नयाँ दिल्ली, १७ साउन - बलिउड अभिनेता सुशान्तसिंह राजपुत केशमा हरेक दिन नयाँ मोडहरु आइरहेका छन् । पुलिसको जाँचबुझदेखि सोसल मिडियामा बलिउड सेलिबे्रटी र उनका नजिकका व्यक्तिहरुसंग बयान चलिरहेको छ ।

 उनको मृत्युपश्चात् धेरै कलाकारहरुको एकअर्कालाई आरोप लगाउने क्रम पनि जारी छ ।  यो केशमा अभिनेत्री कंगना रनौत र अरुले फिल्म निर्माता महेश भट्टको नामलाई पनि अघि सारेर आरोप लगाएका छन् । यसैबीच सुशान्तकी को स्टार र गलफे्रन्ड समेत रहेकी अंकिता लोखंडे ले महेश भट्टका बारेमा खुलाशा गरेकी छन् ।

अंकिता लोखंडेले भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा आफुहरु संगै हुँदा सुशान्तको महेश भट्टसंग कुनैपनि किसीमको सम्बन्ध नरहेको र उनीहरुको संम्बन्धबारे आफु खासै जानकार नरहेको बताएकी छिन् ।

रिया चक्रवर्ती, जो सुशान्तकी गलफे्रन्ड थिइन उनको विरुद्ध सुशान्तका पिताले केश फाइल गराएका छन् । अंकीताले रियालाई कतैबाट पनि नजानेका कारण उनको बारेमा केही भन्न नसक्ने बताएकी छन् ।

अन्तर्वार्तामा अंकिताले सुशान्तका व्यवहारका बारेमा बोल्दै भनिन् ऊ एउटा लगनशिल व्यक्ति थियो र सोचेका कुरा पुरा गरेर छाड्ने किसिमको थियो त्यत्रो समय संगै बस्दा मैले कहिलेपनि ऊ कमजोर भएको देखिनँ । चाहे आर्थिक होस या मानसिक ऊ कुनैपनि हिसाबमा कमजोर नहुने व्यक्ति थियो ।

उनले सुशान्तले डिपे्रशनका कारण आत्महत्या गरेको भन्ने कुरा सरासर झुट हुनेमा आफु निर्धक्क भएको बताएकी छिन् । साथै सत्यता नजानी सुशान्तलाई चिन्तित् र कमजोर व्यक्तिका रुपमा नहेरिदिन आग्रह पनि गरेकी छन् ।