मानिस जतिखेर जुनसुकै समयमा पनि बिरामी पर्न सक्छ । अझ व्यस्त जीवनशैलीसँगै तयारी खानेकुराको प्रयोगले पछिल्ला समयमा एपेन्डीक्सका बिरामी बढ्दै गएका छन् । शरीरलाई आवश्यक पर्ने सन्तुलित आहारको कमीले महिनौदिनसम्म बिरामीले अस्पतालको बेडमा बिताउनुपरेको छ । एपेन्डीक्स लाग्न नदिने उपायका बारेमा जानकारी नहुँदा वा त्यसका लागि ध्यान नदिंदा समय, पैसा र इनर्जी त्यतिकै खेर गइरहेको छ । आखिर के कारणले हुन्छ एपेन्डीक्स ? कसरी बच्न सकिन्छ ?  यिनै बिषयमा चक्रपथ डटकमकर्मी कविता अधिकारीले काठमाडौं मोडल अस्पतालका बरिष्ठ बालसर्जन मनोजकृष्ण श्रेष्ठसँग गरिएको संवाद :  

एपेन्डीक्स के हो, कसरी हुन्छ ?
एपेन्डीक्स भनेको हाम्रो शरीरको पेटभित्र भएको सानो आन्द्रा सकेर ठुलो आन्द्रा सुरु हुने ठाउँमा एउटा सानो औंला जस्तो भनौ वा जुका जस्तो सानो आन्द्राको टुक्रा हो । यस्लाई हामी भेस्टिजियल अर्गन भन्छौ । भेस्टिजियल अर्गन भनेको लोप हुन लागेको अंग हो । यसको हाम्रो मानव शरीरमा खासै काम छैन । घाँस खाने जनावरहरुमा यसको काम हुन्छ भन्छन् । तर मानव जीवनमा यो अंगको त्यति ठुलो काम छैन । लोप हुन लागेको अंगको रुपमा यसलाई लिइएको छ । यो आन्द्राकै एउटा भाग हो । आन्द्रामा जसरी भित्र प्वाल हुन्छ (त्यसलाई हामी ल्युमेन भन्छौ), त्यसबाट खानेकुरा जाने बाटो हुन्छ । जुन बच्चाहरुले या बच्चामा मात्र नभइ यो एपेन्डीसाइडटीस भनेको एपेन्डीक्सको इन्फेक्सन भएको अवस्थालाई बुझिन्छ । 

अव इन्फेक्सन कसरी हुन्छ भन्दा जुन बच्चा वा मानिस रेसायुक्त खानेकुरा खादैन या पानी कम खान्छन त्यस्तो मानिसको दिशा गोटा पर्छ र आन्द्रा साफ नभईकन दिसाको टुक्राहरु आन्द्रामा जमिरहन्छ । त्यस्तो भएपछि कुनै एक समयमा दिसाको कुनै टुक्रा एपेन्डीक्सको मुखमा गएर बन्द गरिदिन्छ । त्यो नलि बन्द गरिसकेपछि जसरी हाम्रो मुखबाट ¥याल आउँछ नाकबाट सिगान आउँछ । यिनीहरु भनेको मुखको सिकिसन हो । यो मुखलाई चिप्लो बनाउन निस्किएको हो, त्यो स्वभाविक रुपमा निस्कनुपर्ने हो । त्यस्तै एपेन्डीक्समा पनि त्यो आन्द्राबाट चिप्लो निस्किन्छ । चिप्लो पदार्थ निस्केर आन्द्राकै माध्यमबाट मल भएर बाहिर आउनपर्ने कुरा आउन नपाएपछि भित्र जम्छ । अनि जहाँ जम्छ, त्यहाँ इन्फेक्सन हुन्छ । जस्तो तपाइहरुले देख्नुभएको होला बगिरहेको खोलामा कहिल्यै किरा लाग्दैन तर खोला जम्यो भने ढल जम्यो भने किरा पर्छ । 

त्यस्तै हो, हाम्रो शरीरमा पनि एपेन्डीक्समा त्यस किसिमबाट त्यो प्वाल कुनैपनि कारणले बन्द भयो भने इन्फेक्सन हुन्छ । अव प्वाल बन्द हुने प्रमुख  कारण भनेको दिशाको टुक्रा नै हो किनभने आन्द्रामा त दिशा नै हुन्छ । दोस्रो भनेको जुकाको कारणलेपनि बन्द हुन्छ । तर आजकल जुकाको कारणले त्यति धेरै देखिदैन, हामीले जुकाको लागि  औषधी ख्वाईरहेका हुन्छौ । जुका आजकल कम देखिएको छ । तर अहिलेको फाष्ट फुडको जमाना वा व्यस्त जमाना आमा बाबुपनि व्यस्त । धेरै जस्तो तयारी खानेकुराहरु जंक फुडको प्रयोग बढि गर्नेलाई यस्तो समस्या आउछ ।

एपेन्डीक्सको लक्ष्यणहरु के के हुन् ? 
एपेन्डीक्सको लक्षण भनेको पेट दुख्नु हो । यसको पेट दुखाई राम्ररी बिचार गर्ने हो भने ठम्याउन सकिन्छ । यसको दुखाई  अचानक शुरु हुन्छ र दुखाई पनि अत्यन्तै धेरै हुन्छ । यसको दुखाई नाइटोको वरिपरि वा पेटको सबैभागमा दुख्या जस्तो पहिला फिल हुन्छ तर पछि त्यो दुखाई दायाँ तिर तल्लो पेटमा गएर लोकलाईज भन्छौ । हामी त्यो ठाउँमा गएर दुखाई बढि भएको फिल हुन्छ । शुरुमा चाहि दुखाइ एकछिन दुख्ने बिस्तारै कम भएर जाने हुन्छ फेरी दुख्ने फेरी कम भएर जाने हुन्छ पछि चाहि त्यो दुखाइ एकनासले दुखिरहने तल्लो पेटमा दुख्ने हुन्छ । सहनै नसक्ने गरि दुख्छ कतिले सहन सक्छ कतिलाई गाहो पनि भएको हुन्छ । 

हाम्रो अध्ययनले के भन्छ भने एपेन्डीक्स भनेको लाइफ टाइम रिक्स हो । एकजना मानिस जन्मेपछि नमरुन्जेलसम्म एपेन्डीक्सको शिकार हुन सक्छ । यसको सम्भावना ७.८ प्रतिशत केटा मानिसमा र ६.८ प्रतिशत केटीहरुमा हुन्छ । तर जे भएपनि सानोदेखी ठुलोसम्म जुन उमेरमा पनि एपेन्डीक्स हुन सक्छ । विशेष गरि अलि बढि भनेको ८ देखी १० र १८ देखी ३० बर्ष उमेर समुहकोमा एपेन्डीक्सको खतरा बढि देखिएको छ ।

यसको दुखाइ बढि नै हुन्छ । त्यसैले पेटको दुखाई पहिला चारै तिर दुखेर पछि दाँया साइडको तल्लो  भागमा दुख्यो भने त्यो दुखाइ एपेन्डीको दुखाइ हुन सक्छ । दोस्रो भनेको एपेन्डीकस हुदा खेरी वाकवाक लाग्ने खानमन नलाग्ने र वान्ता हुने पनि गर्छ त्यो धेरैमा छ । दुखाई त सबैमा हुने नै भयो अनि वाक वाक लाग्ने खाना मन नलाग्ने दुखाइ हुने नब्बे प्रतिशत जतिमा हुन्छ । 

त्यसबाहेक ज्वरो आउने पिसाव  पोल्ने पिसाव गर्दा दुख्ने दिसा पातलो हुने पनि एपेन्डीक्सको कारणले हुने गर्छ । तर जे भएपनि दुखाई र खाना मन नहुने वाकवाकी लाग्ने र वान्ता हुने ज्वरो आउने भित्र पाक्न शुरु हुने बितिकै ज्वरो पनि आउछ । त्यसले यसको औषधी उपचार गरिहाल्नुपर्ने हुन्छ । औषधी नगरिकन घरमै बसेर आफै ठिक हुन्छ भनेर सोच्नु बुद्धिमानी हैन । पेट दुख्यो भनेर क्लिनकबाट पेनकिलर खायो भने उपचार गर्न ढिलो हुन्छ । 

एपेन्डीक्स हुने मुख्य कारण जंक फुड नै हो ?
इन्डाइरेक्टली त्यही हो । हामी डाइरेक्ट त भन्न सक्दैनौ तर इन्डाइरेक्ट कारण त त्यही नै हो किन भने जंकफुड खाएपछि अरु खानेकुरा खान रुची हुदैन, त्यसले पेट भरेको वा अमन भएको जस्तो हुन्छ । त्यसमा फाइवरहरु केही पनि नहुने भएकाले दिसा लेसिलो बनाउछ । आन्द्रामा दिसा टाँसिरहने वा जमिरहने बनाउँछ, जसले गर्दा दिसा कब्जीयत हुन्छ । अनि दिसा कब्जीयत भयो, आन्द्रामा दिशा जम्न थाल्यो भने त्यसले एपेन्डीक्स गराउन  कतिपनि समय लाग्दैन । कुनै पनि बेला एपेन्डीक्स हुन सक्छ । पहिला पहिला एपेन्डीसाइटिस भनेको युरोप अमेरिकामा मात्र हुने रोग भनिन्थ्यो । तर अहिले नेपालमा पनि यो रोग प्रशस्तै देखिएको छ । हाम्रो अध्ययनले के भन्छ भने एपेन्डीक्स भनेको लाइफ टाइम रिक्स हो । एकजना मानिस जन्मेपछि नमरुन्जेलसम्म एपेन्डीक्सको शिकार हुन सक्छ । यसको सम्भावना ७.८ प्रतिशत केटा मानिसमा र ६.८ प्रतिशत केटीहरुमा हुन्छ । तर जे भएपनि सानोदेखी ठुलोसम्म जुन उमेरमा पनि एपेन्डीक्स हुन सक्छ । विशेष गरि अलि बढि भनेको ८ देखी १० र १८ देखी ३० बर्ष उमेर समुहकोमा एपेन्डीक्सको खतरा बढि देखिएको छ । म बच्चाको मात्रै एपेन्डीक्सको उपचार गर्ने डाक्टर भएकाले हरेक महिनामा कम्तीमा ४ जना बच्चा एपेन्डीक्स भएर आईरहेका छन । 

एपेन्डीक्स कति किसिमको हुन्छन् ?
एपेन्डीक्स कति किसिमको हुन्छ भन्नुभन्दा पनि एपेन्डीक्स कहाँ कहाँ बस्छ भन्ने हो । यसको पोजिसनको कुरा आउछ । एपेन्डीक्सको पोजिसन चाहि पाँच किसिमको पोजिसनमा हुन्छ । हाम्रो दायाँ साइडमा हुन्छ त्यो औलाको सेपमा हुन्छ । त्यो कहिले यता कहिले उता उसको बेस हुन्छ । त्यो फिक्स पोजिसनमा हुन्छ तर त्यो टुप्पो चाहि विभिन्न पाँच पोजिसनमा बस्न सक्छ । सबैभन्दा कमन भनेको रेक्सोसिकल भन्छौ । त्यो ठुलो आन्द्राको शुरुको भागको पछाडितिर बसेको हुन्छ । दोस्रो भनेको दायाँ तिर बसेको हुन्छ त्यसलाई प्यारासिकल भन्छ । तेस्रो प्रिआइयल भनेको सानो आन्द्राको अन्तिम भागको अगाडि पटि हुन्छ । अर्को सानो आन्द्राको पछाडि पटिपनि हुन्छ । पाँचौ भनेको पेल्लीक भन्नाले तलतिर पिसावको थैलीतिर गएर बसेको हुन्छ । 

तर एपेन्डीसाइटिस चाही दुइ किसिमको हुन्छ एउटा सिम्पल वा अनकम्पलिकेटेड अर्को कम्लिकेटेड । सिम्पल भनेको सामान्य उपचारबाट निको गराउने भइहाल्यो अर्को कम्प्लीकेटेड एपेन्डीसाइड भनेको एपेन्डीक्स भएर यसबाट अरु जटिलता हुनु हो । नजिकैको आन्द्रामा टाँसिएर एउटा ढिक्का बनाउने लम्प अब त्यो भित्र एपेन्डीक्स चाहि पाक्ने पिप बन्ने एपेन्डीक्स एप्सेस भन्छौं । त्यसलाई अझ जटिल भन्छ । त्यस्तै गरेर अर्को भनेको पर्फेरेट भन्र्छाै जुन ठाउँमा दिसाको टुक्रा अडकेको हुन्छ त्यो ठाउँमा रक्त रञ्चार हुन नसकेर त्यो भागको भित्ता फुटेर त्यहाँबाट फोहोरहरु निश्किएर फैलिने हुन्छ त्यस्तोलाई चाहि हामी पर्फेरेटेट एपेन्डीक्स भन्छौ त्यो हुँदा चाही पुरा पेटभरी नै दिशा फैलिन्छ त्यो भनेको सबैभन्दा डरलाग्दो अवस्था हो ।

त्यस्तो बेलमा इन्फेक्क्सन सबैतिर छरिएर शरीरभरि हुन्छ । इन्फेक्सन छरिएर कहिले काही बिरामीको मृत्यु समेत पनि हुन्छ । भनेपछि कम्पीलिकेटेड भइसकेपछि जटिलता  भइसकेको अवस्थामा त अपरेसनको बिकल्प नै छैन । हामीले अपरेसन गर्न नै पर्ने हुन्छ तर सिम्पल एपेन्डीक्स जटिलता नभएको अवस्थामा चाहि हामीले औ्षधीले इन्फेक्सनलाई कन्ट्रोल गर्न सकिन्छ तर त्यसबाट चाहि राम्रो नै हुन्छ भन्न सकिन्दैन । किनभने एउटा त हामीले उपचार गर्दा गदै औषधी दिँदा दिदै पनि इन्फेक्सन कन्ट्रोल नहुन सक्छ जटिलतातिर जान सक्छ त्यो भईहाल्यो । अर्को भनेको हामीले उपचार गरेर ठिकै भएर एपेन्डीक्स जहाँको त्यही रहेको हुनाले फेरी दोहोरिने सम्भावना बढि हुन्छ । त्यसैले हामीले सानो उमेरमा चाहि एपेन्डीकस भएको बेलामा अपरेसन गरिदियो भने सबैभन्दा राम्रो भन्छौ किनभने पछि दोहोरिने सम्भावना भएन । 

भनेपछि एकपटक एपेन्डीक्स भइसकेपछि पुन दोहोरिने सम्भावना हुँदैन ?
हुँदैन, किनभने त्यो भाग नै निस्किसकेपछि त्यहाँ फेरि इन्फेक्सन हुने भन्ने त सम्भावना रहदैन तर पेटको दुखाइ भने अरु कारणले पनि हुन सक्छ । जस्तै पत्थरी, किड्नी पित्तथैलीको नलिमा पत्थरी भएर पनि पेट दुख्छ कतिको दिशा जाम भएर पनि पेट दुख्छ । जुकाको कारणले पेट दुख्न सक्छ । खाएको खाना अपच भएमा पनि दुखाइ हुन सक्छ । अरु धेरै कारणहरु छन पेट दुख्नुको तर ती मध्ये सबैभन्दा कमन कारण भनेको चाहि एपेन्डीक्स हो । एपेन्डीक्स चाहि एकपटक अपरेशन गरेर निकालिसकेपछि यस कारणले चाहि पुन पेट दुख्ने चाहि हुदैन ।

एपेन्डीक्सको औषधी २४ घण्टाभित्रै गर्नुपर्छ नत्र बिरामीको मृत्युपनि हुन्छ भन्छन नी, के यो सत्य हो ?
यो चाहि एउटा अफवाह हो । २४ घण्टाभित्रै उपचार गर्नपर्छ भन्ने छ । सबैतिर त्यस्तो भन्ने चलन छ तर त्यस्तो होइन । उपचार भनेको जतिसक्दो छिटो गरेको राम्रो किनभने शुरुको अवस्थामा उपचार हुँदा कन्ट्रोल गर्न सकिन्छ र अपरेशन नै गर्न प¥यो भने अपरेशनमा सहज हुन्छ जति ढिलो भयो त्यति नै जटिलता बढदै जान्छ । त्यसले गर्दा त्यो फुटने पाक्ने जेलिएर बस्ने डर हुन्छ जसले गर्दा उपचारमा कठिनाइ हुन्छ । हो एउटा कुरा के हो भने फुटेपछि चाहि हामी मोरबिबिलिटि र मोरटालीटि भन्छौ जस्लाई एपेन्डीक्स भएको छ र त्यो फुटिसकेको छ भने उसलाई चाहि दुख बढि हुन्छ किनभन्ने त्यो एपेन्डीक्समा मात्रै सिमित नभएर पुरा शरीरभरि छरिसकेको हुनाले पेटभित्र मात्र हैन छरिएर रगतको माध्यमबाट र्ने किटाणुहरु छरिने भएकोले कहिले काहि दुखाइ अरु समस्या बढि त हुन्छ नै कहिले काहि ज्यान र्नै जोखिममा पर्न पनि सक्छ । 

एपेन्डीक्स कै कारणले ज्यान गुमाउने हरुपनि छन ?
पहिला थियो, मैले आजभन्दा ११ बर्षअगाडि बुटवलमा कामगर्दा एउटा बच्चा एपेन्डीक्स भएपनि ढिलो आएर फुटेर पेटमा आन्द्राहरु सबै जेलिएर पेरिटोनाइटिस भएर धेरै अरु सिस्टममा पनि रक्त प्रणाली किडनी स्वास्स प्रणालीमा असर गरिसकेको अवस्थामा एउटा बच्चा आएको थियो । त्यसबेला त्यो बचाउन सकिएन । त्यसैले मुख्य  कुरा भनेकै चेतना वा सबै पेटको दुखाइ सामान्य हो भन्ने कुरा लिन हुदैन अलिकता सचेत हुन प¥यो । पेट दुख्यो भने एपेन्डीप्क्स हुन सक्छ । यसको उपचार छिटो गर्नुपर्छ । उपचार छिटो गर्दा राम्रोे उपचार हुन्छ, ढिलो हुँदा समस्या हुन्छ । औषधी छिटो गर्दा नियन्त्रण हुन्छ । एपेन्डीक्स हुँदा घरेलु उपचार गरेर बस्न थाल्यो भने यो झन बढ्दै जान्छ यसलाई घरेलु औषधीले ठिक हुन्छ भनेर बस्नु हुदैन ।

एपेन्डीक्स हुन नदिन के गर्ने कसरी सुरक्षित हुन सकिन्छ ? 
एपेन्डीक्स मात्रै होइन हामी धेरै रोगबाट सुरक्षित हुन सक्छौ ८५ प्रतिशत रोगबाट मुक्ति लिने हो भने खानपिनमा विशेष ध्यान दिनुपर्छ । खाना र पानीबाट नै हामीलाइ लाग्ने धेरे रोगहरु लाग्छ । त्यसमा पनि हामीले खाने खानेकुरामा पानी र रेशा । रेशा भनेको हरियो सागसब्जिमा पाइन्छ त्यो प्रशस्त खाने र पानी प्रसस्त पिउने हो भने दिशा र पिसावको रोगबाट हामी पुरा जोगिन सक्छौ । अनि बच्चाहरुलाई विशेष गरेर जंक फुड खान भएन । पहिलो कुरा पानी र सागसब्जी प्रशस्त खान प¥यो । दोस्रो कुरा जंकफुड एभोइड गर्न प¥यो । आजकल त कस्तो छ । आमावुवालाई पनि १५÷२० रुपैया दियो बच्चाले झिलिमिल कागज भित्रको खोल्यो खायो त्यसले आमा पनि खुसी बच्चा पनि खुसी तर त्यसले के असर गरिरहेको छ भन्ने कुरामा चाहि हामीले ख्याल गरेको हुदैनौ त्यसले गर्दा समस्या आउछ । जंकफुड चटपट स्वादको लागि हो तर जंक फुड खाने बानीले दिनदिनै चिजबल कुरकुरे चाउचाउ आलुचिप्स खाने राम्रो हैन । खानामा पानी सागको मात्रा कम हुन्छ । दिनदिनै दिशापिसाव गदैन त्यस्तो व्यक्तिलाई यो समस्या देखिन सक्छ ।

एपेन्डीक्स नहोस भन्नका लागि कस्तो कस्तो खानेकुरा खाने ?
एपेन्डीक्स नहोस भन्नका लागि फाइवर युक्त खानेकुरा खाने फाइवर मासुमा पनि हुन्छ । मासुमा हुने फाइवर र प्लान्टमा हुने फाइवर फरक हुन्छ । किन त भन्दा एनिमल फाइवरहरुलाई हाम्रो शरीरमा भएको पाचन गराउने तत्व डाइजेस्टिक सिस्टमहरुले पचाउन सक्छ त्यो फाइवरहरु सबै टुक्रिएर हाम्रो पौष्टिक तत्वको रुपमा त्यसलाई हाम्रो शरीरले डाइजेष्ट गरेर शोषण गरेर लिन्छ तर प्लान्ट फाइवरमा चाहि हाम्रो पाचन गर्ने तत्वहरुमा चाहि पचाउन सक्दैन । पचाउन नसक्ने भएको कारणले गर्दा त्यो फाइवर चाहि आन्द्रामा जस्ताको त्यस्तै रहन्छ त्यसले दुइवटा काम गर्छ एउटा काम के भन्दा त पानी शोषण गरेर लिन्छ । दोस्रोकुरा त्यो टुक्रा टुक्रा गरेर थोरथोरै भएको दिशाको कर्ण हुन्छ नि त्यसले जेलिएर लामो दिशा गराउछ । 

त्यसैले जो व्यक्तिले धेरै साग खानुभएको छ भने भोलिपल्ट दिशा गर्दा खेरी दिशा लामो नरम सफा हुन्छ तर फाइवर कम खानुभएको छ भने टुक्रा टुक्रा गोटा गोटा दिशा निश्कन्छ । एक टुक्रा निश्कन्छ फेरी बल गरयो अर्को टुक्रा निश्कन्छ । त्यो चाहि फाइवरको कमि हो त्यसैले फाइवर खायो भने फाइवरले दुइवटा कामगर्ने भयो दिशालाइ नरम पनी बनाउने भयो टुक्रा टुक्रा दिशाहरुलाई एकै ठाउमा समेटेर एउटा लामो दिशाको रुपमा निकाल्न सजिलो हुन्छ । त्यसले सागसब्जी र पानी प्रशस्तै खानेगर्नुपर्छ । प्रोटिनपाईने मासु, अण्डा, गेडागुडी, प्रशस्त खानुपर्छ । फेरि त्यो खायो भन्दैमा साग छोडन मिल्दैन पानी छोडन मिल्दैन । व्यालेन्स डाइटको ६ वटा कम्पोनेन्ट मध्ये कार्वोहाइटेड, प्रोट्रिन, फ्याट, भिजामिन,मिनिरलस, पानीसँगै फाइवर मिसाएर हामीले खाने प्रत्येक छाकमा खानेकुरा खानेगरेमा धेरै रोग लाग्नबाट बच्न सकिन्छ ।

विदेशमा एपेन्डीकस जन्मने बित्तिकै फाल्छन रे भन्ने पनि सुनिन्छ, के यो साँचो हो ?
होइन होइन, के चाहि हो भने बच्चा जन्मिदै अन्य कुनै कारणले पेट खोलेको छ भने पेटभित्र अरु अपरेशन गरेको छ भने बच्चाको एपेन्डीक्सको भाग फयाक्छौ । त्यो त हामी यहाँ पनि गछौ तर बच्चा नर्मल छ पेटमा समस्या छैन भने एपेन्डीक्स निकालेर फयाक्ने भन्ने हुँर्दैन ।  विदेशमा पनि सामान्य बच्चालाई त्यसरी चिरेर एपेन्डीक्स फाल्ने भन्ने हुदैन । सानैमा अपरेशन गरिएको छ भने गछौ । त्यस्तोलाई हामी इन्सीडेन्टल एपेन्डीसेक्टोमी भन्छौ । सबै कुरा सामान्य छ भने त्यतिकै हामी पेट चिरेर गर्ने भन्ने त कुरै हुदैन नी । यहाँपनि हामी बच्चाको कुनै कारणले  अपरेशन गरेको छ भने परिवारसँग सोधेर पछि यो एपेन्डीप्क्स राखिरहयो भने समस्या आउछ भनेर परिवारलाई बुझाएर नेपालमा पनि फाल्ने चलन त छ । 

एपेन्डीक्सको उपचार गरिसकेपछि कमजोर हुने वा पछि समस्या आउने हुन्छ की हुँदैन ?
एपेन्डीकसको अपरेसन गरिसकेपछि त्यस्तो समस्या आउने भन्ने केही पनी छैन । यो  एपेन्डीक्सको कुनै रोल नै छैन । एपेन्डीक्सले बच्चाको शरीरमा खासै कुनै काम गर्ने नभएकाले यो अंग त्यहाँ रहनु र नरहनुमा केही पनि फरक छैन । बरु निकाल्दा खेरी नै फाइदा हुन्छ । एपेन्डीक्साइड बच्चामा स्टेस हुदाँ दोहोरिने सम्भावना हुन्छ । तपाईहरुले विचार गर्नुभएको होला एसएलसीको परिक्षाको समय धेरै बच्चाहरु बिरामी परिरहेको हुन्छन । किनभने उनीहरुलाई टेन्सन हुन्छ तनाव हुन्छ त्यस्तो बेला यो रोगपनि बढ्ने डर हुन्छ । हामी बिदेशमा पढने भएकाले त्यहाँ चाहि बढि एपेन्डीक्स देखिन्थ्यो । यहाँ अपरेशन धेरै कम हुनेथियो तर आजकल दिनमा एउटा दुइवटा अपरेशन भइरहेको छ । 

अहिले जनतामा एपेन्डीक्सको चेतना कतिको छ ?
अहिले पहिला जस्तो छैन । मासिनहरुमा चेतनाको विकास भइरहेको छ । बच्चाको केशमा त उहाँहरु अति नै सजग हुनुहुन्छ । आफुलाइ पेट दुख्यो भने बरु सहेर बस्नु हुन्छ तर बच्चालाई पेट दुखिसकेपछि त उहाँहरु तुरुन्तै उपचार गर्न आउनुहुन्छ । एपेन्डीक्सका कारणले मृत्यु हुनेको संख्या त कम नै छ उपचार सम्भव भएरै हो । फुट्यो भन्दैमा मरिहाल्ने होइन तर अरु जस्तो एकदुइ दिनमा ठिक हुदैन । 

यसको पाकेको फुटेको अवस्थामा ५ देखी १० दिनसम्म अस्पताल बस्नुपर्ने अवस्था आउछु । उपचारलामो हुने भयो दुखाई पनि बढि हुने निको हुनलाई पनि लाामो समय हुन्छ । जुन भ्रम छ २४ घण्टा भन्ने त्यो चाही हैन तर एककिसिमले सोच्ने हो भने त्यो भ्रमले रामै काम गरेको छ । किनभने मानिसहरु सजग भएका छन । केही हुन्छ  भनेर छिटो उपचार गर्न जान्छन तर मरि नै हालिन्छ भनेर आत्तिनु चाहि पदैन त्यही हो हेलचेक्रयाइ गर्न हुदैन । समयमा उपचार भयो भने खर्चपनि कम लाग्ने उपचार पनि छिटो ठिके हुन्छ तर त्यही कुरालाई जटिल भइसकेपछि समय पनि धेरै लाग्छ, खर्चपनि धेरैलाग्छ र रोगको कारणले गर्दा जुन दुख हुन्छ त्यो पनि धेरै हुन्छ ।