मेघराज भट्टराई
घरको आर्थिक अवस्था खत्तम थियो। चारै तिर रीन मात्रै ।  आउने बाटो कही कतै थिएन। आफन्तले पनि मलाई नदेखे झै गरी बटो काटेर हिड्थे। किन यसको अनुहार देख्नु परेको होला भन्ने मान्छे धेरै थिए। त्यसैले  २०६०साल भदौ को १ गते जन्मिएकी  २ महिनाकी मेरी प्यारी छोरीलाई छोडेर उनकी आमाको आसुको पनि ख्याल नगरि भारतको राजाधानी दिल्ली तिर लागे। त्यहाँ गएर मेरो नातामा भिनाजु पर्ने श्री एमलाल भण्डारी ज्यु को सहयोगमा भारतीय कम्पनीमा सानो जागीर गर्न थाले । यसै बिच भाई घनश्यामको सहयोगबाट भारत कै नामी कम्पनीले अफ्गानिस्तानमा सडक निर्माणको ठेक्का पाएको र त्यहाँको लागि कामदारको आवश्यकता भएको खबर अनुसार मैले आफ्नो राहधानी जम्मा गराएको थिए।तेही कम्पनीले मलाई २००३ ३१ डिसेम्बरमा फोन मार्फत सन्देश दियो कि भोली यानी कि नयाँ बर्ष २००४ जनवरी १ तारिकमा काबुल को लागि तयारी गर। मैले महिना भरी काम गरेको तलब पाएको थिएन। म सँग पैसा पनि थिएन। घरमा पैसा थिएन जहान बच्चाको अवस्था कस्तो थियो होला? मलाई केही थाहा थिएन। तर पनि त्यो लडाईंको मैदानमा जान तयार भएर सरिताबिहार को नोकरीबाट बिदा भए। 

 

नयाँ बर्षको पार्टी चलेको थियो म काबुल जान कम्पनी तिर हिंडे। बिहानै ६ बजे बिमान्स्थाल तिर लागे। जब बिमानस्थल पुगे त्यहाँ ३२ जना नेपाली दाजु भाइ भेटिनु भयो। मलाई केही राहत महसुस भयो। जहाज भित्र के हुन्छ मलाई थाहा थिएन। तेती धेरै अध्ययन पनि नगरेको म अन्जान नै थिए। बिमान चढाइ पनि पहिलो थियो। मन भित्र कौतुहल्ता हुनु स्वभाभिक नै थियो। बिमान पनि चढियो काबुल पनि पुगियो। अब थियो काम गर्ने कुरा जो मैले बर्सौ देखी गरेकै हुँ। तर होटेल घर या कार्यालयको काम जस्तो थिएन त्यहाँ। एक त युद्दको मैदान काम्प भित्रको बास धेरै मजदुरको खाना बनाउन पर्ने। संचारको कम्जोर अवस्था अन्जान ठाउँ किन कष्टकर थियो हामीलाई त्यो ठाउँ। रात दिन काम निकै कठाङ्रिने जाडो। नल्का चिसोले जमेको पानी आउँदैनथ्यो। जसो तसो काम गर्दै गए। तर कम्पनीले बैमानी गर्‍यो। तलब २५००० भारतीय भनेको ५००० मात्र दियो। मैले काम छोडेर बस्ने कुरा गरे। तर मुखियाले मलाई ADB भित्र काम गर्ने हो चिन्ता नगर तलब पनि धेरै हुन्छ। काम पनि सजिलो हुन्छ। भनेर कन्धार बाट काबुल पठायो। यानीकी एक महिना नपुग्दै म स्पिनबल्डोक बाट काबुलको वजिरअकबर खान भन्निने सुरक्षित ठाउँमा आएर बस्न थाले। 

यहाँ को बसाइ केही सहज भयो काम त धेरै नै थियो तर एक हिसाबले मलाई तेही कामले गर्दा बस्न सजिलो भयो। घर भित्र कोही छैन म मात्रै। दिन भरी खाली बस्नु पर्ने समय बिताउन कुनै उपाय नै छैन। भाषा आउँदैन बजार जान्छु अलमल हुन्छ। अब के गर्ने फर्किन पनि सकिन घरमा पुरानो रिण उस्तै छ। झुठो बोल्ने मिठो बोल्ने बैमानी गर्ने बेसरमा हुन सकिन। इमान बचाउन कहाँ सजिलो हुन्छ र? मैले समय बिताउने सजिलो उपाये खोजे घरको सफाइ कोठा सोफा बगैचा भान्शा आदिको सफाइमा मेरो दिन चर्या बिताउन थाले। यो देखेर होला मेरो नमिठो बोलिको पनि उनिहरु बाट नजरअन्दाज हुन थाल्यो। त्यहाँका बिदेशी कुट्नितिग्य हरुले मलाई खुबै मन पराउन थाले। म यही काम बाट आनन्द लिन थाले। समय बिताउन गाहरो भयो भने तपाईंलाई सजिलो सुत्र हुन्छ घरको सम्पूर्ण सफाइ। यो मलाई काबुल बाट सिकाएको सुत्र हो। मैले यो देशमा निकै ठुला उपलब्धी हासिल गरे। म कुट्नितिक नियोग र गरीब देशको लागि दात्र्त्युनिकाय भित्रको स्वर्थी कार्यक्रमको अध्ययन गर्ने मौका मिल्यो। म त्यो देशको लागि अर्थिक बिनियोजन को प्रमुख सँग काम गर्ने गर्थ्ये। मैले उनिहरु सँग बसेर मदिरा सेवन् पनि गरे उनिहरुका आन्तरिक कुरा सजिलै चाल पाउथ्ये। मैले अफगानिस्तानका एसियन डेव्लोप्मेन्ट बैंकका ७जना प्रमुख सँग बसेर काम गरे। त्यो दुनियाँको नयाँ ईतिहास हो पनि भन्छन मानिसहरु। बिदेशमा बसेर कुटनितिक नियोग भित्र यत्तिका प्रमुख बदलेर जानु तर उनिहरु सँग बसेर बिदेशिले काम गर्नु अनौठो पक्कै हो। मैले मेरो घरयासी समस्या समाधान पनि गरे। मेरा छोराछोरी जहान परिवारको लागि सुबिधायुक्त जीवन बिताउन सके जत्ती गरे। आज म सँग मेरा आफन्त हरु खुशी नै देख्छु। जो छैनन उनिहरु म सँग स्वार्थ पुरा गर्न नपाएर मात्र भएका हुन। 

 

यो लामो काबुल बसाइमा मैले त्यो देश भित्रको राजनीतिक परिवर्तनसंगै मेरै देशको राजनीतिक ब्यबस्था परिवर्तनको पनि अनुभव अध्ययन गर्न पाएको छु। जब म निकै तनाबमा हुन्थ्ये। त्यहाँका नागरिकसँग त्यहाँको युद्दको बारेमा बुझ्ने प्रयास गर्थे। त्यो देशका अधिकांस जनता अझै यो खुनी युद्द किन र कसको स्वार्थमा कसको लागि भएको छ जनकार छैनन। तर दैनिक मान्छे नमरेको हुँदैन।

जब मैले अफ्गान नागरिकसँग कुरा गरेर बुझ्दै बुझे  अफ्गानिस्तानको ४५ बर्ष पहिलेको अवस्था आजको नेपाल जस्तै थियो। जाहिरशाह त्यो देशको अंतिम राजा थिए। राजतन्त्र समाप्त गरेर जब कम्यूनिष्ट सरकार आयो। तेस पछी डा. नजिबुल्ला राष्ट्रपती भए ।  त्यहाँ रसियन उपस्थितिको लागि मुजाहिद्दिन मुल्लाहरुको संघ बनाएर राज्यसँग लडाईं गराउन अमेरिकाबाट हातहथियार पैसा भित्रियो।तब देश बर्बादिको बाटो हिंड्न सुरु भयो ।  एसियाको मुटु भनिने त्यो देश धेरै देशसँग सीमा जोडीएका छन। तर पनि आजसम्म युद्द रोकिएको छैन। त्यो देश प्रसस्त प्राकृतिक साधन श्रोत भएको देश हो। तर जनता कती गरीब छन। यौन ब्यापार सुरु भयो यो ईस्लामिक देशमा कल्पना गरौ त? नेपालमा त पहिलेदेखी नै चलेको छन यौन धन्दा। बिदेशको दाताहरुको काम हाम्रो जस्तो भूपरिवेष्ठित  देशमा युद्दको विउँ रोप्ने रहिछ भन्ने कुरा म त्यहाँ बसेर प्रत्यक्ष अनुभव गर्ने अबसर पाइयो।

मेरो लामो अफ्गानिस्तानको बसाइ लाई मैले अन्त्य गरेको छु। तर मैले जीवनमा केही महत्वपूर्ण सिप अनुभव शिक्षा हासिल पनि गरेको छु। आज पनि अफ्गानिस्तानमा हजारौ नेपाली दाजु भाई जीवन निर्वहाँ गर्दै हुनु हुन्छ। उहाहरु रात दिन काममा खट्नु भएको छ। बिशेष गरी सुरक्षा निकायमा। ३०किलोको भारी शरीरमा झुन्ड्याएर दौडिने उक्लिने ओर्लने काम उहा हरुको दैनिकी हो। उमेरले ४० कटेका दाजु भाई लाई कती दु:ख छ त्यो घरमा बसेर न्यानो लुगा लगाउने र ८बजे सुत्ने परिवारलाई के थाहा कती दु:ख कस्ट सहेको हुन्छ प्रदेशिले? तेसै माथि कप्तानको गाली कम्पनीमा पर्ने उजुरी स्पष्टिकरण ले उहाहरुलाई मानसिक सजाय पनि दिने गरेको हुन्छ। ज्यानको खतरा त हुने नै भयो युद्द भुमिमा। हुन त हामीसँग उनिहरुको दुश्मनी होइन तर दुश्मन्को रक्षार्थ खटिएका कारण हामी पनि उनिहरुको दुश्मन भएका छौ। 

 

मैले बुझेको अफगानिस्तानको भौगोलिक उत्पादन निकै अर्थपूर्ण छ। समुन्द्री मार्ग नभएको देश नेपालको झस्तो २ देशको बाध्यताकारी परिस्थितीमा भने छैन। यहाँ बहुमुल्य युरेनियम प्रसस्त पाईन्छ। खनिज पदार्थको प्रसस्त खानि छन यो देशमा। उत्पादन पनि निकै राम्रो हुन्छ। यहाँ उत्पादित प्याज आलु गाजर मुला गोवी अत्यन्त ठुला हुन्छन। यहाँको अनार विश्वाप्रख्यात नै छ। बदाम अङ्गुर पिस्ता दुनियाँ कै नम्बर १ हो। स्याउ तरभुज अन्जिर खर्भुजा आरु बखडा चेरी एकदम राम्रो गुणस्तरीय छन। यहाँको केशर अत्यन्त राम्रो छ। हिउ पनि खुबै पर्ने र गर्मी पनि निकै हुने यो मुलुक सँग ईरान पाकिस्तान चाइना भारतको ग्लेसिएर र तुर्कमेनिस्तान उज्बेकिस्तान ताजिकिस्तानले सीमा जोडीएका छन। एक देशले सहयोग नगरे पनि अर्को देश सँग ब्यापार गर्न स्वतन्त्र छ यो देश। 

 

यो देशमा उत्पादित फलफुल तरकारी बिदेश जान्छ। तर हामी सँग यो सुबिधा छैन। यहाँ त भारतको उत्पादन जबर्जस्ती किनी दिनु पर्ने हुन्छ। भलै आफ्नो देशको खेती बारीमै बर्बाद होस। अफगानिस्तानमा ४०बर्ष बढी भयो लडाईं सुरु भएको तर रोकिदैन। यो प्रश्नको जवाफ हामी कसै सँग होला जस्तो लाग्दैन। त्यहाँका जनता लाई पनि यो कुराको जानकारी छैन किन लडाईं चलेको छ किन कसले कहाँ बाट युद्द गराउछ मान्छे मराउछ। बुझेका बोल्दैनन् नबुझेका जान्दैनन् अल्लाहको नाममा मारिएकाछन, मारेका छन। बैदेशिक सहायता कती आयो हिसाब नै छैन। तर पनि ती असहाय गरीबको नाममा रिणको भारी बोकाइदैछ। केही टाठा बाठा हरुले। बिदेशिका एजेन्डा लागू हुँदैछन। हाम्रो देशको अवस्थासँग ठ्याक्कै मिलेको छ। त्यसैले देशको चिन्ता गर्ने नेपालीहरु एक हुने दिन आएन र अझै? 

 meghrajbhattrai10@gmail.com

दाङ, घोराही