परिवार दलका अध्यक्ष भन्छन्– खै किन हो हिजोआज वच्चा जन्मेका छैनन् 


Tuesday, 10 Jan, 2017 2:27 PM

उनको दलको नाम नै नेपाल परिवार दल । सांसद एकनाथ ढकाल परिवार दलका अध्यक्ष मात्र होइनन् परिवार पनि ठूलो भएको मन पराउँछन् । जसले गर्दा उनको परिवार पनि ठूलै छ । अहिले ६ जना छोरीहरु छन् भने अझै धेरै सन्तान बढ्न सक्ने ढकाल बताउँछन् । परिवारलाई ईश्वरको वरदान ठान्ने ढकालको परिवार जीवनबारे चक्रपथ डटकमका लागि कविता अधिकारीसँग उनीसँग गरेको कुराकानीः
 
तपाईंको त पार्टीको नाम जस्तै परिवार पनि ठूलै रहेछ नि ? 
हैन हैन, बच्चा कति पाउने भन्ने त व्यक्तिगत कुरा हो । कम्तिमा बच्चा पाउनुपर्छ भन्ने मलाई लाग्छ । मानवजातिमा परिवारको महत्व वास्तवमा जति व्याख्या गरे पनि सकिंदैन । कतिपय दार्शनिकले परिवार भनेको स्वर्ग हो भनेका छन् । परिवारको सुरुवात श्रीमान श्रीमती बीचको प्रेम र विश्वासबाट हुन्छ । कतिपय देशमा कति बच्चा जन्माउन पाउने भन्ने कानुन हुन्छ । तर हाम्रो देशमा बच्चा पाउने बिषयमा कुनै कानुनी प्रावधान छैन । मेरो व्यक्तिगत धारणमा बालबालिका भनेको ईश्वरका बरदान हुन् । इश्वरले कसैलाई जन्मिंदा जन्माएर मात्रै पठाएको हुदैन, त्यसलाई जन्मिंदै हात खुट्टा र भविष्य दिएका हुन्छन् । त्यसैले उनीहरुको जन्मिन पाउने अधिकार रोक्नु हुँदैन ।
 


सन्तान चाहिँ कति छन् तपाईंका  ?
६ वटी छोरी मात्रै छन् ।

 
छोराको रहरले ६ छोरी भएका त हैनन् ?
हैन हैन, मलाइ छोराको रहर छैन । छोरा होस् कि छोरी निरन्तर रुपमा जन्माउँदै गएका छौं । कतिपय सभासदले मलाई एउटा पनि छोरा भएनछ विचरा भन्छन् । तर मलाइ उहाँहरुप्रति नै सहानुभुति लाग्छ । कतिले अलि होच्याएर पनि कुरा गर्छन् । मलाई कहिलेकाहिँ लाग्छ– ओ हो ! नेपालमा महिलालाई हेर्ने दृष्टिकोणमा अझै पनि परिर्वतन आएको रहेनछ । तर मैले चाहिँ छोराछोरीलाई बरावर रुपमा हेर्ने गर्छु । निरन्तर जन्माउँदा छोरा वा छोरी जे पनि जन्मिन सक्छन् ।
 


भनेपछि विवाह गरेदेखि अहिलेसम्म परिवार नियोजनका अस्थायी साधनको प्रयोग गर्नुभएको छैन ?
छैन छैन । मैले बच्चा जन्मनबाट रोक्नका लागि कुनै साधनको प्रयोग गरेको छैन, गर्नेवाला पनि छैन । म प्राकृतिक रुपमा भएको कुरालाई रोक्ने पक्षमा छैन ।

 

जनसंख्या पनि सम्पत्ती हो, देशको जनसंख्यालाई मैले ६ जना योगदान गरेँ । विश्वको जनसंख्यामा ६ जनाको  योगदान दिएँ । त्यसैमा म खुसी छु ।


तपाईंका सन्तानबीच कति बर्षको फरक छ ?
जेठी छोरी १५ बर्षकी भइन् र सानी छोरी ४ बर्षकी छन् । बीचमा त्यस्तै एकडेढ बर्षको फरक छ ।

 


 
भनेपछि अव अर्को जन्मिने तयारीमा ?
तयारी त तयारी मै छौं । तर खै किन हो हिजोहाज जन्मिरहेका  छैनन् ।

 
अझै हुने सम्भावना छ कि छैन ?
अघि नै भनिसकेँ नि, हुन सक्ने सम्भावना त प्रशस्तै छ । म अझै युवा नै छु, भर्खरै ४२ बर्षको भएँ । मेरी श्रीमती ३७ बर्षकी भइन् ।  अझै पनि सन्तान हुन सक्छन् । कतिपयले छोराको रहरले हो भन्छन् । आमाको म सात दिदीवहिनी पछिको आठौं सन्तानका रुपमा छोरा जन्मिएको हँु । त्यसैले वंशाणुगत रुपमा गयो भने चाहिँ मेरो भन्नु केही छैन । तर, मलाई छोरा नै चाहिन्छ भन्ने चाहिँ छैन । मेरा छोरा भने पनि छोरी भने पनि यी ६ छोरी हुन् । मेरो सम्पति पनि यिनै हुन्, भगवानका आशिर्वाद हुन् । कतिपयले गर्भमै छोरा र छोरीको पहिचान गरी भँु्रण हत्या गराउने पनि गरेका छन् । हामी त्यसको बिरोधी हौं । आज ६ सन्तान छन्, भोलि अरु जन्मिए भने पनि तिनका लागि पनि तयारीमै छौं ।


 
धेरै सन्तान जन्माउने तपाईंको चाहनाले मात्रै हुन्छ र ?
मेरो मात्रै चाहना हैन । मेरी श्रीमती म भन्दा बढि खुसी छन् । उनलाई पनि धेरै सन्तान भएको मन पर्छ । हामी दुबैको सहमतिले नै बच्चा जन्मिने हुन् । फेरि खुसी कसरी पाउने भन्ने त आफूमा भर पर्ने हो । कोही सन्तान नै नभएर पनि खुसी छन् । कोही एउटा मात्रै दुइटा मात्रैमा पनि खुसी छन् होला । तर म चाहिँ ठूलो परिवारमा रमाउने मान्छे हुँ । 

 

मैले बच्चा जन्मनबाट रोक्नका लागि कुनै साधनको प्रयोग गरेको छैन, गर्नेवाला पनि छैन । म प्राकृतिक रुपमा भएको कुरालाई रोक्ने पक्षमा छैन ।

 

यति महँगो समयमा यति धेरै सन्तान हुर्काउँन गाह्रो छैन ?
उनीहरुलाई हुर्काउँने हाम्रो कर्तव्य हो । तर, पछि कसलाई के थाहा भोलि मेरा छोरीहरु महत्वपूर्ण स्थानमा पनि पुग्न सक्छन् । भोलिका सम्भावना त धेरै छन् नि । उनीहरुले मुख मात्र लिएर आएका छैनन् नि । भोलि देशका लागि अति आवश्यक स्थानमा पनि पुग्न सक्छन् । त्यसैले अहिले केही समस्या भए पनि हामीले आफ्नो कर्तब्य निर्वाह गर्ने हो । ईश्वरले सबै पूरा गरिहाल्छन् नि ।
 

 


अहिलेको जमानामा त एक सन्तान भए पुग्छ भन्ने भइसक्यो नि होइन र ?
हेर्नुस्, सबैको एकै मात्र सन्तान भयो भने त संसार कसरी चल्छ ? म त ठूलो परिवारमा हुर्किएको मानिस । म ठूलो परिवार भएको मन पराउँछु  । परिवार जति ठूलो भयो त्यति आनन्द लाग्छ । म परिवारलाई भारको रुपमा भन्दा आशिर्वाद र अवसरका रुपमा लिन्छु ।

 
धेरै सन्तान जन्माउँदा श्रीमतीको स्वास्थ्य कमजोर हँुदैन ?
खै, मलाइ त त्यस्तो लाग्दैन । मेरी श्रीमती स्वस्थ नै छिन् । प्रकृतिले नै महिलालाई बच्चा जन्माउन सक्ने क्षमता दिएको हुन्छ ।
 
तपाईं कुनै धर्मबाट प्रभावित भएर त होइन सन्तान जन्माउने क्रम नरोकेको ?
होइन, म कुनै धर्मबाट प्रभावित भएर होइन । म भन्छु कम्तिमा परिवार बनाउनुस्, बालबच्चा बनाउनुस् । विशेष गरी राजनीतिमा लागेकाले त विवाह गर्नु नै पर्छ, नत्र धेरै अप्ठयारा आउन सक्छन् । विवाह नगर्ने भन्दा विवाह गर्ने व्यक्तिमा धेरै कुरामा परिपक्वता हुन्छ । नेताको काम भनेकै अरुको माग पूरा गराउने हो । अनि घरमा आफ्ना छोराछोरीको माग पूरा भए मात्रै जनताको माग पूरा हुने हो । विवाह र परिवारलाई संख्याको रुपमा नलिई संस्कारको रुपमा लिनुपर्छ ।
 
 

एउटा मात्रै बच्चा हुँदा पुलपुलिएको हुन्छ, बाँडेर नै खान जान्दैन । धेरै बच्चाको घरमा बाँडेर खाने संस्कार बसेको हुन्छ । त्यसैले धेरै सन्तान जन्माउनुलाई नकारात्मक रुपमा लिनु हुँदैन ।

 

गाह्रो पनि त होला नि धेरै सन्तान हुर्काउँन ?
चुनौतीले नै संघर्ष गर्न सिकाउँछ । तुलनात्मक रुपमा बढी प्रेसर त हुन्छ । म राजनीतिमा छु, श्रीमती घरको काम सँगसँगै व्यवसायमा पनि काम गर्छिन् । जसले गर्दा श्रीमान श्रीमतीलाई नै काम गर्नु पर्ने बाध्यता हुन्छ । व्यस्तताको वावजुद पनि घर परिवारलाई समय मिलाउनु पर्ने हुन्छ । बच्चा जन्मिंदै जाँदा ठूलाले सानालाई हेर्ने गर्दै जाँदा अप्ठ्यारो कम पनि हुन्छ । त्यही हो धेरै सन्तान हुँदा सबैलाई बढि नै प्रेसर हुन्छ । मेरी ठूली छोरी १० कक्षममा पढछिन् र सानी नर्सरीमा छन् । मेरा छोरीहरु तुलनात्मक रुपमा प्रतिस्पर्धी पनि छन् । स्कूलमा पनि प्रतिस्पर्धी छन् घरमा पनि । एउटा मात्रै बच्चा हुनु र धेरै हुनुमा धेरै फरक हुने रहेछ । एउटा बच्चा पुलपुलिएको हुन्छ, बाँडेर नै खान जान्दैन । तर धेरै बच्चाको घरमा सानो कुरा पनि बाँडेर खानुपर्छ । बाबु आमाको नजिक हुन पनि असल हुनु पर्यो भन्ने संस्कारको विकास भएको हुन्छ । त्यसलाई नकारात्मक रुपमा लिनु हँुदैन । देशको जनसंख्यालाई मैले ६ जना योगदान गरेँ विश्वको जनसंख्यामा ६ जनाको  योगदान दिएँ त्यसैमा म खुसी छु ।  

 

 
अव कति बच्चा जन्माउने योजना छ  त ?
मेरो कुनै योजना छैन, म अझै केही जन्मिए भने म त्यसलाई सकारात्मक रुपमा लिन्छु र अरुलाई पनि के सुझाब दिन्छु भने विवाह गर्नुस् बच्चा जन्माउनुस् अनि मात्र खुसी प्राप्त गर्न सकिन्छ । 

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीद्वारा चुनावमा भाग लिन सबै पक्षलाई आग्रह

‘राजनीतिक सहमतिका आधारमा संविधान संशोधन प्रस्ताव टेबुल गरेर प्रक्रिया अगाडि बढाएको छ । संशोधन गरेरै चुनाव गर्न सरकार प्रतिवद्ध थियो’ प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचनसँग अलिकति पनि नझस्किन आग्रह गर्छु । संविधान संशोधनका लागि पनि प्रतिवद्ध छु ।’

मोर्चाले सरकारलाई दिएको समर्थन बुधवारबाट फिर्ता लिने !

‘संविधान संशोधन बिना कुनै पनि चुनावमा हामी सहभागि हुँदैनौं भन्ने भोलिको वार्तामा जानकारी गराएर फर्कन्छौं’ उनले भने, ‘आजकै पोजिसन यदि सरकारको हो भने भोलिदेखि नै सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ ।’ 

देशवासीका नाममा प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधन (लाइभ)

काठमाडौं, १७ फागुन- प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा गरेको सम्बोधनको अडियो लाइभ ।

विश्व

जापानी सम्राट तथा साम्राज्ञी विदेश भ्रमणमा

टोक्यो, १७ फागुन । जापानका सम्राट तथा साम्राज्ञी भियतनाम तथा थाइल्याण्डको एक साताब्यापी औपचारिक विदेश भ्रमणमा निस्किएका छन्  । 

विनादर्ता बैंकिङ कारोबार गर्ने आठ सय चिनियाँ पक्राउ

बेइजिङ (चीन), १७  फागुन । चीनले स्वदेशी मुद्रालाई बाहिर जान नियन्त्रण लिने प्रयासस्वरुप गरेको कारबाहीमा विनास्वीकृति बैंकिङ कारोबार गर्दै आएका करिब ८०० जनालाई पक्राउ गरेको चीनको गृह मन्त्रालयले जनाएको छ । 

डुङ्गा दुर्घटनामा कम्तीमा आठको मृत्यु

चेन्नाई (भारत) १६ फागुन । दक्षिण भारतमा आइतबार भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । सो घटनामा आठ स्वदेशी पर्यटकको डुबेर मृत्यु भएको छ भने, अन्य १७ जनालाई सकुशल उद्धार गरिएको छ । 

विचार

कार्यकर्तामा शक्ति भर्दै एमाले

|| हरि चन्द ‘अग्निपुन्ज’ ||  बदलिदो परिबेशमा  बिकसीत राजनीतिक घटनाक्रमबाट विकास हुने अन्तर-द्वन्द र प्रतिस्पर्धामा खरो रुपमा उत्रनलाई राजनीतिक विकासक्रम र त्यससंग सम्बन्धित मुलभूत समस्याहरुलाई बुझ्न जरुरि हुन्छ |

बाबुरामजी ! तपाईंको समर्थक बनेकामा पछुतो भो 

नयाँ संविधानले तल्लो तहमा वितरण गरेको अधिकार जनताका घरदैलोकै प्रतिनिधिमार्फत कार्यान्वयन गर्ने काम भाँड्न तपाईं अग्रसर हुनुहुन्छ, कसका लागि ? कसका लागि तपाईं यसो गर्दै हुनुहुन्छ, मान्छेले नभन्लान् तर, भनेनन् भन्दैमा बुझेका छैनन् भन्ने नठान्नुस् । तपाईं कसका लागि यो गर्दै हुनुहुन्छ ? त्यो तथ्य सबैका घाँटीघाँटीसम्म आएर अंड्किएको छ ।

नेपाललाई मरुभूमि र बिहार हरभरा बनाउने यस्तो छ भारतको नदिजोड परियोजना

नरेन्द्र मोदी सार्क सम्मेलनमा नेपाल आउँदा मोदीका सुरक्षा सल्लाकार अजित दोभाल तत्कालीन राष्ट्रपति रामवरण यादवसँग खुल्लै रुपले तराईमा थोरै प्रदेश चाहिन्छ र त्यसमा पनि चुरे सहितको चाहिन्छ भनेर माग नै राखेका थिए । 
 

Loading...
Top