अमेरिकन मितले बनाइदिए गन्धर्वको घर


Tuesday, 22 Nov, 2016 10:34 AM

प्रशन्न पोखरेल

घ्याम्पेशाल (गोरखा), ७ मङ्सिर । गाउँघरतिर अनुहार मिल्ने अर्को व्यक्तिसँग मित बोल्ने गरिन्छ । मित लगाएपछि एकले अर्कोको घरमा आउजाउ गर्ने प्रचलन रहन्छ । मितले चाहे भने मितलाई दुःख परेका बेला कतिसम्म सहयोग गर्न सक्छन् भन्ने उदाहरण गोरखाको मसेलस्थित घ्याम्पेशालमा भेटिन्छ । 

भूकम्पले मितको घर क्षति भएको थाहा पाएका अमेरिकाका ब्यान्डेनले आफ्ना मित ठाकुर गन्धर्वको घर बनाइदिएका छन् । मसेल–९ लामाचौरमा करिब रु १० लाख लगानी गरी ब्यान्डेनले एकतले भूकम्पप्रतिरोधी घर बनाइदिएका हुन् । माटोले भरेको बोराको गाह्रो, बाँस, ढुङ्गा, माटो, सिमेन्ट, बालुवा, थोत्रा सिसाका बोतललगायत सामग्रीको प्रयोग गरी एककोठे एकतले घर निर्माण गरिएको गन्धर्वले जानकारी दिए । 

सिद्धकाली माध्यमिक विद्यालय, तान्द्राङका शिक्षकसमेत रहेका गन्धर्वले केही वर्ष पहिले गाउँ अवलोकनमा आएका ब्यान्डेनसँग मित लगाएका थिए । भूकम्पले घर भत्केपछि अस्थायी टहरोमा बसिरहेका मितलाई अमेरिकी नागरिक बान्डेनसहितको टोलीले श्रमदान गरी नयाँ घर बनाइदिएका हुन् । भूकम्पप्रतिरोधी घर बनेपछि गन्धर्वको परिवार उक्त घरमा जीवन निर्वाह गर्दै आएका छन् । 

स्थानीय सामग्रीको प्रयोग गरी बनाएको घर कम्तीमा २० वर्ष टिक्ने बताइएको छ । मितले घर बनाइदिएपछि गन्धर्व परिवार खुसी छ । ठाकुरका दाइ ध्रुव गन्धर्वले भन्नुभयो, “टहरोमा बसेको परिवार घरमा सरेको छ ।” मितले हालै नयाँ घर निर्माण गरिदिएपछि सोही घरमा बस्न सुरु गरिएको गन्धर्वले जानकारी दिनुभयो । 

गाउँमा पुनःनिर्माणको कामले गति लिन नसकिरहेका बेला विभिन्न सङ्घसंस्था तथा विभिन्न नाता, सम्बन्धले बनेका घरमा भूकम्पपीडित आश्रय लिँदै आएका छन् । घर बनाउन भन्दै सरकारले रु ५० हजारका दरले अनुदान रकम वितरण गरेपनि पुनःनिर्माणले गति लिएको छैन । गाउँमा भूकम्पप्रतिरोधी घर बनाउन सहयोग गर्न इन्जिनियर खटिएको भएपनि भूकम्प प्रभावितले घर बनाउन सुरु गरेका छैनन् । 

गत वर्षको हिउँद टहरोमा काटेको गन्धर्व परिवारले यस वर्षको हिउँदको चिसो झेल्नु नपर्ने भएको छ । जस्तापाताले छाएको टहरोमा बस्ने, खाने ठाउँ भए पनि अन्नपात भण्डारणका लागि भने गन्धर्व परिवारलाई समस्या छ । अनुदान रकम लिएपछि अर्को भूकम्प प्रतिरोधी घर बनाउने सोचमा उनीहरु छन् ।

 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल बिखण्डन गर्ने पटना बैठकको संसदमा चर्काे विरोध 

‘केही समय अगाडि भारतको पटनामा राष्ट्रिय एकता, समाजिक सद्भाव, अखण्डता र सुरक्षामा आँच आउने किसिमले नेपालका केही राजनीतिक दल तथा समुहका प्रतिनिधिहरुले बैठक–भेला गरेको भन्ने कुरा सुन्नमा आएकोले मैले त्यसबारे प्रधानमन्त्री तथा अन्य चार दलका जिम्मेवार नेताहरुको ध्यानाकर्षण गराउँदै सत्यतथ्य माग गरेकोमा प्रधानमन्त्री स्वयंले गम्भीर अनुसन्धान गरी यथार्थ विवरण जानकारी गराउनुको साटो त्यस विषयलाई हल्का र राजनीतिक दाउपेचमा उपयोग गर्ने प्रयत्न गरेको देखियो’ रावलले संसद बैठकमा भने, ‘मैले उक्त विषयलाई गम्भीर र भरपर्दाे जानकारीको आधारमा मात्र प्रधानमन्त्री लगायतका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको स्पष्ट पार्न चाहन्छु ।’ 

संशोधनको प्रस्ताव नै परिमार्जन हुनुपर्छ– अध्यक्ष ठाकुर

विराटनगर, ७ माघ – तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top