काठमाडौं, १२ चैत - लकडाउनको समयमा मदिरा पसल संचालन गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

 चन्द्रगिरी नगरपालिका-१ दहचोकमा मदिरा पसल खोली संचालन गर्ने  ३७ वर्षीय कबिराज बख्तीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।