काठमाडौं, २१ असोज - काठमाडौँबाट बनेपातर्फ जाँदै गरेकोे मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल सूर्यविनायक नगरपालिका ८, भातेढिकुरमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रामेछाप लिखु गाउँपालिका–४ घर भई हाल भक्तपुर सूर्यविनायक–९ नलिञ्चोक बस्ने ३५ वर्षीय रामबहादुर भुजेल रहेका छन् । 

मोटरसाइकल चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ३ घर भई हाल नलिञ्चोक बस्ने २९ वर्षीय अर्जुन थामीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।