मधेसी बुद्धिजीवीको प्रश्नः मधेसी मोर्चा सत्ताधारी कि प्रतिपक्षी ? 


Thursday, 15 Sep, 2016 2:49 PM

काठमाडौं, ३० भदौ–संविधानलाई नमान्ने तर, संविधान बमोजिम सरकार बनाउने मधेसी मोर्चा सरकारी कि गैर सरकारी भन्ने बहस मधेसमा हुन थालेको छ । पछिल्लो पटक आफैंले मतदान गरी प्रधानमन्त्री बनाएका पुष्पकमल दाहालको भारत भ्रमण टोलीमा मोर्चाका सांसद पनि सामेल भएपछि मधेस अधिकारकर्मीबाटै मोर्चामाथि यस्तो प्रश्न उठाइएको हो । 


मधेस अधिकारकर्मी तथा पत्रकार डा राजेश अहिराजले बिहीवार आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्– ‘सरकारी मधेसी मोर्चाले एकैसाथ धेरै भूमिका निर्वाह गर्छ । आफ्नै समर्थनको सरकारले असोज ३ मा दीपावली मनाउने निर्णय गर्दा विरोध गर्दैन । सत्ताधारीको हैसियतले प्रम भ्रमणमा आ–आफ्नो सांसद पठाउँछ, सत्ताधारी नभएको नि भन्छ र आफैं निर्णय गरेर मधेसी जनतालाई कालो दिवस मनाउन नि भन्छ । रुप बिनाको स्वरुप ।’ 


हुन पनि मधेसी मोर्चा आफ्नै निर्णयमा चल्ने शक्ति नभएपछि यो पहिलो पटक मात्रै होइन धेरै पटक यस्ता विरोधाभाषले प्रश्न उठ्ने ठाउँमा उभिएको छ । नेपालको संविधान निर्माण रोक्न भारतीय विदेश सचिव एस जयशंकरले आदेशका बाबजुद प्रक्रिया अघि बढेपछि मोर्चा संविधानसभा बहिस्कार गरेर निस्केको थियो । गत वर्ष असोज ३ गते संविधान जारी भएपछि भारतले नाकाबन्दी लगायो । भारतले लगाएको नाकाबन्दीमा भारतको नाक जोगाइदिन त्यसको दुई दिनपछि मोर्चाले निर्णय गरेर आफूले नाकाबन्दी लगाएको विज्ञप्ति निकाल्यो । 


अझ टिठ लाग्दो अनुहार त मधेसी मोर्चाको कहाँ देखियो भने उसले असोज ३ गते जलाएको संविधान बमोजिम प्रधानमन्त्री चुन्न असोज २४ गते संसदमा मतदान भयो । भारतीय सीमानामा धर्ना बसेको मधेसी मोर्चा केपी ओली मधेस विरोधी भएको भन्दै उनलाई हराउन मधेस आन्दोलनमा ४८ जनाको ज्यान लिने सुशील कोइरालालाई मतदान गर्न नत्थीले डोर्याएजस्तै गरी उपस्थित भयो । आखिर जसले आन्दोलनको प्रायोजन गरेको थियो, उसले भनेपछि मान्नै पर्ने नियति मोर्चासँग थियो, त्यसैले ऊ ४८ जना मधेसी जनताको ज्यान लिएको दोष ओलीलाई लगाएर त्यो आन्दोलनका बेला प्रधानमन्त्री भएका सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन मतदान गर्न आयो । 


गत माघमा भारतले नेपालमाथिको नाकाबन्दी खोल्यो र त्यसको दुई दिनपछि मोर्चाले नाकाबन्दी स्थगित गरेको घोषणा गर्यो । मधेसी जनतालाई मिस गाइड गरी संवेदना उमालेर आफ्ना ब्यक्तिगत स्वार्थपूर्तिका लागि मात्रै उपयोग गरेका मोर्चाका एकजना नेताले त त्यसबेला मुखै खोलेर कान्तिपुरमा अन्तरवार्ता दिए– ‘भारतको नाक जोगाइदिन हामी त्यत्रो समय नाकामा धर्ना बस्यौं, हामीलाई सोध्दै नसोधी नाकाबन्दी फिर्ता लियो ।’ हुन पनि भारतले नेपाल विरुद्ध लिने निर्णय कार्यान्वयन गर्ने कारिन्दा मात्रै बन्यो मोर्चा । 


अर्काे टिठलाग्दो घटना पुष्पकमल दाहालको सरकार बनाउने बेला मधेसी मोर्चाले प्रस्तुत गर्यो । मधेसी जनतासँग उसले झुठै भए पनि जे जे कबुल गरेको थियो, त्यो सबै कबुल बिर्सेर दाहाललाई मतदान गर्न संसदमा फेरि छिर्यो मोर्चा । हुन त आदेश दिनेले दिएपछि आदेश पालनाको नियतिबाट चलेकाहरुलाई त्यसको कार्यान्वयन गर्नु वाध्यता हुन्छ । त्यसैले शेरबहादुर र पुष्पकमलसँग हतार हतारमा तीन बुँदे सम्झौता गरेर सत्तापक्ष हुने निर्णय मधेसी मोर्चाले गर्यो । मधेसी जनता कहाँ छन्, त्यत्रो मधेस आन्दोलनमा ज्यान गुमाएका परिवारले के भन्छन् सँग उसलाई मतलव भएन । त्यसरी तीन बुँदे सम्झौताले सत्तापक्ष भएको मोर्चाका सांसद अहिले सत्तापक्षकै हैसियतमा प्रधानमन्त्रीसँग दिल्ली सयर गरिरहेका छन् ।

 

मोर्चाले बनाएको सरकार असोज ३ गते संविधान दिवस मनाउने भब्य तयारी गरिरहेको छ तर, त्यही मोर्चाले मधेसी जनतालाई अझै बेच्न छोडेको छैन । उसले त्यो दिनलाई कालो दिवसका रुपमा मनाउन मधेसी जनतालाई उर्दी लगाएको छ । मधेसी मोर्चा मधेसी जनतालाई मुक्त गर्न कि आफ्नो दास बनाउन लागेको छ भन्ने यति तथ्यले बुझिंदैन र ?   

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

सर्वदलीय बैठकमा मधेसी मोर्चा अनुपस्थित

काठमाडौँ, १० फागुन । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा संविधान संशोधन प्रस्तावलाई संसद्मा छलफल गराउने विषयमा सर्वदलीय बैठक अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा जारी छ । 

निर्वाचनमा भाग लिऔँ, आफ्नो हैसियत नापौँ – वरिष्ठ नेता नेपाल

काठमाडौँ, १० फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका  छन् । 
 

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने

काठमाडौँ ,१० फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । 
 

विश्व

पाकिस्तानी अदालतमा आक्रमण, चार जनाको मृत्यु

इश्लामाबाद, १० फागुन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको एक स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । 
 

डोनाल्ड ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त

वासिङटन, १० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन्  । 

९३ वर्ष पुग्दा पनि राष्ट्रपति मुगावे अवकाश लिन अनिच्छुक

हरारे, ८ फागुन– जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, मङ्गलबार ९३ वर्ष पुग्दै छन् र उनले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले शक्ति परित्याग गर्ने योजना नबनाएको बताएका छन् । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top