पूर्व राष्ट्रपतिज्यू ! शिखरमै बस्नुस्, खोँचमा तपाईंलाई सुहाएन    


Monday, 2 Jan, 2017 12:55 PM

 

संविधान आउँदाका बेला राष्ट्रपति निवासमा बसेर षडयन्त्र नगरेको भए मधेस आन्दोलनमा यति धेरै मान्छे मारिने थिएनन्, सत्तामा बस्ने, सर्वोच्च पदमै बसिसकेका न्यायिक पृष्ठभूमिका मान्छेले समाजमा दूरी बढाउँदै हिँडेपछि कसरी हुन्छ ? -कृष्ण पहाडी,नागरिक २०७३ जेठ १७ गते 


उपर्युक्त हरफहरु दैनिक राष्ट्रिय दैनिक अखबारमा प्रसिद्ध मानव अधिकारवादी कृष्ण पहाडीले लेखको एक लेखबाट उद्धृत गरिएका हुन् । त्यति बेला राष्ट्रपतिमा डा. रामवरण यादव र उप राष्ट्रपतिमा परमानन्द झा हुनुहुन्थ्यो । २०७३ पुस १७ गते महामहिम पूर्व राष्ट्रपति डा. रामवरण यादवको नागरिक पत्रिकामा एक महत्वपूर्ण अन्तर्वार्ता प्रकाशित छ । उक्त पत्रिकामा प्रकाशित  राष्ट्रपतिका अन्तर्वार्ता आधारित भनाइहरु मात्र होइन यसभन्दा अघि पनि उहाँका अभिव्यक्ति र व्यवहारमा देखिएको असंगति केलाउनु यस लेखको उद्धेश्य हो । यस लेखको आरम्भमा उल्लिखित कृष्ण पहाडी लिखित अभिव्यक्ति सत्यसंगत र तथ्यपरक देखिन्छ । किन पनि भने जतिबेला केही मधेसी नामका नेता ९० प्रतिशत भन्दा बढी  जनप्रतिनिधिले लोकतान्त्रिक र विधिसम्मत रुपमा प्रस्तावित र पारित संविधान विरुद्ध तराइ मधेसका रैथाने र आदिवासी जनतालाई भड्काएर संघर्षमा उत्रिन लाग्दा  पूर्व राष्ट्रपति डा. रामवरण यादवले बेलैमा शीतल निवास बोलाएर सार्थक संवाद गर्नुभएन ।

 

राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र सद्भाव जस्ता विषयमा तर, तथापि, परन्तु आदि घुमाउरो र काइते कुराको कुनै अर्थ छैन । देशलाई प्रेम गर्ने कुरा पनि घुमाएर गर्नुपर्छ ?

 

उहाँले आन्दोलनकारीहरुलाई फोन गरेर सम्झाएको मात्र प्रचार गरियो । संविधानविद् तत्कालीन सभामुखलाई संविधान विषयक सुझ–समझ  दिएजस्तै प्रभावकारी रुपमा मधेसी नेतालाई यादवले सम्झाउनु भएन । बरु शीतल निवास  संविधान विरुद्ध दिलोज्यानले उत्तेजना बढाउने काममा गोप्य र रहस्यमय आश्रयस्थल बनेको स्पष्ट भयो । 


अहिले नागरिकको अन्तर्वार्तामा पनि पूर्व राष्ट्रपतिज्यूका परस्पर बाझिने  अन्तर्विरोधी विचार व्यक्त भएका छन् । यादवज्यूले अन्तर्वार्तामा भनेजस्तै नेपालीभाषी नेताबाट तराई छाड्नै नहुने, तराईका नेताबाट पहाड जोड्नै नहुने दुवै अतिवादी कुरा हुन् ? यसमा राष्ट्रिय एकता र अखण्डताको कुरा किन यादवले नगरेको ? उहाँले  नेपालीभाषी नेताले राष्ट्रिय एकता, अखण्डता र सद्भाव कायम गर्न खोजेको कुरामा किन समर्थन नगरेको किन उल्टो ती विचारमा संकिर्ण खालको सोच राख्नु भएको हो ? तराई–मधेस छोडेर वा मधेसलाई  अलग राष्ट्र बन्न दिने कुरा एउटा सच्चा देशभक्त पार्टी, व्यक्ति र नेतृत्वले सोच्न सक्छ ? राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र सद्भाव जस्ता विषयमा तर, तथापि, परन्तु आदि घुमाउरो र काइते कुराको कुनै अर्थ छैन । देशलाई प्रेम गर्ने कुरा पनि घुमाएर गर्नुपर्छ ? एउटा राष्ट्रवादीले सत्य कुरा सोभैm  गर्दा हुन्छ । अझ पूर्व राष्ट्रपतिज्यूले त मधेस पहाडबाट  अलग रहे पनि हुन्छ भन्ने कुरा गरेर घुमाउरो रुपमा नेपाललाई दुई राष्ट्र (अर्थात् पहाड र मधेस राष्ट्र बनाउने)मा परोक्ष रुपमा स्पष्ट दृष्टिकोण अघिसारेको देख्दा अचम्म लागेको छ । 

 

कृष्ण पहाडीले नागरिक पत्रिकाको २०७३ जेठ १७ गते प्रकाशित लेखमा ठूला दलबाट शक्तिशाली पदमा पुगिसकेका मान्छेलाई नै भड्काएर देश विरुद्ध प्रयोग गर्ने खतरा रहेको बताएका थिए । के अहिले यस्तै हुन लागेको त होइन ?  प्रक्रियामा विश्वास गर्ने भएकाले असन्तुष्टिलाई थाती राखेर पद्धतिलाई स्वीकार गरेको बताउने यादवले मधेसी दललाई किन राम्ररी सम्झाउनु भएन, बरु आफ्नै असन्तुष्टि पो छर्न थाल्नु भयो ? दोस्रो संविधानसभामा ‘पहिलो जस्तो व्यापक छलफल बिना संविधान जारी भएको’मा यादवले  गम्भीर गुनासो अन्तर्वार्तामा गर्नु भएको छ ।

 

प्रा.डा. बद्रीविशाल पोखरेल

उहाँले भनेजस्तै  कुनै पनि निदान, निचोड र निष्कर्ष नै नआउने खालको छल र फल गरेर समय बिताउनु पथ्र्यो ? दक्षिण छिमेकीको कपटपूर्ण स्वार्थ नै के हो भने नेपालको संविधान नबनोस्, बनिहाले बिथोलियोस् र लागू नहोस् भन्ने त खुल्ला भई नै सकेको छ । अब पनि मुलुकको ऐतिहासिक प्रथम महामहिम राष्ट्रपति जस्तो शीर्षस्थ व्यक्तित्वले नेपाली एकतालाई अलगथलग पार्ने खालका विचार बारबार प्रवाह गरिरहन जाती हुन्छ ? तामाम नेपाली जनता सबका सबको चित्त बुझ्ने वा सर्वसम्मत संविधान कहाँ जारी भएको छ ? एउटासम्म उदाहरण दिन सकिन्छ ? संसांरमा यस्तो कहीँ हुन्छ ? तर अहिलेसम्म यो दुनियाँमा संविधान सभाले बनाएको संविधान मध्ये नेपालले  बनाएको ९० प्रतिशत भन्दा बढीको अनुमोदन कहाँ छ देखाउन सकिन्छ ? हामी आफ्नै घर परिवारमा पनि भनेजस्तो चित्तबुझ्दो काम गर्न सकिरहेका छौनौँ । तपाईं आफैँले चाहे अनुसार,सोचे अनुसारको सबै कुरा परिपन्च, प्रबन्ध र पौल  भएको जिन्दगी बिताउन सकिरहनु भएको छैन । यही नागरिक पत्रिकाको अन्तर्वार्तामा नै पनि नेपाल  सरकारले आफूलाई अरु आर्थिक भौतिक सरसुविधा दिनु पर्ने र थप गर्नुपर्ने कुरा गर्नुभएको रहेछ । तर तपाईंले पनि तराइमधेसका गाँस,बास र कपासहीन तमाम तराई मधेसबासी जनताको दुःखको र तिनलाई यो कठ्याङ्ग्रिदो जाडोमा न्यानो लुगा सम्म वितरण गर्नु पर्ने कुरा त गर्नु भएन । 

 

 

कृष्ण पहाडीले नागरिक पत्रिकाको २०७३ जेठ १७ गते प्रकाशित लेखमा ठूला दलबाट शक्तिशाली पदमा पुगिसकेका मान्छेलाई नै भड्काएर देश विरुद्ध प्रयोग गर्ने खतरा रहेको बताएका थिए । के अहिले यस्तै हुन लागेको त होइन ?  

 

पूर्व राष्ट्रतिज्यू ! तपाईले अतिराष्ट्रवादको कुरा गर्नु भएछ । तराई–मधेस नामका केही नेताले एक एक मुद्दा उठाएर पूरा गर्दै  गएर अन्तिममा तराई–मधेसलाई अलग राष्ट्रका रुपमा विभाजन गर्न खोजेको कुटकपट चाला अब छर्लङ्ग भइसकेको छ । अब यस्ता कुरालाई घुमाउरो पारामा समर्थन गर्नु जरुरी छैन । तमाम नेपालीले भारतीय सरकार मार्फत् प्रायोजित रुपमा मधेस विभाजन गर्ने षडयन्त्र स्पष्ट भइसकोको छ । ओली सरकार हटाउनुका पछाडिका रहस्यहरु स्पष्ट भइसके । प्रधानमन्त्री प्रचण्डले भारतमा गएर देश र देशवासीलाई होच्याउने खालका गतिविधि गरेको थाहा भइसकेको विषय हो । प्रचण्डले  नेपाल राष्ट्रलाई र नेपाल स्थित भारतीय राजदूतावाससरह को हैसियतमा राखेको विषय तपाईंलाई थाहा होला । तपाई नै चीन भ्रमणमा जाँदा चीनले दिएको अरवौंको आर्थिक सहयोग अझै नेपाल सरकारले सदुपयोग गरिएको छैन । 

 

दक्षिण छिमेकीको कपटपूर्ण स्वार्थ नै के हो भने नेपालको संविधान नबनोस्, बनिहाले बिथोलियोस् र लागू नहोस् भन्ने त खुल्ला भई नै सकेको छ । अब पनि मुलुकको ऐतिहासिक प्रथम महामहिम राष्ट्रपति जस्तो शीर्षस्थ व्यक्तित्वले नेपाली एकतालाई अलगथलग पार्ने खालका विचार बारबार प्रवाह गरिरहन जाती हुन्छ ?                     

भारतीय जनताका बीच नेपालीको मैत्रीपूर्ण सम्बन्ध सदाकालदेखि सदाकाल सम्म रहे पनि भारतीय सरकार नेपालको हितमा नभएको आज र अहिलेसम्म देखिएको छ । चीनतिर मैत्रीपूर्ण सम्बन्ध राख्नै नहुने चीन तिरको नाका खोल्दा नेपाल र नेपालीको हितमा दूरगामी काम भएको चाहिँ राष्ट्रघात हो ? कहिले एक मधेसको नारा उचाल्ने, कहिले दुई र कहिले तीन, कहिले तराई–मधेस पहाडसित जोड्नै नहुने अनि पहाडबाट अलग प्रदेश बनाएपछि फेरि पहाड नजोडेर हामीलाई अन्याय भयो भन्ने दिनमा दसवटा कुरा गर्ने मधेसी नेताका पछि लागेर राष्ट्रिय अस्तित्वको जगेर्ना हुनै सक्तैन  । महन्थ ठाकुरले मधेस अब नेपालबाट अलग हुन्छ भन्नु संयोग हो कि सुनियोजित हो ? अहिले संविधान विपरीत सीमाङ्कनको फेरबदलको प्रस्ताव विधि सम्मत छैन । असंवैधानिक छ प्रमुख विपक्षी मात्र होइन सत्तारुढ दलका धेरै नेता र कार्यकर्ता र तथा सभासद्ले समेत विरोध गरेको यो प्रस्ताव तपाईले भने जस्तै अतिराष्ट्रवादी भावनाको बहकाउ हुँदै होइन । बरु पूर्व राष्ट्रपतिज्यू ! तपाईं भारतीय सरकारको प्रायोजनमा नेपालमा  गरेको घोर अमानवीय नाकाबन्दी र दशगजा पारि गएर नेपालतिर ढुङ्गामुढा गर्ने नेपाल र नेपाली विरोधी एकाध आयातित नेपाली  मधेसी नेताका बहकाउमा नलाग्नुहोस् । राष्ट्रको शिखर आरोहण गरिसकेको र रहिसकेको महान् व्यक्तित्व शिखर अवरोहण नगर्नुहोस् ।         
 


 

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीले अचानक वालुवाटार बोलाएपछि मोर्चाको बैठक सुरु 

प्रधानमन्त्री दाहालले साँझ ७ बजेको समयमा छलफलका लागि भन्दै अचानक वालुवाटार बोलाएपछि पोजिसन क्लियर गर्न मोर्चाको बैठक बसेको हो । प्रधानमन्त्री दाहाललाई चुनाव घोषणाबाट पछाडि फर्काउने विषयमा छलफल गरिने मोर्चाका नेताहरुले वताएका छन् । 

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौँ, ८ फागुन । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ । 
 

कांग्रेस माओवादीको निश्कर्ष– मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्र चुनाव असम्भव 

सत्तारुढ कांग्रेस माओवादीको आइतबारको बैठकमा भने संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने हो भने चुनावै नहुने अवस्था आउन सक्ने निश्कर्ष निकालिएको हो । 

विश्व

टेक्सासमा फेरि हजारौँ जनताको जुलुस प्रदर्शन

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सय जनाले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

चीन र अर्जेन्टिनाका राष्ट्रपतिबीच बधाइ साटासाट

बेइजिङ्ग, ८ फागुन । चीन र दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाबीच दौंत्य सम्बन्ध स्थापना भएको ४५ औं बार्षिकोत्सवका दिन चीनका राष्ट्रपति सि जिनपिङ्ग तथा अर्जेन्टिनाका राष्ट्रपति मोरिसियो माक्रिले आज एक आपसमा बधाई ज्ञापन गरेका छन् । 

समुद्री सम्पत्तिको लडाइँ

न्यूर्योक, ७ फागुन – समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ । तर समाचार राम्रो पनि छ : प्रमाणले यो पनि देखाउँछ कि समुद्र पुनर्जीवित हुनसक्छ र त्यसको परिणामलाई साकार तुल्याउन विश्व सहमत पनि भइसकेको छ । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top