काठमाडौँ, १६ चैत - कोरोना भाइरस लागेका मानीसहरुको सहयोगको लागि धेरै सेलिब्रेटीले आ-आफनो तहबाट सहयोग को प्रयास गरिरहेका छन् । यस्तैमा बलिउड अभिनेता अक्षय कुमारले २५ करोड भारु जम्मा गराएका छन् । त्यस्तै उनको यो सहयोगको लागि भारतीय प्रधानमन्त्री मोदीले पनि तारीफ गरेका छन् ।

यस्तैमा बलिउड सेलिब्रेटीले पनि उनको तारिफ गरेका छन् । अक्षय कुमारले उक्त कुराको घोषणा आफनो टिव्टरमार्फत गरेका थिए । बलिउड अभिनेत्री कृती सेननले प्रेरणा भन्दै उनका टिव्ट रिटव्ीट गरेकी छन् ।  अभिनेता आर. माधवन ले उनलाई असली हिरोको संज्ञा दिएका छन् ।

साथै अन्य कलाकारले पनि उनको खुलेर प्रशंसा गरेका छन् । त्यस्तै उनकी श्रीमती टिवङ्कल खन्नाले आफु अक्षयको यो सहयोगबाट निकै गौरवान्वीत महशुस भएको बताएकी छन् । अहिलेसम्म भारतमा कोरोनाका कारण ३० जनाको मृत्यु भैसकेको छ ।