काठमाडौं, २९ पुस - शंखरापुर नगरपालिका-६ साँखुस्थित सडकमा बा.१६ च ८७७० नम्बरको स्कार्पीयो गाडी, बा.६४ प ६८०९ नम्बरको मोटरसाइकल र भारतीय बीआर ०६ पीडि ४०५९ नम्बरको स्कार्पीयो गाडी एक आपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक थाङपाल गाउँपालिका-७ घर भई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका दक्षिण ढोका बस्ने २२ वर्षीय शिब सुनुवार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनमा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय सागर श्रेष्ठ सोही अस्पतालमा उपचार भइरहेको छ ।

 दुबै स्कार्पियो गाडी चालकहरुलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।