काठमाडौँ, २७ असोज - बलिउड अभिनेता अक्षय कुमारले आफनो नयाँ फिल्म "पृथ्वीराज"को सुटिंग सुरु गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त फिल्मका निर्देशकले उक्त कुराको जानकारी गराएका हुन् ।

१० अक्टोबरबाट छायाँकन सुरु गरिएको  उक्त फिल्ममा मानुषी चिल्लर, सोनु सुद र सञ्जय दत्त पनि देखिँदै छन् । फिल्म छायाँकनमा निकै सावधानी अपनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
 
हालै मात्र टे्रलर रिलिज गरिएको फिल्म लक्ष्मी बम्बमा अक्षयको फरक भुमिकालाई पनि निकै रुचाइएको छ ।   उक्त फिल्मको ट्रेलर नेपालमै पनि युट्युबमा टेन्डिंगमा रहेको छ ।