क्यान्सरलाई जितेका भक्तराज आचार्यले भने : म मरे पनि देशका लागि केपी ओली बाँच्नु पर्छ


Sunday, 27 Nov, 2016 5:07 PM

 

•बिनु पोखरेल
काठमाडौं, १२ मंसिर– दुई दाँत मात्रै मुखमा बाँकी छन्, हातका औंलाका सबै नङ झरेका छन् । बोली प्रष्ट छैन । बोल्न समेत अप्ठ्यारो छ । बिगत २३ बर्षदेखि ठोस खान सक्दैनन् । झोलीलो कुरा पनि अरुले नै खुवाईदिनपर्छ, त्यो पनि सुताएर । पिसाब पनि नियन्त्रण हुँदैन । आगन्तुकसँग भेटघाट र सम्बादसँग कुनै रुची छैन ।

 


२३ वर्षअघि जिब्रोको क्यान्सर भएर जिब्रो काटिएका शिरोमणि एवं प्रख्यात गायक भक्तराज आचार्य एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली आफूलाई भेट्न आइपुग्दा अभूतपूर्व उत्साहमा थिए । भक्तराजको अनुहारमा यति धेरै खुसी धेरै बर्षपछि मात्रै देख्न पाएको उनकी श्रीमतीले  छोराहरु सत्यस्वरुपसंग भन्दै थिइन् । उनलाई भेट्न ओली आइतबार दिउसो महालक्ष्मीस्थान स्थित आचार्यको निवास पुगेका थिए । आफूलाई भेट्न ओली आउने थाहा पाएपछि ओच्छ्यानबाट उठेर सोफामा बसेका थिए उनी । 

 

‘बाबु भन्देउ त हाम्रो देशको प्रधानमन्त्री को हो ?’ भक्तराजका नातिले जवाफ दिए– ‘केपी ओली ।’ ओलीले तत्कालै जवाफ दिए– ‘अब अर्काे नाम सिकाउनु पर्यो नि !’ सत्यराजले ओलीतिर हेर्दै भने– ‘हरेक बच्चाले नाम सम्झिने तपाईंजस्तो प्रधानमन्त्री अरु को छ र ?’ 


ओली आइपुगेपछि हात समाउँदै भक्तराजले आफ्नो बैठक कोठामा लगे र भित्ताभरी झुण्डिएका आफ्ना सम्मानपत्रहरु देखाए । लड्खडाउँदो बोलीमा उनले ओलीसँग भने– ‘मैले गीत संगीतको क्षेत्रमा केही गरेँ, अव यसको संरक्षणमा तपाईंको साथ चाहिन्छ ।’ ओलीले पनि भक्तराजका हात सुम्सुम्याउँदै भने– ‘गीत संगीतको राजमार्ग तपाईंले बनाउनु भएको छ, अव आउने पुस्ताले तपाईंकै बाटो नहिडी सुख छैन ।’ 

 


एकैछिन्को मौनतापछि ओलीले भक्तराजको स्वास्थ्य र उमेर सम्बन्धी जानकारी लिए । ‘तपाईं कति वर्षको हुनुभयो ?’ भक्तराजले नबुझिने शब्दमा जवाफ दिए । अनि छोरा स्वरुपले बुझाईदिए– ‘तपाईंले बुझ्नु भएन कि, ७५ वर्षको भएँ भन्नु भयो बुवाले ।’ 

 


अनि सोध्ने पालो भक्तराजको । उनले ओलीलाई परिवार र सन्तानका बारे सोधे । ‘तपाईंका छोराछोरी कतिजना ?’ ओलीले जवाफ दिए– ‘मेरा घरभरी छोराछोरी छन् तर, आफ्नै सन्तान छैनन् ।’ 

 

‘जहाँ जाँदा पनि सबैले किन ओली–ओली भन्दारहेछन् भन्ने बल्ल आज बुझ्यौं । तपाईंजस्तो अडान भएको र कलाकारको निष्ठा बुझ्ने मान्छे अरु देखिनँ । देश यस्तो अवस्थामा छ, ओच्छ्यानमा लडिरहेको कलाकारको पनि तपाईंलाई याद छ ।’ 


ओलीको जवाफले भक्तराजले आश्चर्य मान्दै फेरि सोधे– ‘हो र !’ 

 


अनि फेरि भक्तराजका दुई छोराहरुतिर देखाउँदै जवाफ दिए ओलीले– ‘सत्य र स्वरुप जस्ता सन्तान हुन्छन् भन्ने के ग्यारेन्टी र ?’ अनि सबै हाँसे । अरुसँग बोल्न नरुचाउने भक्तराजले फेरि नबुझिने बोलीमा ओलीको प्रशंसा गर्न थाले, छोराहरुले अर्थ लगाए । ‘पाँच वर्ष मात्रै तपाईं प्रधानमन्त्री भएको भए रेलको मात्र के कुरा हाम्रो पानी जहाज पनि हुन्थ्यो ।’ ओलीले आफूबारे भक्तराजले गरेको टिप्पणी सुनिमात्र रहे । 

 


कुरा चल्दै गर्दा भक्तराजका नाति कोठामा आइपुगे, अनि सत्यराजले छोरालाई काखमा लिंदै सोधे– ‘बाबु भन्देउ त हाम्रो देशको प्रधानमन्त्री को हो ?’ भक्तराजका नातिले जवाफ दिए– ‘केपी ओली ।’ ओलीले तत्कालै जवाफ दिए– ‘अब अर्काे नाम सिकाउनु पर्यो नि त !’ सत्यराजले ओलीतिर हेर्दै भने– ‘हरेक बच्चाले नाम सम्झिने तपाईंजस्तो प्रधानमन्त्री अरु को छ र ?’ 

 

‘मैले त जे गरेँ, गरिसकेँ । गीत संगीतका लागि छोराहरु छन्, अरु पनि जन्मेका छन् । म मरे पनि केही हुन्न । तर, देशका लागि चाहिँ तपाईं बाँच्नु पर्छ ।’ 


ओलीले भक्तराजका गीतहरुको प्रसंग निकालेर ‘जहाँ छन् बुद्धका आँखा’ राष्ट्रिय गीत आफूलाई अत्यन्तै मन पर्ने वताए र सबैजसो भजनहरु सुनेको जानकारी दिए । अनि भक्तराजले पनि ओलीको बहुविषयमा जानकारी राख्ने बानीको प्रशंसा गरे । ‘एउटा मान्छे एउटा विषयमा अभ्यस्त हुन्छ तर, सबै विषयमा बुझ्ने यस्तो नेता हुनुहुँदो रहेछ’ भक्तराजले खुसी प्रकट गर्दै भने,  ‘मसँग भेट्न घरमै आउनु भएको छ, यो सिंगो कलाकार जगतको सम्मान हो ।’ ओलीले पनि आफ्ना घरमा वाध्यवादनका सामग्री भएको वताए र सत्य स्वरुपलाई आफ्नो घरमा घरमा आएर बाजा बजाउन निम्तो दिए । 

 


भक्तराजको स्वास्थ्यवारे ओलीले जव थप जिज्ञासा राखे, उनले ओलीलाई धेरै समय बाँचेर देशको सेवा गर्न सुझाए । ‘मैले त जे गरेँ, गरिसकेँ । गीत संगीतका लागि छोराहरु छन्, अरु पनि जन्मेका छन् । म मरे पनि केही हुन्न । तर, देशका लागि चाहिँ तपाईं बाँच्नु पर्छ’ भक्तराजले भने । भक्तराजले यस्तो भन्दा ओली हाँसी मात्र रहे । त्यसपछि केहीबेर उनीहरुबीच स्वास्थ्य दुईजनाको स्वास्थ्यबारे छलफल भयो । 

 


भक्तराज र ओलीबीचको संवादको अन्त्यतिर छोराहरुले निवास नजिकै भक्तराज चोक स्थापनाको पहल गर्न ओलीसँग माग गरे । ओलीले पनि आफूले सक्दो पहल गर्ने वताए । अनि केहीबेर दुवै परिवारबीच फोटो सेसन भयो । ओली हिंड्ने बेलामा स्वरुपराजले भने– ‘हामी देश विदेश घुम्यौं, जहाँ जाँदा पनि सबैले किन केपी ओली भन्दा रहेछन् भन्ने बल्ल आज थाहा भयो । तपाईंजस्तो बोलीको अडान भएको र कलाकारको निष्ठा बुझ्ने मान्छे अरु देखिनँ । देश यस्तो अवस्थामा छ, ओच्छ्यानमा लडिरहेको कलाकारको पनि तपाईंलाई याद छ ।’ 

 


ओली गाडी चढ्न थालेपछि भक्तराजका नाति ओलीसँगै आफू पनि जान जिद्धि गरिरहेका थिए । गाडीको सिसा खोल्दै ओलीले हात हल्लाए । 

 

 

 

 


 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

विज्ञहरुले भने– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन 

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’ 

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top