इनरुवा, १ जेठ - सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारस्थित आज मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय मोटरसाइकल चालक ४० वर्षीय श्याम सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । को १० प १०८३ नंको मोटरसाइकलमा गइरहेका बेला अनियन्त्रित भई दुर्घटना हुँदा चालक सरदारको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । 

रासस