काठमाडौँ, १४ माघ - विभिन्न विधाका फिल्म खेल्न सिपालु बलिउड अभिनेता आयुष्मान खुरानाको नयाँ फिल्म शुभ मंगल ज्यादा सावधान प्रदर्शनको संघारमा छ ।

भर्खरै मात्र ट्रेलर रिलिज गरिएको उक्त फिल्मले ट्रेलरबाटै दर्शकहरुको प्रशंसा बटुलिरहेको छ ।  तेस्रो लिङ्गीबिचको प्रेममा आधारित यो फिल्म आयुष्मानले खेल्ने भन्ने बित्तिकै कति फिल्मकर्मीहरुले पुनःविचार गर्न सुझाएको पनि उनले बताए ।

एक अन्तर्वातामा उनले भनेका छन्, यस फिल्ममा अनुबन्ध हुने निर्णय मेरो जीवनको अत्यन्तै महत्वपुर्ण र सोचनीय निर्णय मध्येको एक हो ।

फिल्मको टे्रलर रिलिजपछि आयुष्मान र उक्त फिल्ममा भएको चुम्बन दृश्यले अत्यन्तै चर्चा पाइरहेको छ । फिल्मले हाँसो संगसंगै सामाजिक सन्देश प्रवाह गर्ने  उनले बताए । 

आयुष्मान र जितेन्द्रको प्रेमकथामा घुमेको फिल्म फेब्रुअरी २१ तारिखमा प्रदर्शनीमा आउँदैछ ।