काठमाडौँ, १३ चैत - हिन्दी फिल्ममा कमाइको मामिलामा नम्बर वान अभिनेता अक्षय कुमार हिन्दी बोल्न भने अलिक असक्षम नै छनु भन्ने कुरा उनले सुटिङ गरिरहेको फिल्म पृथ्वीराजमा उनका लागि राखिएको हिन्दी प्रशिक्षकबाट प्रमाणीत हुन्छ ।

उनलाई उक्त फिल्ममा हिन्दी स्पष्टसंग बोल्ने बनाउनका लागि निर्देशकले कोच राखिदिएका छन् । थुप्रै हिन्दी फिल्ममा अभिनय गरेका उनलाई हिन्दी त्यती असहज नलागेपनि फिल्म र्पथ्वीराजमा बोल्ने हिन्दी चाँही जटिल लागेको छ ।

बोलीको लवज र उच्चारण अस्पष्ट भएका कारण उनलाई कोचको जरुरत परेको हो । नायकलाई कोच राखिएको यो नयाँ केश भने होईन फिल्म पिकेका लागि आमिर खानलाई पवन राखिएको थियो ।
तर हिरोको हिन्दी हेर्नलाईे कोच राखिएको भने यो पहिलोपटक हो ।