पछिल्लो पटक वलात्कारका डरलाग्दा घटनाहरु जति बढिरहेका छन् त्यति नै मात्रामा श्रीमान–श्रीमतीबीच पारपाचुकेका घटना पनि भएका छन् । यौन जीवनको असन्तुलन र पारीवारिक बिखण्डनको श्रृंखला, वलात्कार र वैवाहिक वलात्कार समेत बढिरहेका बेला मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रकी परामर्शदाता करुणा कुँवर यौन दमनको सामाजिक ब्यवस्थाले यस्ता घटना भइरहेको वताइन् । परस्पर प्रेम नभई शारीरिक सम्पर्क मात्रैका पछि मानिसहरु लाग्दा यस्ता घटना बढ्दै गएको उनको विश्लेषण छ । पछिल्लो पटक बढेका वलात्कारका घटना, पारीवारिक विखण्डन र प्रणय दिवसका विषयमा उनीसँग चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः 
 
यौन ब्यवहारमा बाहिरबाट हेर्दा पुरुष एकदमै एक्टिभ र महिला प्यासिभ जस्तो देखिन्छ । के भित्री रुपमा पनि महिला र पुरुषमा रेक्सुअल डिजायर्स घटिबढि हुन्छ ? 
यो बुझ्न पहिले प्रकृति बुझ्नु जरुरी छ । महिला र पुरुषको शारिरिक बनावटदेखि लिएर हामीसँग भएको अर्गान सबै कुरा धेरै फरक छ । प्रोडक्टिभ अर्गानमा पनि हेर्नुस्,  महिलामा युटरस बढि छ । पुरुषको ब्रेस्ट एक्स्पान हुँदैन तर महिलाको एक्स्पान हुन्छ । प्रकृतिकै कारण पुरुषमा चौबीसै घन्टा डिजायर हुन्छ, महिलामा खासबेला मात्रै त्यस्तो डिजायर हुन्छ । 

मानिस मात्र होइन, कुनै पनि जीवको त्यस्तै हो  । प्रकृतिको नियम नै यस्तै छ कि पुरुष हर समय तयार हुने र महिला चाहिँ ओभुलूशनको समयमा मात्र पूर्ण तयारी हुने हुन्छ । किनभने सेक्सुअल डिजायरल नै रिपोड्युस हुने हो । महिला हरुसँग प्रजनन्को क्यापासिटी भएको हुनाले त्यहि समय एक्टिभ बनाइदियो । त्यहि भएर महिलाहरु त्यो ओभुलुशनको समयमा पूर्ण रुपमा सेक्सुअल डिजायर्समा हुन्छन् ।  त्यो बेला बच्चा बस्न सक्ने बेला हो र महिलामा चाहनाको सबैभन्दा उत्कर्षको बेला हो । अन्य बेलामा महिलाहरु सामान्य अवस्थामा हुन्छन् । २८ दिनमा महिनावारी हुने भए महिनावारी भएको १४ औं दिन ओभुलुशनको दिन हुन्छ । कति दिनमा मिन्सुरेशन हुन्छ त्यसको आधारमा पनि ओभुलुशनको दिन तय हुन्छ  । 

मेटिङ त त्यो बेला हुन्छ जुनबेला एक अर्काको रुह मिल्छ । अन्तस्करणमा क्लिक गरेपछि त्यसले शरीरभरी प्रेम संचार गर्छ । त्यसले शरीरका सबै अंग खुल्ला गर्छ । त्यो दुबैमा एकैपटक हुन्छ । हो यो अवस्थामा गरिन्छ यौन सम्पर्क । यदि यस्तो अवस्था होइन भने त्यो जबरजस्ती हो । बलात्कार नै हो । 

 

महिलामा ओभुलुशन हुने समय हुन्छ । अनि पुरुषको पनि कुनै डेट हुने हो भने त मेटिङको समय नमिल्दा बच्चा नै नहुने भयो । पुरुष हरदम मेटिङको लागि तयार हुने हुँदा महिलाको ओभुलुशनको टाइममा बच्चा रहने भयो । यदि दुबै एनिटाइम एक्टिभ हुन्थे भने हर समयको मेटिङमा बच्चा मात्र हुन्थ्यो होला । त्यस्तो अवस्थामा कसरी पृथ्वीले थाम्थ्यो होला ? शरीरको बनावट, हाम्रा चाहानाहरु, हार्मोनको मात्रा र  जीव उत्पत्तिमा ब्यवस्थापनकै लागि प्रकृतिले सन्तुलन गर्नकै लागि यो सबै गरेको हो भन्छु म  । यसमा मान्छेको कुनै भूमिकै हुन सक्दैन  । तर ओभुलुशनको समयमा भन्दा अन्य बेला बच्चा रहनै सक्दैन भन्ने चाहिँ हुन्न । तर त्यसरी बस्ने चाहिँ बाइचान्स मात्र हो । 

तपाईंको कुराले त  पुरुषको दाँजोमा महिला कजोर हुन्छन् भन्ने देखिन्छ, त्यस्तै हो ?
दुबै स्वस्थ्य रुपमा प्रस्तुत हुन सके भने दुबै उत्तिकै शक्तिशाली हुन्छन् । यो कुरा ब्यक्तिपिच्छे फरक पर्छ । महिला होस् या पुरुष, उ मानसिक रुपमा पूर्ण समर्पित थियो कि थिएन भन्ने कुराले उसको शक्ति मापन हुन्छ ।  मेटिङ या सेक्सुअल रिलेशन शारीरिक सम्बन्ध मात्र होइन भन्ने भुल्नु हुँदैन । 



पछिल्लो समय समाजमा घरझगडा र पारीवारिक बिखण्डन बढेको छ । यसका कोर कारणमा यौनकै बिषय छन् । किन यस्तो भइरहेको छ  ? 
हरेक मान्छेमा यौन छ र यौनिकता पनि छ । कोहि धनी होलान् , कोहि गरिव होलान् । केहि अग्लो, कोहि होचो, कोही राम्रो, कोहि नराम्रो, कोहि बुद्धिमान होलान् कोहि अनपढ । मान्छे जस्तोसुकै भए पनि यौतिकता त हरेकमा हुन्छ । यो सबैमा हुने प्राकृतिक कुरा हो । घरपरीवार यसरी किन भयोहोला भने यौन जस्तो पूर्ण प्राकृतिक विषयलाई पनि अपराधका रुपमा हेर्ने सामाजिक ब्यवस्थाले गर्दा । पहिले पहिले यस्तो समय थियो, जहाँ यौन खुला थियो । हाम्रा मन्दिरहरुमा पनि हेर्न सकिन्छ सामुहिक यौनक्रिडाका चित्रहरु छन् । हिजोको समाज खुला थियो, पूर्ण रुपमा प्राकृतिक ब्यवस्थामा चल्थ्यो । अहिले प्राकृतिक ब्यवस्थालाई सामाजिक ब्यवस्थाले दबाएको छ । त्यस्तो खुल्ला समाजबाट हामी बिस्तारै यौनका कुरा नै गर्नु हुँदैन भन्ने समाजमा आइपुगेका छौं । यौनलाई छोप्ने विषयका रुपमा अगाडि ल्याइयो । यौनजस्तो प्राकृतिक कुरा छोपियो, दवाइयो । तर समाज भने झन् झन् मोर्डनाइज्ड भएर गइरहेको छ । यसले गर्दा यो दुई विपरित कुराबीच द्वन्द्व भइरहेको छ । यौनिकतालाई जति खुला गर्न सकिन्छ त्यति यसले समाजमा असर देखाउन छोड्छ  । 

परीवारमा श्रीमान–श्रीमतीबीच त यौन वर्जित छैन नि । किन मान्छे असन्तुष्ट भएर बाहिर अर्कैसँग सन्तुष्टि खोज्दै हिंड्छ ? 
हेर्नुस्, सेक्सुअल रिलेशन भनेको शारीरिक मेटिङ मात्र हुँदैहोइन । मेटिङमा पूर्ण प्रेम हुन जरुरी छ । प्रेम हुनलाई आत्म र मष्तिष्क पनि  मिसिएको हुनुपर्छ । सेक्सुअल रिलेशनबाट पूर्ण आनन्द लिन  तपाईंको बुझाइको लेभल मिल्नुपर्छ । अनि तपाईंको आत्मा छुनुपर्छ । अनि दिमाग, मन, मुटु एकै लेभलमा पुग्छ र सहजै मेटिङ हुन्छ । त्यहाँ दुवैमा खुसी मात्र प्राप्त हुन्छ, पीडा कसैलाई हुँदैन । प्रेममा श्रीमान–श्रीमती, वा साथी भन्ने हुन्न । जोसँग प्रेम छ उसँग सबैकुरा मिल्छ । विवाह गरेकैसँग मन पनि मिल्छ भन्ने हुँदैन । यसलाई अझ क्लियर पारौं मेटिङ त त्यो बेला हुन्छ जुनबेला एक अर्काको रुह मिल्छ । अन्तस्करणमा क्लिक गरेपछि त्यसले शरीरभरी प्रेम संचार गर्छ । त्यसले शरीरका सबै अंग खुल्ला गर्छ । त्यो दुबैमा एकैपटक हुन्छ । हो यो अवस्थामा गरिन्छ यौन सम्पर्क । यदि यस्तो अवस्था होइन भने त्यो जबरजस्ती हो । बलात्कार नै हो । 

पहिलो कुरा त यौनलाई हामीले शारीरिक सम्पर्कको रुपमा मात्र बुझ्नु भएन । यो पूर्णरुपमा आत्मिक मिलनको कुरा हो । आत्मिक मिलनपछि मात्र विवाह र फिजिकल मेटिङमा जाँदा यो अधिकांश समस्या समाधान भएर जान्छ । शारीरिक मात्र नभएर यो आत्माको बिलय हो भन्ने कुरा बुझ्नसके पुग्छ । 

सबैकुरा मेल खानु भन्या उसँग नै यौन सम्पर्क राख्नु पर्छ भन्ने होइन । तर यो मान्छे चाहिँ मेरो टाइपको हो भनेर पहिलो नजरमै थाहा हुन्छ । त्यहाँनेर तपाईंकोे मष्तिष्क, मनले मेल खाएको हुन्छ  । अनि त्यसपछि मात्र शारीरिक मेटिङको कुरा । त्यसकारण विवाहले नै सबै कुरा तय गर्छ भन्ने हुँदैन । विवाह गरेकैसँग सबै कुरा मिल्छ भन्ने हँुदैन । शारीरिक एट्याचमेन्टलाई मात्र मेटिङ  भन्ने बुझाइ नै गलत छ । यो सन्तुष्टिसँग गाँसिएर आएको हुन्छ । यो नितान्त दिमागसँग जोडिएको कुरा हो ।  जब मान्छेले म यौनको लागि रेडी छु भन्नेमा पुग्छ र जो ब्यक्तिसँग उ प्रस्तुत हुन्छ उसले पनि त्यहि स्तरमा यसको महसुस गरिरहेको हुन्छ  । र कहिलेकाहिँ त्यहि ब्यक्तिसँग पनि माइण्ड चाहिँ तयार छैन भने खुसी या सन्तुष्टिको महसुस हुँदैन । उसको शरीर, आत्मा र दिमागलाई अर्को पार्टनरले कसरी बुझेको छ त्यो नै प्रमुख कुरा हो । सेक्स इज भेरीमच एबाउट  लभ । प्रेम र सम्मान बिना सेक्स पीडा मात्र हो । यदि दम्पति एकअर्काको सम्मान र प्रेममा हुनुहुन्छ भने त्यो सेक्सुअल सम्बन्ध सुमधुर हुन्छ । यदि प्रेम र एकअर्कामा सम्मान छैन भने आफूलाई प्रेम गर्ने र अरुसँग एट्याक्शन हुने कुरा स्वत हुन्छ, यो आश्चर्यको कुरा भएन ।  आफ्नो सम्मान र प्रेम त सबैले चाहन्छन् नि  । अनि मान्छेले आत्मसम्मान किन खोज्यो भन्नु कति उपयुक्त होला ?  

अहिले भ्यालेन्टाइन डेको समय पनि छ ।  त्यसोभए प्रेम चाहिँ के हो ? प्रेम के यस्तै गुलाफ दिएर हुन्छ  ? 
एउटा शब्दमा भनौ, प्रेम सम्मान हो । समपर्णको अर्को नाम हो । प्रेम छैन भने यौन बलात्कार हो । जहाँसम्म गुलाफ दिएर प्रेम जनाइने कुरा गर्नु भो, यो पनि मोर्डनाइजेशनको एउटा रुप हो । यसलाई गलत रुपमा नै नलिऔं  । यो पनि प्रेम प्रस्तुत गर्ने एउटा रुप नै मानौं । तर त्यो यस्तो अवस्थामा सर्वस्वीकार्य हुन्छ, जतिबेला तपाईं उसको आत्माको नजिक हुनुहुन्छ । त्योबेला बोल्नु जरुरी नै नहोला । अन्तरुकरणमा प्रेम पुगेपछि प्रेम जताउने गुलाफ अर्को माध्यम मात्र बन्न सक्छ । तर, देखावटी रुपमा हुने कुराको भने केहि अर्थ छैन । 


सेक्स सबैले चाहने विषय हुँदाहुँदै पनि किन यति हाउगुजी भएको ? 
हो तपाईंले भने झैं सेक्स सबैले चाहने विषय हो । हरेकले महसुस गर्ने यो प्राकृतिक कुरा हो । त्यहि भएर पनि यो सबैको चासोको बिषय पनि हो । कुनै लेख आयो भने मान्छे पढ्न इच्छुक हुने विषय । जहाँ जस्तो ठाउँमा भए पनि मान्छे यौनका कुरा पढ्न चाहन्छ । बुझ्न चाहन्छ र आफू के हुँ बुझ्न चाहन्छ मान्छे  । तर यस्तो प्राकृतिक कुरा पनि बन्देज लगाइन्छ । यौनजस्तो प्राकृतिक कुरालाई गलत हो भनेर दवाई दबाई यसलाई हाउगुजी बनाइएको छ । अनि प्रेम बिनाको यौन फष्टाएको छ ।  यौन सामाजिक रुपमा र सांस्कृतिक रुपमा खुला भएको भए अहिले भइरहेजस्तो वलात्कार हुँदैनथ्यो । यसको विकल्प भनेको यौनका विषयमा खुलेर कुरा गर्ने नै हो । यसलाई स्वस्थ्य बहसमा ल्याउन सके यस्ता कुरा आफैं हटेर जान्छ । 

भइरहेका सम्बन्ध सुमधुर बनाउन कसको कस्तो भूमिका रहन्छ  ?  
मैले अघि नै भनेँ नि, यो एकैजनाले मात्र भूमिका खेलेर खुने कुरा होइन । श्रीमान श्रीमती भनेपछि सेक्सुअल रिलेशन पनि हुने हुँदा दुबैले यस कुरामा भूमिका खेल्नु पर्छ । त्यो भनेको एक अर्कामा समर्पित हुनसक्नु हो  । एकले अर्कालाई सम्मान गर्न सक्नु नै हो । बिना मुल्याङ्कन अरुप्रति प्रेमिल हुन सक्नु, समर्पित हुन सक्नु नै यसलाई सुमधुर बनाउनु हो । त्यसमा आफूले सम्मानित छु छुइन भन्ने कुरा आउला । एकअर्काप्रति सम्मान पुग्नेगरी नजिक हुन सके सम्बन्ध त्यसै सुमधुर हुन्छ । 

अहिले त झन् पछि झन् भर्चुअल बन्दैछ पछिल्लो पुस्ता । समाजिक सञ्जालमा देखेको भरमा जोडी बाँधिन्छन् । के यसले तपाईंले भनेजस्तो आत्मिक  म्याचिङमा पुग्ला  ? 
यसलाई गलत नै चाहिँ नभनौं । यो पुस्ता त्यो तहको गहिराईमा पुग्दैन भन्न चाहिँ सकिन्छ । तर, गलत नै भएको चाहिँ होइन । यदि उनीहरु एक अर्काको क्रियाकलापसँग नजिक छन्, बुझेका छन् । एक अर्कालाई सम्मान गर्छन् भने फूल दिनु अर्को स्टेप हो । तर त्यसमा देखावटीपन हुनु भएन । समाज त मोर्डनाइज्ड हुँदैछ नि । शैली फेरिनुलाई नराम्रो पनि मान्नु भएन । हिजो हाम्रो शैली पनि त्यो भन्दा पुरानो पुस्तालाई मन पर्थेन । यो भन्दा अघि चिठ्ठी पठाएर ब्यक्त गर्नु भो त्यो कुरा पनि त्यो भन्दा पुराना पुरुतालाई मन पर्थेनहोला । बोल्नु पर्दैन प्रेममा भन्नुहुन्थ्यो होला । तर हामीलाई त्यहि उत्कृष्ट लाग्यो । त्यसैले मोर्डनाइजेशनले केहि तरिका परिर्वतन गर्छ तर, प्रेम त प्रेम नै हो नि । हिजोकाले चाहिँ प्रेम गर्ने र आजकोमा चाहिँ प्रेम नै नहुने भन्ने हुँदैन । प्रेम त हरेक समयको पुस्तामा हुन्छ, परिस्थिति अनुसार अभिब्यक्त हुने शैली मात्रै फरक भएको हो । 

तपाईंले फूल दिनु पनि प्रेम दर्शाउनु हो भन्नुभयो,  तर ब्यक्तमा भन्दा अब्यक्तमा, मौनमा त्यो भन्दा कयौं गुणा शक्ति हुन्छ भनिन्छ नि ? शब्दले जति कुरा बोक्छ अब्यक्तले त्यो भन्दा कयौं गुणा गहिराईमा पुग्ने सामथ्र्य राख्छ भनिन्छ नि ? 
अब्यक्त भनेको अघि नै हामीले गरेको माइण्डको कुरा हो । आत्माको कुरा हो  । जो एक अर्कालाई नदेखी पनि जोडिन सक्छ । त्यो भन्या आत्मा मिलन हो । यो त त्यसै शक्तिशाली हुन्छ । ओहो यो मेरो टाइपको मान्छे हो भन्ने भित्रै देखि लागिरहेको हुन्छ । तर त्यसलाई ब्यक्त पनि गर्न सकियो भने त्यसले झन् बढि प्रष्ट र नजिक बनाउँछ । 

विवाहपछिको प्रेमलाई चाहिँ कसरी सुमधुर बनाउने त ? 
कसैले श्रीमानलाई या श्रीमतीलाई प्रेम कसरी गर्ने होला । खाना खुवाउने, अफिससम्म छोड्ने, लुगा धुने गरेको होला । यो पनि प्रेमकै उपज हो । यो कुरा कहिले काहिँ ब्यक्त गर्नु पनि जरुरी हुन्छ । त्यो सधैंसधैं हुने कुरा हो, तर उसले के गरेको छ र भन्ने हुनसक्छ । त्यसलाई झक्झक्याउन पनि प्रेमका कुरा गर्ने गर्नु पर्छ । यसले अन्कसियस रुपमा रहेको प्रेम फष्टाउन सहयोग गर्छ । थाहा दिंदा सामिप्यता बढ्छ । रोमान्टिक पोइम, स्टोरीमा हामी अब्यक्त प्रेम पढ्छौं । तर त्यो सय प्रतिशतमा हुँदैन । कतिपय अवस्थामा ब्यक्त पनि गर्नुपर्छ । 

मन पर्ने कुरा मात्र हैन , आफुलाई मन नपर्ने कुराहरु पनि मलाई तिम्रो यो कुरा चाहिँ मन पर्दैन है भनेर भन्ने गर्नुपर्छ । यसले घरमा फेरि त्यहि कुरा दोहोरिंदैन र सम्बन्ध बिग्रनबाट जोगिन्छ । 

अहिले धेरैजसो हुने पारीवारिक कलहको मुख्य कारणहरु चाहिँ के हुन् त ? 
पहिलो कुरा त यौनलाई हामीले शारीरिक सम्पर्कको रुपमा मात्र बुझ्नु भएन । यो पूर्णरुपमा आत्मिक मिलनको कुरा हो । आत्मिक मिलनपछि मात्र विवाह र फिजिकल मेटिङमा जाँदा यो अधिकांश समस्या समाधान भएर जान्छ । शारीरिक मात्र नभएर यो आत्माको बिलय हो भन्ने कुरा बुझ्नसके पुग्छ ।

अर्को समाजिक रुपमा हेर्ने हो भने पहिलेको समाजमा जस्तो अवस्थामा पनि केहि कुरामा सन्तुष्टि नभइ पनि बस्नै पर्छ भन्ने अहिले छैन । अहिले कर वा वाध्यतामा नबस्ने, पारीवारिक बन्धनबाट बाहिर निस्कने कारणले पनि भटाभट छोडपत्र भएको देखिन्छ । त्यो देखेर समाजमा के के न भयो भन्ने भएको मात्र हो  । तर समाजमा आफ्नो सम्मान खोज्न मान्छे तयार भएको हो भन्ने मात्र हो भन्ने बुझ्छु म । 

त्यसो भए अहिले महिलाहरुको बुझाईमा परिर्वतन भएको अवस्था हो ? 
हुन त समाज विकास एकपक्षीय  रुपमा मात्र हुने होइन । तर एकबेला ठप्प भएर रहेको महिलाहरुको विकासक्रमले फड्को मार्न थालेको पक्का हो । अहिले पुरुष पनि साथी हुने रहेछन् । आत्मा मिलन बिना शारीरिक मेटिङमात्र दुःख हो भन्ने कुरा बुझे र बाहिर निस्कन सक्ने भए । त्यो पुरुषमा छैन भन्ने होइन । उनीहरुमा पनि त्यति नै विकास भएको छ । बुझाईहरुमा फराकिलोपन आएको छ । मेरै परामर्श केन्द्रकै कुरा गर्ने हो भने, महिला मात्र होइन पुरुषहरु पनि उत्तिकै आउँछन् ।