काठमाडौँ, १० फागुन - आफ्ना कुराहरु राख्न अलिकती पनि धक नमान्ने भारतीय गायिका सोना महापात्रले अक्षय र साराले फिल्म 'अतरंगी रे' मा काम गर्ने कुरालाई लिएर प्रश्न उठाएकी छन् । उनले अक्षय र साराको उमेर अन्तरलाई लिएर प्रश्न उठाएकी हुन् ।

 उनले एउटा अधबैँसे हिरोले आफुभन्दा आधा उमेर कान्छी हिरोइनसंग फिल्म खेल्न लाग्दा अनस्क्रिन रोमान्स गर्दा केही फरक पर्दैन तर प्रियङ्काले आफुभन्दा १० बर्ष सानो निक संग विवाह गर्दा ट्रोलको सिकार बन्छिन् ।

उनले प्रश्न गरेकी छन्,  के ५२ बर्षीय भारतीय अभिनेत्री माधुरीलाई २४ बर्षे अभिनेतासंग अनस्क्रिन रोमान्स गर्नका लागि फिल्ममा कास्ट गर्न सकिन्छ ?  उनले भनेकी छिन् मलाई कुनै समस्या छैन तर निष्पक्षता हुनुपर्यो ।

फिल्म अतरंगी रे मा धनुष अक्षय र साराको अभिनय हुनेछ । फिल्म आगामी वर्षको भ्यालेन्टाइन मा रिलिज हुन सक्छ ।