काठमाडौँ, १३ मङ्सिर - सुर्खेतबाट दैलेख जाँदै गरेको भे१ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिकामा दुर्घटना भएको छ ।

उक्त गाडी गुराँस गाउँपालिका-४ मुङ्ग्राहामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ  । दुर्घटनामा बालबच्चा सहित अन्य १३ जना घाइते भएका छन् ।

घाइतेलाई उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जानकारी दिएको छ ।