काठमाडौँ, १२ मङ्सिर - बलिउड अभिनेत्री शिल्पा शेट्टी सरोगेसीको माध्यमबाट आमा बनेको एक वर्ष पुग्नै लागेको छ । उनी हालै सामाजिक सञ्जालमा आफ्नी छोरी समिशासँग देखिएकी छिन् ।

उनले आफनो सामाजिक सञ्जालमा भने छोरीको अनुहार देखाएर तस्बिरहरु भने शेयर गरेकी छैनन् । पहिलो बच्चा आफै जन्माएकी उनले आफनो स्वास्थ्यमा खराबी देखिएपछि सरोगेसीको माध्यमबाट दोस्रो सन्तानको रुपमा छोरी जन्माएकी हुन् ।

उनका छोरा विआन ८ वर्षका भइसकेका छन् । शिल्पा धेरै समयपछि पुनः फिल्मी क्षेत्रमा  फिल्म हंगामा २ र निकम्माका साथ आगमन  गर्दै छिन् ।

प्रस्तुत छ छोरी समिशाको साथमा उनका केही तस्बिरहरु: