काठमाडौँ,  १ जेठ - महानगरीय प्रहरी कार्यालय रानीपोखरी र वृत्त कमलपोखरीबाट खटिएको संयुक्त टोलीले अबैध लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले  आज १ काठमाडौँ महानगरपालिका १ सानो गौचरण बस्ने सुरज ढकालको कोठा खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ ९५.३९ ग्राम बरामद गरेको छ । प्रहरीले निजको कोठाबाट लागुऔषध तौलने मेशिन १ थान, नगद ४५ हजार, मोबाईल २ थान समेत बरामद गरेको छ ।  

ब्राउनसुगर सहित ढकाललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।