काठमाडौं, १७ मंसिर– बलिउडका गायक एवं उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक बन्धनमा बाँधिएका छन् । गायक आदित्यले मंगलबार प्रेमिका श्वेता अग्रवालसँग बिहे गरेका हुन् ।

मुम्बइको जुहुस्थित इस्कान मन्दिरमा आदित्य र श्वेताले बिहे गरेका हुन् ।  कोभिडका कारण आदित्यको बिहेमा निकै कम मानिसहरु मात्र उपस्थित थिए । बिहेमा ५० जना आफन्त र नजिकका साथीहरुलाई मात्र निमन्त्रणा गरिएको भारतीय मिडियाले जनाएका छन् । आदित्य र श्वेता विगत १० बर्षदेखि प्रेम सम्बन्धमा थिए ।