के गर्दैछिन् रेडियो नेपालकी यी चर्चित बूढीआमै !


Thursday, 22 Sep, 2016 1:15 PM

 

•बिनु पोखरेल
रेडियो नेपालको कृषि कार्यक्रममा ‘तपाईंको जेटिए र बुढीआमाको गन्थन’को अन्त्यमा बृद्धा आवाजमा उनी भन्थिन्– ‘हरिशरणम.... !’ कृषि कार्यक्रममा हरिको शरण लिएर जेटिएसँग संवाद गर्ने यी बुढीआमै अहिले पशुपतिनाथ नजिकै कोहि आफन्तको घरमा आश्रय लिएर बसेकी  छिन् । 


उनी कसैको आश्रहमा रहेपनि रेडियो नेपालमा बुढ्यौली आवाजमा लक्ष्मी भुसालले भन्ने यही शब्द अहिले पनि अधिकांश किसान सम्झिरहन्छन् । रेडियो नेपालको कृषि कार्यक्रममा कृषिका समस्यावारे प्रश्न राखेर जेटिएसँग गन्थन गर्ने यी बुढीआमै त्यसबेला बुढिआमै थिइनन् । १५ वर्षको उमेरदेखि बुढीआमैको भूमिका निभाएकी उनी अहिले भने वास्तविक जीवनमै बुढीआमा हुन् । 

 


किशोरावस्थामा बुढीआमैको आवाज निकालेर उनले भनेको हरिशरणम् अभिनय मात्रै थियो । अचेल उनी ६८ वर्ष पार गरेर वास्तवमै बुढीआमै भएकी छिन् र हरि होइन पशुपतिनाथको शरणमा छिन् । अभिनयमा त उनी १५ वर्षदेखि लगातार ५१ वर्ष बुढीआमै बनिन् तर, वास्तविक बुढ्यौलीले छोएपछि उनलाई कसैले शरण दिएको छैन । 


०००


रेडियो नेपालमा साँझ बज्ने कृषि कार्यक्रममा बुढीआमैको भूमिका निभाउने उनै लक्ष्मीलाई भेट्ने कुरा भएपछि उनले पशुपतिनाथको मन्दिर परिसरमा बोलाइन् । भेट्न जाँदा उनले आफ्नो बसोवासवारे जिज्ञासा नराख्ने सर्त बाँधेकी थिइन् । बुढीआमैको अभिनयकालको अनुभव बुझ्न जाँदा उनी पशुपतिनाथ नजिकैको जयवागेश्वरी मन्दिरछेउ आड लागेर पर्खी बसेकी थिइन् । 

 

‘तपाईंको जेटिए र बुढीआमाको गन्थन’को अन्त्यमा बृद्धा आवाजमा उनी भन्थिन्– ‘हरिशरणम्.... !’ 


देख्नासाथ चिनिइन् उनी र नमस्कार गरेँ । रेडियो नेपालबाट देशैभर परिचित आवाजमा उनले बोलाइन् र मन्दिरको बन्द ढोका छेवैमा कुराकानी गर्न थाल्यौं हामी । 
‘कहाँ बस्छेस् घरमा को को छन् नसोध्नु है नानी’ रुन्चे अनुहार भए पनि हाँस्दै भनिन् उनले । तर बोल्दै जादा उनी आफैले खोलिन्, गौशाला नजिकै कसैको सहारामा बसेकी रहिछन् । 

 


रेडियोमा बोलेपछि घरनिकाला
रेडिायो नेपालको कृषि कार्यक्रममा आवद्ध भएपछि त्यसबेलाको पुरातन समाजको प्रभावमा परेर परिवारले उनलाई घर निकाला गरे । त्यसबेला छोरी भएर दुनियाँले सुन्नेगरी रेडियोमा बोल्नु राम्रो मानिंदैनथ्यो । त्यसैले उनलाई ‘नराम्रो काममा लागेकी’ भनियो । ‘आमा बुबा र दाइ सबैले मलाई नराम्रो काममा लागेकी भन्नु भयो’ उनले त्यसबेलाको घटना सुनाइन्, ‘मैले मेरो काम नराम्रो छैन भनेँ तर, उहाँहरुले सुन्नु भएन, अनि म घरबाट निकालिएँ । काठमाडौंमै घर थियो उनको । तर, घरनिकालामा परेपछि डेरामा बसेर कार्यक्रम चलाउन थालिन् । रेडियोमा कार्यक्रम सञ्चालन गर्दा पैसा आउँथ्यो । त्यसपछि उनी लुगा फेरेर लगाउन थालिन् । फेरीफेरी लुगा लगाएको पनि समाजले पचाउँदैनथ्यो । ‘मन लागेका लुगा फेरेर लगाउन समेत समाजको इजाजत चाहिन्थ्यो’ आफूले भोगेको समाजवारे बेलिविस्तार लगाइन् उनले, ‘अहिलेजस्तो हो र ? अहिले त सानो फ्रक र झुत्रा परेको पाइन्ट लगाएर हिडे पनि कसैले केही भन्दैन, पहिले त नयाँ लुगा लगाउँनासाथ कुरा काट्थे ।’ 


लुगा कहाँबाट किनेर लगाएको भन्ने प्रश्नले घोचेर नै हैरान पाथ्र्याे उनलाई । ‘यत्रो लुगा किन्ने पैसा कहाँबाट आयो भनेर हैरान गर्थे’ उनले भनिन्, ‘एक त महिला मान्छे त्यसमाथि घरनिकाला भएपछि मलाई जिउनु नै ठूलो कुरा थियो ।’ 

 

परिवारत्यक्त लक्ष्मीका लागि बिहेवारीका लागि सघाउने कोही थिएन । ‘त्यही संर्घसमा जुझ्दा जुझ्दै मैले त बिवाह पनि गर्न बिर्सिएछु नानी !’


परबाट परित्यक्ता लक्ष्मीले त्यसै कारण बिहे गरिनन् । त्यसबेलाको समाज बिहेवारीका लागि पनि कुल घरानाको ठेगाना पहिले दिनु पथ्र्यो । अहिलेजस्तो बिहे गर्ने केटा र केटीबीच कुरा भएर हुँदैनथ्यो । दुवैतिरका परिवारले सहमति गरेपछि बिहे हुन्थ्यो । तर, परिवारत्यक्त लक्ष्मीका लागि बिहेवारीका लागि सघाउने कोही थिएन । ‘त्यही संर्घसमा जुझ्दा जुझ्दै मैले त बिवाह पनि गर्न बिर्सिएछु नानी !’ उनले आफ्नो जीवनको जटिल मोडबारे सुनाइन्, ‘अहिले सम्झन्छु मलाई घरबाट ननिकालेको भए म अहिले लक्ष्मी भुसाल होइन कसैकी श्रीमती भएर बस्थेँ होला ।’ 

 


आफ्नो संघर्षले नै चिनारी दिन सकेकामा भने उनी सन्तुष्ट रहिछन् ।  ‘न मेरो पहिचान रहन्थ्यो न त आत्मसन्तुष्टि पाउथेँ’ उनले भनिन् । आत्मसन्तुष्टिका लागि उनी अहिले आश्रममै भजनकिर्तन खुव गर्दिरहिछन् ।  गलामा रुद्राक्ष उनेर बनाइको माला र आङमा रंगहीन कपडा उनको देखिने पहिचान हो । बिहे गरी घरजम बाँधिएको भए कस्ती हुँदिहुन् ? मनमा प्रश्न उठ्यो र सोधेँ लक्ष्मीलाई । उनले जवाफ दिइन्– ‘बिहे गरेको भए म कसैकी श्रीमती पक्कै हुन्थेँ, तर, आफ्नै कामले पहिचान भने बनाउन सक्दिनथेँ । कहिलेकाहीँ यसो बाटोमा निस्कन्छु, मेरो अनुहार मान्छेले चिन्छन् नमस्ते गर्छन्, फोटो खिचाउँछन् । यो मेरो कमाइ हो नि !’ सार्बजनिक गाडीमा चढ्दा कतिपय ठाउँमा उनको भाडा नै लिन मान्दा रहेनछन् र कतिपयले घरमै पुर्याइदिन्छु पनि भन्दा रहेछन् । 

 

किशोरावस्थामा बुढीआमैको आवाज निकालेर उनले भनेको हरिशरणम् अभिनय मात्रै थियो । अचेल उनी ६८ वर्ष पार गरेर वास्तवमै बुढीआमै भएकी छिन् र हरि होइन पशुपतिनाथको शरणमा छिन् ।


‘हेर्नुस् नानी मैले बिहे नगरेर श्रीमानको मायाबाट बञ्चित भएँ भन्ने ठान्नु भयो होला । तर, गाडी चढ्दा प्यासेन्जरहरु फोटो खिचाउन आउँछन्, गाडी चालकले भाडा नै लिन्न भन्छन् र घरमै पुर्याइदिन्छु भन्छन्  । यस्तो माया कसैले पाएको छ ?’ यति सुनाउँदै गर्दा उनका आँखा केही रसाए । चस्मा खोलिन् र उनले आँशु पुछिन्, केहीबेर  कुराकानी रोकियो । 

 


‘किन रुनु भएको त फेरि ?’ 
उनले आफूले दुःखका आँशु नझारेको वताइन् । भनिन्– ‘म दुःखले रोएकी होइन नानी ! न म कृषि बढेकी हुँ, न त म किसान नै हुँ । कृषिको क पनि नजानेकी र काठमाडांैमा हुर्किएकी म कार्यक्रम चलाउँदा चलाउँदै कृषि विज्ञजस्तै भएँ । अहिले म सजिलै कृषकका समस्याको समाधान गर्न सक्छु । यही कुरा मेरो सन्तान हो जस्तो लाग्छ र म खुसीले रुन्छु ।’  


केटाकेटीमै जागिर 
उनी सानै उमेरदेखि बोलिरहने स्वभावकी रहिछन् । उनी साथीको जागिरका लागि अन्तरवार्तामा सँगै गएकी रहिछन् कृषि निर्देशनालयमा । उनकाी ती साथी जागिरे भइछन् । अर्काे दिन अन्तरवार्ता दिन आउँदा सँगै आउनेलाई पनि ल्याउनु भनेछन् त्यहाँका कर्मचारीले । अनि उनी त्यहाँ सिधै जागिरे भइन् । 


कृषि निर्देशनालयमा गएर उनले सोधिन्– किन बोलाएको ? कर्मचारीले जवाफ दिए– जागिर दिन । उनी त्यसबेला आफूलाई वच्चै ठान्दिरहिछन् । ‘जागिर दिने भनेपछि केही खानेकुरा दिन लागेछन् भन्ने ठानेँ फुरुङ्ग भएँ, पछि थाहा भयो त्यो जागिर भनेको त पैसा पनि दिने रहेछ । म त खुसीले के भन्नु !’ आफूले जागिर खाएको समय उनले सम्झिइन्, ‘यो २०२३ सालको कुरा थियो ।’  यसरी उनी कृषि निर्देशनालयमा जागिरे भइन् । 

 


अनि रेडियो 
कृषि निर्देशनालयले रेडीयोमा कृषि कार्यक्रम चलाउँथ्यो । कार्यक्रम मार्फत किसानहरुलाई बीऊबिजन, मलखाद, बाली विज्ञान सम्बन्धी चेतना जगाउनु पर्ने थियो । धान मकै तथा तरकारी बाली सम्बन्धी जानकारी दिनेगरी एउटा रेडियो नाटक बनाउने तयारी भयो । त्यसका लागि एउटी बुढीआमैको खोजी भएको थियो । बुढी आमैको आवाज निकाल्न उनी आफैंले सक्छु भनिन् र उनी त्यसैबेलादेखि रेडिायो नेपालकी चर्चित बुढीआमै बनिन् । ‘मैले एउटी किसान बुढी आमाको भुमिका निभाउनु पर्ने भयो, त्यही रोल गर्न थालेँ’ उनले भनिन्, ‘त्यही अभिनयका कारण फिल्म र टेलीसिरियलमा पनि बोलाउन थाले । अनि मेरो अनुहार पनि चिने धेरैले ।’  तर रेडियो नेपाल सुनेर उनलाई चिन्नेहरुका लागि उनको स्वर नै ब्राण्ड बनिसकेको छ । रेडियो नेपालमा बुढीआमैका रुपमा मात्रै उनले ५१ वर्ष विताइन् । 


 

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

सर्वदलीय बैठकमा मधेसी मोर्चा अनुपस्थित

काठमाडौँ, १० फागुन । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा संविधान संशोधन प्रस्तावलाई संसद्मा छलफल गराउने विषयमा सर्वदलीय बैठक अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा जारी छ । 

निर्वाचनमा भाग लिऔँ, आफ्नो हैसियत नापौँ – वरिष्ठ नेता नेपाल

काठमाडौँ, १० फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका  छन् । 
 

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने

काठमाडौँ ,१० फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । 
 

विश्व

पाकिस्तानी अदालतमा आक्रमण, चार जनाको मृत्यु

इश्लामाबाद, १० फागुन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको एक स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । 
 

डोनाल्ड ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त

वासिङटन, १० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन्  । 

९३ वर्ष पुग्दा पनि राष्ट्रपति मुगावे अवकाश लिन अनिच्छुक

हरारे, ८ फागुन– जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, मङ्गलबार ९३ वर्ष पुग्दै छन् र उनले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले शक्ति परित्याग गर्ने योजना नबनाएको बताएका छन् । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top