काठमाडौं, २८ असार–बलिउड अभिनेता अमिताभ बचनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  कलाकार बचनले उक्त कुरा ट्वीट मार्फत जानकारी गराउनुभएको हो ।

ट्वीटमा उहाँले आफूमा कोरोना संक्रमण पोजेटिभ पाइएको र अस्पतालमा भर्ना भएको तथा परिवारका सदस्यमा पनि परीक्षण भई रिजल्ट आउन बाँकी रहेको बताउनुभएको छ ।

तर उनका छोरा अभिषेक बचनले पनि केही बेरमा ट्वीट गरी आफूपनि संक्रमित भएको जानकारी दिनुभएको छ ।

उनीहरु दुबैजनालाई मुम्बइको नानाभिटा अस्पताल लगिएको छ र अभिषेकले अभिताभ र उनमा सामान्य खालको लक्षण देखिएको जनाएका छन् । अमिताभले उनीसँग दश दिन अघिसम्म निकट रहेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन्  ।