काठमाडौं, १ मंसिर–चलचित्र ‘ए मेरो हजुर ४’ मा सुहाना थापा र अनमोल केसीको जोडी नै दोहोरिने भएको छ । फिल्ममा अनमोलले शीर्ष भूमिका निभाउने गरि शनिवार सम्झौता भएको छ ।

‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानाको जोडीलाई दर्शकले औधी रुचाएका थिए । यो जोडीलाई झरनाले ‘ए मेरो हजुर ४’ मा पनि दोहोर्‍याउन लागेकी हुन् ।

फिल्मलाई सुनील कुमार थापाले निर्माण गर्नेछन् भने झरना थापाले निर्देशन गर्नेछिन् । चलचित्रको छायांकन माघ २० गतेबाट शुरु हुने बताइएको छ ।