काठमाडौँ, ९ चैत - बलिउडका महानायक अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले आफनो बुवाको जसरी नाम कमाउन नसक्दा विभिन्न कुरामा चर्चामा आइरहन्छन् ।

उनलाई भर्खरै मात्र भारतमा जनता कफर््यु लागेपछि उनका फ्यान भनेर बताउनेले नै उनको ट्रोल बनाएका छन् । उनलाई एक युजरले यसरी घरमा यत्तिकै कसरी समय बिताउने बताइदिन भनेका छन् । उक्त युजरले अभिषेकलाई सोध्नुको कारण उनीसंग अनुभव  भएको बताउँदै उक्त ठट्टालाई हल्कामा लिन र आफु उनको फया्न भएको बताएका छन् ।

यस्तोमा अभिषेकले पनि निकै सम्मानका साथ उक्त युजरलाई यस्तो समयमा अरुलाई निशाना बनाएर ट्रोल बनाउने भन्दा पनि घरपरिवारको स्वास्थ्यमा ध्यान दिन अनि सकेसम्म कोरोनाबाट बच्ने कुरामा सजग भएर उदाहरणीय बन्न  आग्रह गरेका छन् ।

यसरी बेरोजगार भनेर उनलाई ट्रोल बनाएको यो पहिलो पटक भने होइन । उनी यसअघि पनि उनी धेरैपटक ट्रोलको सिकार बनेका छन् तर उनको यस  पटकको उतरको धेरैले प्रशंसा गरेका छन् ।