइन डे करिना" भनेर लेखेका छन् ।

 फिल्म लालसिंह चड्डा ओस्कार जितेको अन्यन्तै चर्चित हलिउड फिल्मको हिन्दी पुननिर्माण हो । फिल्म २०२० को क्रिसमसदेखि प्रदर्शनमा आउँदै छ ।