अर्मलाकोटमा ४५ लाखको लागतमा बास्केटबल कोर्ट बन्दै


Tuesday, 27 Dec, 2016 10:58 AM

पोखरा, १२ पुस– पोखरा उपमहानगरपालिका–२८ स्थित अर्मला कोटमा रु ४५ लाखको लागतमा सुविधा सम्पन्न बास्केटबल कोर्ट निर्माण भइरहेको छ । कोर्ट निर्माणका लागि आवश्यक रकम अर्मलामा जन्म भई हाल बेलायत निवासी जीतबहादुर गुरुङ (डब्लूओवान)को सक्रियतामा अर्मला कोट युके समाजले उपलब्ध गराएको नेपाल ओलम्पिक कमिटीका सदस्य तेजबहादुर गुरुङले जानकारी दिए । 

 

यहाँले पहिलो चरणमा जग्गा किन्ने, १४० थान तार जाली लगाउने, मैदान सम्याउने र प्याराफिट निर्माणको कार्य सम्पन्न गरिएको बताए । कास्की जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने सीता प्राविको हातामा लगभग छ रोपनी जग्गामा निर्माण गरिएको सो बास्केटबल कोर्टसम्म यातायातलगायत अन्य आवश्यक भौतिक पूर्वाधारको सुविधा पुगेको छ भने रु ८० हजारको लागतमा ट्रान्सपरेन्ट फाइवर बोर्ड राखिएको नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष जीतबहादुर गुरुङले वताए । 

 

उनका अनुसार कुनै समयमा अर्मलाकोट छेलो खेल्ने ठाउँका लागि प्रशिद्ध थियो । ‘प्रत्येक वर्ष श्रीपञ्चमीको मेलामा यहाँ छेलो प्रतियोगिता हुन्थ्यो र टाढा टाढाबाट छेलो खेल्न अर्मला आउँथे अब बास्केटबल र भलिबल खेलका प्रतियोगिता सञ्चालन गर्दछौँ’ उनले भने । 

 

अर्मलामा सोमबार आयोजित एक कार्यक्रमका बीच जापानी नागरिक कियोसी सातो सानले सीता प्राविको शैक्षिक विकासका लागि रु ८४ हजार आर्थिक सहयोग गरेका छन् । उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन भुपालसिंह गुरुङलाई सो रकम हस्तान्तरण गरेका हुन् । 

 

सोही कार्यक्रममा समाजसेवी जीतबहादुर गुरुङ र जापानमा रकम सङ्कलन गरेर विद्यालयलाई सहयोग गर्दै आएका जापानीज नागरिक ८० वर्षीय सातोसनलाई अर्मलावासीको तर्पmबाट ढाका टोपी, खादा र भाङ्ग्रा ओढाएर सम्मान गरिएको थियो । 

 

कार्यक्रममा अर्मलामा नवनिर्मित गुरुङ सामुदयिक घर (खेपना)का अध्यक्ष कर्णबहादुर गुरुङ, लायन्स क्लब अफ पोखरा चौतारीका रमेश केसी, एमाले गाउँ कमिटी अध्यक्ष चूडामणि आचार्य अन्नपूर्ण माविका प्रअ यमनारायण लामिछाने, सीता प्राविका प्रअ गणेश खत्रीलगायतले अर्मलाको विकास निर्माणमा सङ्गठित भएर जुट्नु पर्ने बताए । 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

विज्ञहरुले भने– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन 

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’ 

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top