पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको शनिवार निधन भएको छ । देशप्रेमी प्रधानमन्त्रीका रुपमा विष्टको ख्याती थियो । तत्कालीन राजा महेन्द्रले रुचाएका प्रधानमन्त्रीमा किर्तिनिधि बिष्ट एक नम्बरमा आउँथे  । ०२६ सालमा चीनसँग जोडिएको उत्तरी सीमानाबाट भारतीय चेकपोष्ट हटाएर भारतले नरुचाएका प्रधानमन्त्रीका रुपमा चिनिएका बिष्टलाई नैतिकवान प्रधानमन्त्रीका रुपमा पनि लिइन्छ । उनी प्रधानमन्त्री रहेकै बेला देशको मुख्य प्रशासनकेन्द्र सिंहदरवारमा आगलागी भयो, उनले नैतिकताको कारण देखाउँदै राजीनामा दिए । पूर्वराजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन सञ्चालन गरेका बेला बिष्टलाई आफ्नो मन्त्रिपरिषदको उपाध्यक्ष समेत बनाएका थिए । गतवर्ष पुस ७ गते पूर्वप्रधानमन्त्री बिष्टसँग चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको अन्तिम अन्तरवार्ताः 

तपाईं त थला परेर बस्नु भएको रैछ, देश कतातिर जादैछ ?
मुलुक भनेको भूगोल मात्र हैन, जनतामा आउने भावना पनि मुलुक हो । अहिले देश अति नै दुखेको अबस्थामा छ । स्वार्थी, लुच्चा, र देशको माया नभएका र आफ्नो झिनो स्वार्थमा बिक्नेहरुको चपेटामा देश छ । सत्तामा त्यस्तै स्वार्थी र लुच्चाहरु छन् । जनताको नाम मात्र लिइएको छ जनता भने उपेक्षित छन् । देश अहिलेसम्मकै सबै भन्दा बढी दुरावस्थामा पुगेको छ ।

जनता उपेक्षित छन् भन्नुहुन्छ, अहिले नागरिकको आवाज त सशक्त बन्दै गएको छ नि होइन ? 
जनता रोईकराई गरेर देश देश भनिरहेका छन्, सत्तामा बस्नेले सुनेको नसुन्यै गर्या छ । जनताको मन मनमा यो खड्किरहेको छ कि देशले यस्तो एउटा ब्यक्ति पाओस जो संसारलाई यहिबाट देख्न सकोस् । आफ्नो नेतृत्व आत्मविस्वासी होस्, कर्मठ र धेरै टाढासम्म देख्न सक्ने होस् । नेपालको भविश्य उज्ज्वल बनाओस्, जनतालाई गरेर खाने बाटो फेला परोस् र नेतृत्वले देश हाँकिदेओस् । जनताको आकांक्षा यत्ति हो । जनताको अरु केही स्वार्थ छैन । अहिले देशमाथि हस्तक्षेप गरेर मुलुकको सार्वभौमिकता नै संकटमा पारिएको छ यसबाट बढी चिन्ता देख्छु म हरेक मान्छेहरुमा ।

ल हेर्नुस् त ! देशलाई दुख्दा नाकाबन्दी पनि भन्न नसक्ने ठूलो पार्टी रे हाम्रो । त्यस्तो पार्टी नेपालीको पार्टी हो ? त्यो नाकाबन्दीलाई त म दुब्र्यवहार भन्छु । 

संसदमा सबैभन्दा ठूलो पार्टीको समर्थन भएको सरकार छ, बलियो बहुमतको सरकार छ कसरी हस्तक्षेप होला र विदेशीको ? 
अहिले जसले शासन गरिरहेका छन् यी नेतै होइनन् । यस्तो पनि नेतृत्व हुन्छ ? आफ्नो स्वार्थ भन्दा माथि उठेर देश देख्न सक्ने पो नेता । आफ्नो सानो स्वार्थ पूरा हुन्छ भने देशमाथि विदेशीको जस्तोसुकै हस्तक्षेप र निर्णायकत्व लाद्न तयार हुने पनि कहीँ नेता हो ? यो मैले मात्र भनेको कुरा होइन, जन जनले भनेको कुरा होे । जनताको कुरा सुनेर आत्माआलोचना गरुन्, पश्चाताप गरुन्, म यहि भन्न चाहान्छु । यिनीहरुको प्रयास सफल भयो भने यिनीहरु आफू मात्र होइन, यिनीहरुको पार्टी मात्र पनि होइन, सिंगै देश अरुको हुन्छ । देशमाथि अर्कैले आधिपत्य जमाउँछ । अझै पनि किन चेत नखुलेको ? म आश्चर्यमा परेको छु ।

राजनीतिमा आशा गर्ने ठाउँ केही छैन त ? 
जनताको मनोभावनामा खेलबाड गर्ने कुरालाई कसरी राजनीति भन्ने ? यो सब कुरा मात्रै हो । गणतन्त्रको कुरा गर्छन् । संघीयताको कुरा गर्छन् । केको संघीयता ? केको गणतन्त्र ? यी सबै अर्थ न बर्थका भएका छन् । सिस्टम खै ? राम्रो गर्नेलाई सम्मान र गलत गर्नेलाई दण्ड खै ? देश फुटाउँछु भन्दै हिंड्ने र देशलाई एकतावद्ध गर्न खोज्ने दुबैलाई एउटै माला ? के जनताले यहि अवस्थामा पुर्याउन चुनेका हुन् ?

कुन पार्टीसँग हो तपाईंको ज्यादा गुनासो ? 
कुन पार्टीको नाम लिउँ ? नेता कुन पार्टी भन्ने छैन । जुन पार्टीले गरे पनि जसले राम्रो गर्छ राम्रो भन्छु जसले खराव गर्छ खराव भन्छु । आज चाइनामा हेर्नुस्, त्यो पनि त कम्युनिस्ट देश हो । ल हेर्नुस् त चाइना कहाँबाट कहाँ पुग्यो ? उसले जुन किसिमको सिस्टम डेभलप गर्यो त्यस्ले उसलाई विश्वमै एउटा सशक्त राष्ट्रको रुपमा उभ्याएको छ । यसरी चीन सवल भएर आएको धेरै भएको छैन । यो बेला राजा पृथ्बीनारायण शाह र महेन्द्र भइदिएको भए चीनसँग भारतसँग जस्तै सम्बन्ध राख्नुहुन्थ्यो होला । अहिले चीन विश्वसँग विकासको सहकार्यमा जोडिन आउँदा पनि यी नेताले यसलाई असफल पार्न खोज्नुले यी देशका लागि होइन आफ्नो स्वार्थ पूरा गर्न मात्रै लाग्या छन् भन्ने देखाउँछ ।

प्रजातन्त्र, लोकतन्त्र बोलीमा मात्र भएर हुन्छ कि ब्यवहारमा चाहिन्छ ? आफ्नो बिगतलाई लत्याइएको छ । म त भन्छु यहाँ गणतन्त्र, प्रजातन्त्र केही होइन मनपरीतन्त्र छ । देशको चिन्ता गर्ने नेता त म एकदमै कम देख्छु ।

केपी ओली पनि बिमारी छन् भन्ने सुनेको थिएँ । अहिले त ठीकै रैछन् । कति बाँच्ने हुन्, अलि लामो कालसम्म बाँचुन् । देशको लागि उनले उठाएका मुद्दा पूरा गराउन्जेलसम्म बाँचुन् । नेपाली जनता त्यहि चाहिरहेका छन् । 

विगतलाई लत्याइयो भनेको चाहीँ के हो त ? 
टुक्रा टुक्राको अवस्थामा रहेका राज्यहरुलाई एकीकरण गर्ने र एउटा सिंगो राष्ट्रका रुपमा उभ्याउने पृथ्वीनारायण शाह होइनन् ? उनलाई जति घृणा गर्यो त्यति क्रान्तिकारी हुने, यो आधुनिक युगमा जात जातका कुरा गरेर जति बिभाजन गर्यो त्यति अग्रगामी हुने, क्रान्ति र अग्रगमन भन्ने कुरा जीवनको स्तरबाट नाप्ने होइन ? हिजो पृथ्वीनारायाण शाहको समय र आजको समय फरक छ तर, के त्यसबेला नेपाल एकीकरण गर्नुलाई सामन्ती भन्ने कि हाम्रो गौरवशाली विरासतका रुपमा लिएर अव सबै नेपालीको कसरी प्रगति विकास हुन्छ भनेर त्यो बाटोतिर लाग्ने ? जात जाति उचाल्यो, विदेशीका स्वार्थ पूरा गर्यो, त्यसबाट झिनो लाभ लियो देश बर्बाद पार्यो । अहिलेका क्रान्तिकारी भनिनेहरुले गरेको यत्ति होइन ?

देशमा बसोवास गर्ने विभिन्न जातिहरुले पिछडिएर बस्नु पर्यो भन्ने कुरा पनि त होला नि, होइन र ? 
हिमाल देखि तराईसम्म बस्ने सबै जातिका हामी नेपाली हौं । तर, हामीले पहिले त हामीलाई नेपाली भन्नु पर्यो नि । तर, तिनीहरुलाई जातिहरु बीचको भिन्नताका कुरा लगाएर उचाल्ने ? हिजो सबै जातिको सहयोग थिएन भने राज्य एकीकरण नै हुन सक्दैनथ्यो । पृथ्वीनारायण शाहसँग सबैलाई एकै ठाँउमा राख्न सक्ने कौशल थियो । सबै एकैठाउँ रहनु, देशलाई सबैको साझा फूलबारी बनाउनु लगत थियो भनेर उचाल्न पाइन्छ ? आज नेपाली हौं भनेर गर्व गर्ने उनैले बनाएका होइनन् ? अहिले आफ्नो देशमा चाहिँ विदेशीले के चाहन्छ त्यही अनुसार गर्दै गएर भड्खालामा हाल्ने अनि म देशको नेता हुँ भन्ने ? जनताले नेता मानिदिनु पर्दैन ? हिजो जे भुल गरे पनि अब गलत भयो भनेर सच्चिन सक्ने ठाँउ छ । अझै पनि पृथ्वीनारायण शाहको उपदेश लिएर अघि बढ्न सके देशले निकास पाउँछ । तर सबैलाई एउटा सुत्रमा बाँधेर र जान नमान्नेलाई कठालोमा समातेर ल्याउन सक्ने नेता चाहिन्छ । त्यसो नभए देश बँच्दैन । यसरी गयो भने भारतको थिचोमिचो झन् बढेर जान्छ । अलिकति पछाडि र अलिकति अगाडि पनि देख्न नसक्ने नेता पनि नेता हुन्छ ? पृथ्बी नारायण शाह जस्तो एकतामा उन्ने नेता चाहेको छ देशले ।

म प्रधानमन्त्री हुँदा भारतको नेतृत्व बल्लभ भाइ पटेलसँग थियो, पछि इन्दिरा गन्धी आइन् । भारत नेपाललाई सिक्किम नै बनाउन चाहान्थ्यो, नेपालमा त्यसरी सिधासिधी गाडिन सक्दैनथ्यो । अहिले भारतले त्यो प्रयास गरेको छ । नेपाललाई भारतले निल्नै खोजेको भान हुन्छ । 

विदेशी हस्तक्षेप अहिले मात्रै त होइन नि, पहिले पनि हुन्थ्यो होइन र ? 
पहिले भारत अहिले जस्तो सिधासिधी आउन सक्दैनथ्यो । म प्रधानमन्त्री हुँदा चिनियाँ सिमानामा रहेका भारतीय चेकपोष्ट मिलिटरी मिसन हटाउँदा भारतीय प्रम इन्दिरा गान्धी थिइन् । मैले तिनलाई हटाउन पत्र पठाएँ । उनीहरुले केही नभनी हटाए । त्यसको सट्टामा केही चाहान्थे भने पनि मसँग केही राख्न सकेनन् । किनकि मलाई यो देशको बिरुद्धमा जादैन भन्ने उनीहरुलाई थाहा थियो । उनीहरु कसलाई आफ्नो हित अनुकुल प्रयोग गर्न सकिन्छ भनेर भित्र भित्रै जालो बुन्थे । तर आज त भारत खुलेआम नेपालको मामिलामा हस्तक्षेप गर्न आइरहेको छ । विश्व कहाँ पुगेको छ, मित्रवत ब्यावहार गर्नु पर्ने सट्टा नेपालमा नाकाबन्दी लगायो । भूकम्पले हामीलाई थिचिरहेको बेला पनि नाकाबन्दी गर्न सक्ने कति नाङ्गो हात हाल्यो ? नेता पनि त्यसको खुलेर बिरोध गर्न नसक्ने, कस्तो भयो हाम्रो देश ? ल हेर्नुस् त ! देशलाई दुख्दा नाकाबन्दी पनि भन्न नसक्ने ठूलो पार्टी रे हाम्रो । त्यस्तो पार्टी नेपालीको पार्टी हो ? त्यो नाकाबन्दीलाई त म दुब्र्यवहार भन्छु । भारत यसरी हस्तक्षेपकारी भएर आउनुमा यहाँका नेताको स्वार्थले धेरै काम गरेको छ ।

अहिले त नाकाबन्दी छैन नि, सधैं हस्तक्षेप भन्न मिल्ला र ? 
मौका परे लगाइहाल्छन् । त्यसैले अप्ठ्यारोमा अरुतिर सम्पर्क राख्न नदिने र अघि बढ्न खोजे नाकाबन्दी लगाइहाल्ने भारतीयहरुको ब्यवहार हो । पछिल्लो समयमा त नेपाललाई भारतमै गाभ्ने प्लानको साथ उनीहरु अघि आएका छन् । यहाँ स्वाभीमान नभएका र आफ्नै ढाड नभएका नेताहरुलाई उनीहरुले उपयोग गरेका छन् । म प्रधानमन्त्री हुँदा बल्लभ भाई पटेल थिए भारतको नेतृत्वमा । पछि इन्दिरा गान्धी आइन् । तर त्यो बेला उनीहरु यसरी आउन सक्दैनथे । भारतै हेर्नुस न, कतिवटा थिए पहिला । पछि आएर एउटा सिंगो भारत बनेको हो । आज भन्दा पैतालिस बर्ष अघि सिक्किम पनि लियो । भारत नेपाललाई सिक्किम नै बनाउन चाहान्थ्यो । तर नेपालमा त्यसरी सिधासिधी गाडिन सक्दैनथ्यो । अहिले त्यो प्रयास गरेको छ नेपाललाई भारतले निल्नै खोजेको भान हुन्छ ।

पछिल्लो समयमा केपी ओलीले जे गरे नि ! त्यो देशको दीर्घकालीन हितसँग जोडिएको काम गरे । उनले भारतले नाकाबन्दी लगाएर देशलाई कज्याउन लागेका बेला चीनतिर बाटो खोल्ने जे काम गरे, उनले  देशलाई सयौं गुणा अघि लगाए ।

हाम्रो निर्भरताले पनि यस्तो भएको हो कि ? 
साँच्चै भन्ने हो भने नेपाल त तेलसेलमा भारतसँग निर्भर होला । त्यो तेल पनि भारतको होइन । हाम्रो निर्भरता भनेको समुद्रसम्म पुग्ने भारतको बाटो मात्रै हो । यो बुझ्नुस् भारत हामीलाई अर्काे छिमेकी देशसँग बाटो बनाएर जोडिएको हेर्न चाहंदैन । तर भारत त नेपालको पानीमै निर्भर छ । जुन हामीले नदिने हो भने उ प्याक प्याक भएर मर्छ । भारतलाई हराभरा बनाउने यहाँका नदिनाला होइनन् ? त्यसैले मैले भन्ने गरेको छु नेपाल भारतसँग हैन भारत नेपालसँग धेरै कुरामा निर्भर छ । भारतले नेपाललाई रिझाएर दुबैलाई राम्रो हुने गरी पानी उपयोग गर्ने कि नेपाललाई चिढ्याउने थिचोमिचो गर्ने र सधैं चंगुलमा राख्न खोज्ने ? नेपाललाई मात्र हैन, भारतलाई पनि नेपाल चाहिएको छ । तर यहाँ त नेताहरु यसरी भारत पस्छन् कि मानौ हामी मात्र भारतको आडमा बाँचेका छौं । साँच्चै भन्दा नेपालको अवस्थाको राम्रो बिश्लेषण गर्न सक्ने नेतासम्म भएनन् नेपालमा । तर जनता चाहिँ एक जना रहुन्जेल सम्म पनि लड्ने खालका छन् ।

भारतको यस्तो हस्तक्षेप हुँदा पनि चीनसँग हिजैदेखि किन भारतसँग जस्तै सम्बन्ध नभएको ? 
पहिलो त हामी धेरैतिरबाट भारतले छेकिएका छौं । दोस्रो भारततिर समथर जमिन भएकोले र बसोबास बाक्लो हुनु आदि कारणले भारतसँग नजिक हुनु स्वाभाबिक थियो । तर पछिल्लो समयमा चीनतिर नेपाललाई जान नदिने स्वार्थमा नेपालका नेता भन्नेले काम गरे । यसैले चीनसँगको सम्बन्ध बढ्न नसकेको हो ।

पृथ्वीनारायण शाह थिए, त्यसपछि महेन्द्रले देशको लागि आफ्नो सत्ता नभनी लागे र अहिले केपी ओली शताब्दीयौंपछि आएका छन्, जसले झर्दै गरेको देशलाई बँचाए ।

तपाईंले भनेजस्तो अव देशलाई डोर्याउने कोही देख्नुहुन्छ कि, कोही पनि नेता छैनन् ?  
नेता भए पनि नेपालको हितमा चल्ने नेतालाई यहाँ गर्न दिंदैनन् । भारतले चलाएका नेताहरुले छिर्के हानीहाल्छन् । पछिल्लो समयमा केपी ओलीले जे गरे नि ! त्यो देशका लागि अति नै दीर्घकालीन हितसँग जोडिएको काम गरे । उनले भारतले नाकाबन्दी लगाएर देशलाई कज्याउन लागेका बेला चीनतिर बाटो खोल्ने जे काम गरे, त्यसले देशलाई सयौं गुणा अघि लगाए । चाइनाको लागि पनि नेपाल स्टाटेजिकल्ली महत्वपूर्ण छ भन्ने कुरा  केपी ओलीले देख्न सके । यसले लामो समयको अन्तरालमा ओली दूरदर्शी चिन्तन भएको नेता भन्ने प्रष्ट गर्छ । अब भारतले जति नै प्रयास गरे पनि नेपालको नक्सा बदल्न सक्दैन । यो कुरामा ढुक्क भैयो । यो श्रेय सबै ओलीलाई जान्छ ।

चीनले चाहीँ नेपालमाथि हस्तक्षेप गर्दैन ? 
चीनको त्यो चरित्र नै होइन । उसले आफूसँग जो सहकार्यमा छ उसको विकास उन्नती र स्थिरता होस् भन्ने चाहन्छ । किनभने उसलाई त छिमेकी देश स्थिर भयो भने फाइदा छ । महाशक्ति बन्दै गरेको देश आफ्नो छिमेकीमा अरुले अस्थिरता मच्चायो भने त्यसको प्रभाव आफ्नोमा पर्छ भन्ने चीनले बुझेको छ । चीनले एउटा भुल गरेको छ, नेपालको लिपुलेललाई केन्द्र बनाएर भारतसँग ब्यापार गर्ने भन्ने जुन निर्णय गरेको छ त्यो घोर निन्दनीय छ ।

हाम्रा नेता गतिला नभएर हामी भूराजनीतिको चपेटामा परेका हौं । तर, आज दशकौंपछि नेपाललाई नेतृत्व दिनसक्ने नेता केपी ओली निस्किए । मलाई यो चाहीँ खुसी लागेको छ, अहिले उनी मात्र छन् भर पर्न सकिने । पृथ्वीनारायण शाह थिए, त्यसपछि महेन्द्रले देशको लागि आफ्नो सत्ता नभनी लागे र अहिले केपी ओली शताब्दीयौंपछि आएका छन्, जसले झर्दै गरेको देशलाई बचाए ।

जव अन्यायले समाजलाई गाँज्छ तव यस्ता नेता निस्कन्छन् भन्ने महाभारतमा पढेको थिएँ । के भन्छ नि– ‘यदा यदा हि धर्मस्य, ग्लानिर्भवति भारत, अभ्युत्थानम अधर्मस्य तदात्मानं सृजाम्यहम् । परित्राणाय साधुनां, विनाशाय च दुश्कृताम् । धर्म संस्थापनार्थाय सम्भवनामी युगे युगे ।’  यस्तो पढेका थियौ अहिले त्यहि पात्रको रुपमा ओली हाम्रा सामु आइपुगेका छन् कि जस्तो लाग्छ । हिजो जे भुल गरेको भए पनि अहिले ओली नेपाली जनताको आशाको केन्द्र भएर आएका छन् ।

लामो समयको अन्तरालमा ओली दूरदर्शी चिन्तन भएको नेता भन्ने प्रष्ट गर्छ । अब भारतले जति नै प्रयास गरे पनि नेपालको नक्सा बदल्न सक्दैन । यो कुरामा ढुक्क भैयो । यो श्रेय सबै ओलीलाई जान्छ ।

तर, ओलीको अडानलाई लिएर त्यसलाई अतिवादको रुपमा ब्याख्या गर्ने पनि छन् नि ? 
जसले बिखण्डन चाहन्छ, त्यसका लागि ओली दुश्मनै होलान्, म मान्छु । तर, देशको स्वाधीनता र सार्वभौमिकतामाथि यस्तो बादल लागेका बेला यति खुट्टा टेकेर उभिन सक्नेलाई अतिवादी देख्छ भने उसले आँखा खोलेको छैन । राष्ट्र बचाउनु पर्छ, राष्ट्रको अखण्डता कायम गर्नु पर्छ भन्ने कुरा अतिवाद लाग्ने मान्छेले नेपाली भएर बोलेको छैन, त्यसलाई अर्कैले सिकाएको कुरा बोलेको छ ।  ओलीले जुन किसिमको अडान लिएका छन्, त्यो कुरा अंध्यारोमा लपेटिएको हाम्रो देशमा एउटा लाइट हो । तर त्यो सधै कायम भैरहोस् ।

तपाईं त ज्यादै प्रभावित हुनुहुँदो रैछ ओलीसँग, पुरानो चिनजान हो र ? 
केपी ओलीसँग मेरो आमनेसामने भेट कहिल्यै भएको थिएन । अस्ती म विरामी परेको सुनेर भेट्न आएका रैछन्, त्यही हो मेरो पहिलो भेट । उनी पनि बिमारी छन् भन्ने सुनेको थिएँ । अहिले त ठीकै रैछन् । कति बाँच्ने हुन्, उनी लामै बाँचुन् । अलि लामो कालसम्म बाँचुन् । देशको लागि उनले उठाएका मुद्दा पूरा गराउन्जेलसम्म बाँचुन् नेपाली जनता त्यहि चाहिरहेका छन् ।

.बिहिबार, पुस ७, २०७३ मा प्रकाशित