काठमाडौं, २५ असोज – नेपाल वायुसेवा निगमसँग बाँकी रहेको एउटा बोइङ जहाज  बेचिने भएको छ । सिंगापुरको एक कम्पनीले जहाज बेच्न मूल्यांकन समेत सकेको छ । जहाजको मूल्यांकन सकिएपनि प्रतिवदेन भने आइनसकेको वायुसेवा निगम स्रोतले बताएको छ । 

निगमका प्रवक्ता अशोक सिग्देलका अनुशार अमेरिकी कम्पनीले निर्माण गरेको यो जहाज वायुसेवा निगमले ३ दशक उडानमा प्रयोग गरिसकेको छ । अब यो जहाज तीन महिनापछि (डिसेम्बर)बाट नउडाउने तयारी छ । ‘निगमसँग भएको २ वटा बोइङमध्ये यस अघि नै एउटा बेचिसकिएको छ । अब बाँकी एउटा पनि बिक्री गर्ने र एयरबसको मात्रै जहाज उडाइने योजना बनेको छ ।’ सिग्देलले भने । 

बेच्नको लागि मूल्यांकन भएको यो बोइङ उडाउँदा जहाजको उडान आवर बढ्ने हुँदा जहाजलाई ग्राउन्डेड गरेरै बिक्रीमा राख्नुपर्ने हुन्छ । आगामी डिसेम्बरसम्म जहाज उडाउने र त्यसपछि नउडाउने गरी मूल्यांकन भएको पनि निगमले जानकारी दिएको छ । मूल्यांकन समितिको प्रतिवेदन पछि मात्रै यसलाई डिसेम्बरपछि के गर्ने भन्ने विषयमा जानकारी दिन सकिने निगमको भनाइ छ ।

निगम तीन दशक लामो बोइङ युगलाई बिसाउने तयारीमा छ । निगमले अब एयरवसका जहाज मात्रै उडाउने छ भने बोइङ निगमका लागि एउटा इतिहास हुने निश्चित छ । बोइङ जहाज लामो समय उडान गरेको पुरानो भएका कारण मर्मत खर्च बढी र अपरेश खर्च बढेका कारण निगमले लागत नै बढी भएको भन्दै बोइङ विस्थापन गर्न थालेको हो ।

निगमसँग १९० सिट क्षमताको बी ७५७ जहाजको ९ एन एसीबी नामक एउटा मात्रै बोइङ जहाज छ । यो जहाजलाई बिक्री गर्ने र हाल उडानमा प्रयोग गरिरहेको एयरवसको १५८ सिट क्षमताको ए३२०–२०० सिरिजकै अर्को २ वटा थप गर्ने निगमको तयारी  छ ।

२ वटा एयरवसको न्यरोबडी जहाज थप्न निगम सञ्चालक समितिबाट स्वीकृत समेत पाइसकेको छ । अब निगमले जहाज खरिद गर्न आवश्यक प्रक्रिया मिलाउने, स्रोतको व्यवस्थापन गर्ने, अर्थ मन्त्रालयको स्वीकृती लिने, सरकारको जमानीमा ऋण खोेजेर जहाज ल्याउने प्रक्रिया अगाडि बढाउने छ ।

अहिलेपनि ऋणमा खरिद गरेका  २ वटा न्यारोबडी र २ वटा वाइडबडीले उडान गरिरहेका छन् । अब २ वटा थप गरेर निगमले आफ्नो बजार हिस्सा बढाउने र निगमको शाख पनि बचाउँने गरी तयारी गरिरहेको बताइएको  छ ।
निगमले एयरवस मात्रै जहाज उडाउने भन्दै एक वर्ष अगाडि निगमसँग भएको दुईमध्ये एउटा बी ७५७ को ९ एन एसीए नामक जहाज बिक्री गरिसकेको छ ।

नियमका अनुशार हाल उडानमा रहेको १९० सिट क्षमताको अर्को जहाज पनि बिक्री गर्ने  अन्तिम तयारीमा निगम छ । निगमले एयरवस ल्याएपछि पुरानो जहाज बिक्री गर्ने, उडान सुरक्षा तथा स्याण्डर्ड, प्राविधिक कर्मचारीलाई दिनुपर्ने सेवा सुविधा तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ०को मान्यता अनुसार एकै प्रकारको मात्रै जहाज सञ्चालन गर्ने  छ ।

एउटा कम्पनीले दुई प्रकारको जहाज उडाउँदा सबै व्यवस्था छुट्टाछुट्टै गर्नुपर्ने र इन्जिनियर तथा पाइलट पनि एउटा प्रकारबाट अर्कोमा जान पाउँदैनन् । निगमको एयरवसका पाइलट तथा इन्जिनियरले बोइङ उडाउन नपाउने र बोइङले एयरबस उडाउन पाउँदैनन् । यो संसारभरकै लागि एउटै नियम हो । यही नियमलाई पालना गर्न मान्न पनि निगमले ३ दशक लामो बोइङ युगलाई अन्त्य गर्दै एयरवस युगमा दौडने तयारी सुरु गरेको गरेको हो ।