पोखरा, २४ कात्तिक - पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा बिहीबार साँझ बस र स्कुटर एकआपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ । 

बगरबाट लामाचौरतर्फ गइरहेको ग१ख ६४५४ नंको पोखरा माइक्रोबसको ठक्करबाट इलेक्ट्रिक स्कुटरका चालक स्थानीय ४८ वर्षीय राम भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकोछ । 
रासस