मेरो बिहेमा रक्सीले टिल्ल मातेको नारायणगोपाल दाइ


Friday, 9 Dec, 2016 3:12 PM

(पहिलो नेपाली अभिनेतृ भुवन चन्दसँग उनको अभिनय अनुभव र जीवनबारे चक्रपथ डटकमका लागि बिनु पोखरेलले संवाद गरी तयार गरेको सामग्री)


म बुबाको एक मात्र सन्तान । बुबा रेडियो नेपालमा काम गर्नुहुन्थ्यो । म सानैदेखि स्टेज आर्टिस्ट थिएँ । मैले बालकृष्ण समको अन्धबेग भन्ने नाटकमा पहिलो रोल गरेकी थिएँ । सिंहदरबार भित्र एउटा हल थियो, त्यही हलमा देखाइएको थियो त्यो नाटक । मैले त्यसमा छोरीको भूमिका निभाएकी थिएँ । मलाई अलि अलि याद छ– गोपीनाथ अर्याल हिरो र शान्ति मास्के हिरोइनको रोलमा हुनुहुन्थ्यो । 

 

मामाले आमासँग भन्नुहुन्थ्यो–नाचगान गरेका छोरी बिक्दै बिक्दैनन् बाहिर नपठा । बाहिरका मान्छेले पनि यसै भन्थे  तर, मैले नाचेको हेर्न आउँथे । आफ्ना छोरीलाई नाच्न दिन्थेनन् तर, हामीले नाचेको हेरेर मनोरञ्जन लिन छुटाउँदैनथे । 


मलाई त्यहाँसम्म बुबाले नै पुर्याउनु भएको हो । बुबा पनि कलाकार हुनुहुन्थ्यो । बुबाको साथीले स्टेजमा कलाकार चाहिएको छ भन्नु भएछ । अनि म स्टेजमा काम गर्न थालेँ । पढ्न पनि नभ्याउने गरी हामी स्टेज पर्फमेन्स गथ्यौं । साँच्चै भन्दा कलाकार एकदमै कम हुन्थे त्यो बेला । भीआइपीहरु मात्र आउँथ, हाम्रो पर्फमेन्स हेर्न । राजपरिवारका सबै आउँथे । खुब खुसी लाग्थ्यो । राजाको मुखबाट भुवनले धेरै राम्रो अभिनय गर्छे भन्ने सुनेको छु मैले । राजाको मुखबाट हाम्रो नाम सुन्नु इनाम पाउनु जस्तै हो । अहिले सम्झदा पनि मेरो जीवनको त्योजति खुसीको क्षण कुनै छैन । 

 


एउटा मेकअप पुछेर अर्को मेकप लगाउन हामीलाई भ्याइ नभ्याइ हुन्थ्यो । राजा देशभर जहाँ जहाँ जान्थे त्यहीँ त्यहीँ हाम्रो नाटक टोली पुग्थ्यो । देशमा मात्र होइन, त्यो बेला कम्युनिस्ट पार्टी भएका देशहरुमा हाम्रो सम्बन्ध थियो । चीन, भियतनाम, इरान, रसिया जस्ता देशमा हामी कार्यक्रम लिएर जान्थ्यौं । उताका कलाकार हामीकहाँ आउँथे । म कलाकार थिएँ, त्यसैले  भित्रै ब्यस्त हुन्थेँ । बाहरिका मान्छेहरुसँग सम्पर्क हुन्थेन । देश भित्र भने कलाकारलाई हेर्ने मान्छेको नजर ठीक थिएन । त्यो फलानाकी छोरी नाच्छे अरे भनेर कुरा काट्थे । मामाहरुले नै आमालाई कति नराम्रोसँग भन्नुहुन्थ्यो । त्यसैले म मामाघर जान्नथेँ । मामाले भान्जीलाई नाच्च लगाएर बिगारे भन्नुहुथ्यो । नाचगान गरेका छोरी बिक्दै बिक्दैनन् बाहिर नपठा भन्नुहुथ्यो । बाहिरका मान्छेले पनि धेरै नराम्रो भन्थे तर, हेर्न चाहीँ आउँथे । उनीहरुका छोरा–छोरीलाई चाँही नाच्न दिन्थेनन् तर हामीले नाचेको हेरेर मनोरञ्जन लिन भने छुटाउँदैनथे । यदि नाच्नु नराम्रो थियो भने हेर्नु चाहिँ किन राम्रो भयो ?  

 

रोल गर्नुअघि म माला सिन्हा, बैजन्ती माला जस्ता हिरोइनको पर्दामा आएको अनुहार सम्झन्थेँ । तर, त्यो बेला केटा र केटी नजिक बस्ने, अंगालो मार्ने कुरा अपराध जस्तै हुन्थ्यो । 


बुबा रेडियो नेपालमा काम गर्ने भएकोले म रेडियो नेपाल गइरहन्थेँ । शिवशंकर दाइले मलाई छोरी भुवन बा ! भन्नुहुन्थ्यो । त्यसै मध्येको एक हुनुहुन्थ्यो इन्द्रलाल श्रेष्ठ दाइ पनि । उहाँ नेपालको सबैभन्दा ठूलो कलाकार हुनुहुन्थ्यो । २०२१ सालको कुरा थियो । एक दिन उहाँ कार लिएर हाम्रो घर अगाडि आउनु भयो । बुबा गायक भएकोले त्यो बेला राजाले उहाँलाई घरमै बोलाएर गाना सुन्थे । मैले सोचेँ– राजाबाट बोलावट भयो र बुबालाई लिन आउनु भएछ । तर उहाँ मलाई बोलाउन आउनु भएको रहेछ । भारतबाट फिल्म बनाउने मान्छे आएका  रहेछन् । म लगायत अरु चार जनालाई उनीहरुसँग भेट गराइयो । र डाइरेक्टरले नै अनुहारमा मेकअप गरेर हेर्नुभयो । ल पछि खबर गर्छांै भन्नु भयो । मलाई के कहाँ कहिले त्यति ध्यान नै भएन । 

 


त्यसको झण्डै महिनादिन पछि ल फिल्ममा खेल्ने भनेर बोलाइयो । त्यो बेला एक मोहर तिरेर फिल्म हेर्न पाइन्थ्यो । त्यो रोल गर्नु अघि माला सिन्हा, बैजन्ती माला जस्ता हिरोइन भएको केही हिन्दी फिल्म हेरेकी थिएँ । अनि फिल्म खेल्ने भनेपछि त्यही पर्दामा देखिने गरेका मन पर्ने कलाकारहरु दिमागमा आयो । तर मैले के रोल खेल्ने ? के बोल्ने ? कुन लुगा लगाउनु पर्ने ? केही थाहा थिएन । त्यो बेला केटा र केटी नजिक बस्ने अंगालो मार्ने भन्ने कुरा अपराध जस्तै हुन्थ्यो । त्यस्तो त सोच्न पनि सकिंदैनथ्यो । 

 

मैले फिल्म खेल्ने बेलामा हिरो हिरोइन अंगालेमा बस्नै पर्छ भन्ने थिएन । त्यो बेला माया प्रीतिको कुरा देखाउनु परेमा दुइटा परेवा चुच्चा जोडेर बसेको या दुईटा फूल लर्किएको देखाइन्थ्यो ।


त्यो दिन मलाई उहाँहरुले लु बस गाडीमा भन्दै चोभार पुर्याउनु भयो । मलाई अहिले पनि याद छ– चोभारको त्यो ढुंङ्गा । त्यहाँ पुगेपछि भारतबाट आएका डाइरेक्टरले मलाई मखमली चोलो र छिटको साडी लगाउन लगाए । तारादेबी र शिवशंकर दाइले गाउनु भएको गीत थियो –गरौंला हामी सिर्जना । त्यो गीत सँगसँगै गाउन लगाइयो । ढुङामा यसो छोएर उभिन लगाए । उताबाट शिवशंकर दाइ आउनु भयो । उहाँलाई देखेर लजाउन भनियो । त्यो बेला मात्र थाहा भयो म त हिरोइन भएर खेल्दै रहेछु । हिरो चाहीँ शिवशंकर दाइ हुनुहुँदो रहेछ । त्यसरी म के को रोल गर्दैछु पनि भन्ने थाहा नपाई नपाई हिरोइन भइएछु । अहिले अरुले भन्दा तपाईं त पहिलो हिरोइन भन्दा लाग्छ–  काम गर्दै गएपछि इतिहास आफैं लेखिदो रहेछ । 

 


पहिलो फिल्म राजा महेन्द्रले उद्घाटन गर्नु भएको थियो । त्यो बेला पनि एउटै टिकटको १५० रुपैयाँ तिरेर हेरेका थिए दर्शकले । तर, त्यो बेलाका दर्शक भने राज खान्दानका खान्छे मात्रै हुन्थे । जय नेपाल चलचित्र घरमा यो रिलिज भयो । नेपालीले हिन्दी चलचित्र मात्र हलमा गएर हेरिरहेको बेलामा नेपाली चलचित्र हेर्न पाए, धेरै नै मनपराए । अरुबेला कलाकारलाई गाली गर्नेले पनि रमाई रमाई नेपाली चलचित्र हेरे ।  

 

नारायण गोपाल दाइले तिम्रो बिहे भोजमा रक्सी म बनाउँछु भन्नु भयो । उहाँले रक्सी बनाउँदै खाँदै गरेका तस्बिरहरु अहिले पनि छन् । नारायण दाइ टिल्ल थिए त्यो भोजमा । उनलाई यति मातेको मैले त्यही देखेकी हुँ ।

 


मैले फिल्म खेल्ने बेलामा हिरो हिरोइन अंगालेमा बस्नै पर्छ भन्ने थिएन । त्यो बेला माया प्रीतिको कुरा देखाउनु परेमा दुइटा परेवा चुच्चा जोडेर बसेको या दुईटा फूल लर्किएको देखाइन्थ्यो । त्यो बेलाको अभिनयमा ७० प्रतिशत भाव प्रस्तुत हुन्थ्यो । अहिलेका फिल्ममा ७० प्रतिशत डाइलग हुन्छन् । कथा हुन्थ्यो त्यो बेला । ठेट नेपाली भाषा प्रयोग हुन्थे । सबै परिवार सँगै बसेर हेर्न सकिन्थ्यो । तर अहिले फिल्म हेर्न मन लागे पनि सबै परिवार एकैठाउँ बसेर हेर्न सकिने खालका फिल्म छैनन् । 

 


म राम्री थिएँ होला सायद, त्यसमा पनि फिल्म खेलेको मान्छे । मलाई भेट्न आउने त कति हो कति । सेन्ट जेभियर्स कलेजका बिद्यार्थी एक कप चिया पिउछौं तपाईंसँग भनेर आउँथे । कति गरेर समय निकालेर भेट्थेँ । त्यो बेला म राष्ट्रिय नाचघरमा काम गर्थेँ । हामी यति ब्यस्त हुन्थौं कि कसैले नजर लगाउँदा उसको नजरमा नजर जुधाउने पुर्सद पनि थिएन । कसैले प्रपोज गरेको बुझ्ने पनि फुर्सद थिएन । 

 


एक दिन नाचघरमा बिदेशी दर्शकहरुलाई अग्रेजी ट्रान्सलेट गर्ने मान्छेको खाँचो भयो । हरिश चन्द, जो रेडियो नेपालमा अग्रेंजीमा समाचार भन्नुहुन्थ्यो । उहाँ अंग्रेजी ट्रान्सलेटरको रुपमा हामीकहाँ काम गर्न थाल्नु भयो ।  एक दिन उहाँले म तिमीलाई मन पराउँछु, तिमी पनि मलाई मन पराउँछौ ? भनेर सोध्नु भयो । सुदूर पश्चिमको केटो, यहाँ डेरा बसेर यति काम गरेको छ  । दुःख गरेर बसेको हेर्दा पनि माया लाग्यो । मैले हस्, म हजुरको हुन तयार छु भनेँ । उसको घरमा त के भन्थे कुन्नी, तर उसले चाहीँ मलाई डेरामै भित्र्याएको हो । डेरामा भित्र्याएपछि चाहीँ भोज लगायौं । भोजमा रेडियो नेपालका सबैलाई बोलाएका थियौं । भोजमा राजनीतिकर्मी देखि कलाकार सबै आएका थिए । नारायण गोपाल दाइ मलाई धेरै मायाँ गर्ने । उनले तिम्रो बिहेमा रक्सी म बनाउँछु भनेर भन्नु भयो । नारायणगोपाल दाइले मेरो बिहे भोजमा रक्सी बनाउँदै खाँदै गरेका तस्बिरहरु अहिले पनि छन् । नारायण दाइ टिल्ल थिए त्यो भोजमा । उनलाई यति मातेको मैले त्यही देखेकी हुँ ।मसँगै मेरो परिवार डिपेन्ड थियो । मैले १५० रुपैयाँ तलब थाप्थँे । त्यतिले मेरो परिवार बस्ने डेरा भाडा तिरेर खाने जोहो हुन्थ्यो  । 

 

चोभारको त्यो ढुंङ्गा । डाइरेक्टरले मलाई मखमली चोलो र छिटको साडी लगाउन लगाए । तारादेबी र शिवशंकर दाइले गाउनु भएको गीतमा मुख चलाउन लगाए । परबाट शिवशंकर दाइ आउँदा मलाई ढुंङ्गाको आडमा लजाएर बस्न भनियो । त्यो बेला मात्र थाहा भयो– म हिरोइन, शिवशंकर दाइ हिरो हुनुहुँदो रहेछ ।


कला क्षेत्रमा मैले ६० वर्ष विताएँ । समाज हाँक्ने एउटा पाटो संस्कृति हो भने त्यो संस्कृति जस्ताको तस्तै प्रस्तुत गरिदिने काम कलाकारको हो । कलाकारिता समाजको ऐना हो । तर नेपालमा कालाकारको संरक्षण र सम्मान नै छैन । हामी अन्य मुलुकको भन्दा भाषा, भेष भुषा, संस्कृतिको धनी छांै । बिदेशमा यसको संरक्षणको राज्यले गर्छ । तर बिडम्बना नेपालमा सरकारमा रहनेहरु नै यसको जरा उखेल्न लागि परेका छन् । यसले गर्दा पनि नेपालले नेपाली पन गुमाउँछ एक दिन भन्ने लाग्छ मलाई । 

 


नेपालमा  कलाकार भनेको चाहिंदा भाँडो नचाहिंदा ठाँडो मात्र भयो । चाहिंदा देशका गहना हुन् कलाकार भन्ने, अनि काम सकिएपछि त्यसको खोजी छैन ।  


समय कति चाँडै बित्छ पत्तै हुँदैन । मसँग बालकृष्ण समको नाटकमा अभिनय गर्ने कलाकार अहिले कोही हुनुहुन्न, सबै मरिसके । तर उहाँका कृति झनै चर्चित छन् । कलाकार मर्छन तर, कला मर्दैन । त्यो बेला ठमेल, ज्याठालाई मात्र काठमाडौं शहर भनिन्थ्यो । अन्यतिर त बजारको के कुरा गाँउ पनि हैन । एउटा घर यहाँ थियो भने अर्को घर भेट्न आधा घन्टा हिंड्नु पथ्र्यो । त्यो बेला देशले मात्र हैन बिदेशीले पनि कुन मान्छे कहाँको भन्ने चिन्थ्यो । तर अहिले काठमाडौमा  पल्लो घरको मान्छेले ओल्लो घरको मान्छे चिन्दैन । 

 

 

म अहिले पनि एउटा फिल्ममा अभिनय गरिरहेकी छु । मलाई यहि क्षेत्रमा लाग्ने मेरो ऊर्जा मेरो श्रीमान नै हो । म केही कुराको पनि तनाव मनमा लिन्न । यसले पनि मलाई काममा लागि रहन सहयोग गरेको छ । मेरा तीन छोरी छन्, उनीहरु अहिले अमेरिकामा बस्छन् । मेरो कोखमा आएको छोरो मेरेपछि मलार्ई जे कुरा पनि आफ्ना लागि भाग लागेको मात्र आफूसँग हुने रहेछ भन्ने लाग्छ । लेखेको कुरा नभई छोड्दैन भनेर म बिश्वास गर्छु । त्यसैले म केही कुरामा चिन्ता लिन्नँ । त्यसैले म कहिलै दुखी हुन्नँ । 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

विज्ञहरुले भने– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन 

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’ 

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top