डा. कल्याण रोका /कविता अधिकारी 

जन्म र बाल्यकाल
प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म इवा–२, तेह्रथुममा पिता मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीबाट २००८ साल फागुन ११ (सन् १९५२-०२-२३) मा भएको थियो । तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट ओलीले आफनो अध्ययन प्रारम्भ गर्नुभयो ।

२०२० सालमा ओलीको परिवार झापाको सुरुङ्गामा  बसाइँ सर्नु अगावै ओलीले डेढ वर्षकै उमेरमा आमा गुमाउनुप‍र्‍यो । सानैमा आमा गुमाउनुपरेका कारण ओलीको बाल्यकाल  मातृवात्सल्य बिहिन अवस्थामा बित्यो । उहाँ जन्मेको समय र बसाइँ-सराईको समयलाई आधार मान्ने हो भने ओलीको एक  दर्जन वर्ष सम्मको बाल्यकाल तेह्रथुमको इवामा बितेको पाइन्छ । यो १२ वर्षको उमेर हरेक मानिसका लागि चेतना र सोच निर्माणका हिसाबले निकै महत्पूर्ण समय हो । धेरै मानिसहरूले प्रधानमन्त्री ओलीलाई झापासँग मात्र जोडेर बुझ्ने गर्दछन्  तर उहाँको जन्म र बाल्यकालाई फर्केर हेर्ने हो भने झापा उहाँको राजनीतिक चेतना निर्माणको थलो भएपनि तेह्रथुमको आठराईको इवा उहाँको आजको राष्ट्र निर्माणको सोच र सपनाको आधारभूमि हो ।

ओलीको राजनीतिक जीवन : मार्क्सवादी अध्ययन दलदेखि नेकपाको अध्यक्षसम्म 
वि.सं. २०२० सालमा झापा बसाइँ सरेपछि उहाँको भेट झापा आन्दोलनका सहिद  रामनाथ दाहालसँग भयो । मीठो र प्रष्ट ढंगले बोल्ने, अरुको खुलेर आलोचना गर्ने, चलाख र राम्रो विद्यार्थीको पहिचान बनाउनु भएका ओलीलाई दाहालले राजनीतिक रूपमा अघि बढ्न उत्प्रेरित गर्नुभयो । त्यस पछिका दिनहरूमा ओलीमा वर्गिय राजनीतिक झुकाव र चेतनाको बिजारोपण भयो । उहाँको राजनीतिको पहिलो प्रस्थान विन्दु भनेको मार्क्सवादी अध्ययन दल थियो । उहाँ २०२३ सालमा यो अध्ययन दलमा समावेश हुनुभयो । २०२७ जेठ ९ गते तत्कालिन झापा जिल्लामा चलेको वर्गीय आन्दोलनको परिचालन र अगुवाई गर्दे उहाँले पूर्णकालिन नेताको रूपमा भूमिगत जीवनको शुरुवात गर्नुभयो । तात्कालिन कोशी  कोअर्डिनेशन केन्द्रबाट बिद्रोह गरि बनेको झापा आन्दोलन संगठन कमिटीको  प्रमुखको रुपमा २०२८ सालमा मनोनित हुनुभयो । उहाँ त्यतिबेलादेखि  नै कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरणको पक्षमा हुनुहुन्थ्यो । चारु मजुमदारको नक्सलाइट आन्दोलनको प्रभावबाट शुरु गरिएको झापा बिद्रोहको सशस्त्र संर्घषका वेला उक्त संर्घर्षमा अगुवाई गरेका नेताहरूमध्ये केपी ओलीले त्यतिबेला नै मान्छेको हत्या गरेर कम्युनिष्ट पार्टीले क्रान्ति सम्पन्न गर्न सक्दैन, परिवर्तनको अगुवाई गर्न सक्दैन भन्ने मान्यता अगाडि सार्दै क्रान्ति सम्पन्न गर्नका लागि शान्तिपूर्ण संघर्षको बाटो नै  अवलम्बन गर्नु पर्दछ भन्ने मान्यता अगाडि सार्नु भएको थियो ।

भारतमा  वर्ग  शत्रु खतमको उग्रक्रान्तिकारीताका कारण नक्सलाइट आन्दोलन समाप्त भयो भने नेपालमा केपी ओलीले कम्युनिष्ट आन्दोलनमा त्यतिबेलै लोकतान्त्रीकरणको विजारोपण गरेर झापा आन्दोलनलाई समाप्त हुने विन्दुबाट बचाउने काम गर्नुभयो । नेपालको राजनीतिक इतिहासमा झापा आन्दोलनको निकै महत्व रहेको छ । खासगरि यो आन्दोलनले छिन्न भिन्न रूपमा रहेको कम्युनिष्ट आन्दोलनलाई एकत्रित गर्न र सबै  वामपन्थी शक्तिहरूलाई आन्दोलनमा लाग्न उत्प्रेरित  गर्‍यो भने नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि लड्दै आएको तर  तत्कालीन अवस्थामा शिथिल बनेको काँग्रेसलाई पुर्नजागरणमा ल्याउने काममा समेत उर्जा थप्यो ।

तत्कालिन नेकपा मालेले यो जनमत संग्रहलाई बहिष्कार गर्ने नीति लियो । त्यसबेला ओली जेलमा हुनुहुन्थ्यो । उहाँ जेलमै भएको बेला पार्टीले लिएको उक्त नीति वेठीक छ, पार्टीले जनमत संग्रहमा भाग लिनु पर्दछ भन्ने दृष्टिकोणकासाथ जेलबाटै आफनो वक्तव्य जारी गर्नुभएको थियो ।

केपी शर्मा ओलीले झापा जिल्ला कमिटीको  अध्यक्षको हैसियतले संघर्षका लागि बनाइएको  उद्देश्यहरू पुनः पूरा  गर्नका लागि झापा संघर्षका शत्रुहरूको किटानी गर्न, उक्त संघर्षले लिनुपर्ने बाटोलाई सुस्पष्ट बनाउँदै पार्टीलाई अगाडि बढाउने सन्दर्भमा मुख्य नेताको रूपमा अगुवाई गर्नुभएको थियो । त्यो समयमा उहाँले तत्कालिन झापा संगठन कमिटी र कोशी कोर्डिकेशन केन्द्र बीचको एकताका लागि पहल, तत्कालिन माले पार्टी गठन गर्ने सन्दर्भमा मुख्य नेताको भूमिका निर्वाह गर्नुभएको थियो । तत्कालिन झापा संघर्षको मुख्य उद्देश्य  सामन्ती राजतन्त्र, निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य, गर्दै सर्वहारा र श्रमजीवी वर्गको  राज्यसत्ता स्थापित गर्नु थियो, यो अभियान कम्युनिष्ट पार्टी स्थापना (२००६) देखि नै शुरु भएपनि त्यसले बलियो साँगठानिक आधार निर्माण गर्न सकेको थिएन । तर यसले २०२८ सालको झापा आन्दोलन मार्फत ठोस आकार ग्रहण गर्‍यो । त्यतिबेला देखि  शुरु भएको उद्देश्य अन्तर्गत  पञ्चायतको अन्त्य २०४६ सालमा भयो भने राजतन्त्रको अन्त्य २०६२/६३ सालको आन्दोलनले पूरा गर्‍यो ।

तर २०३० असोज २३ गते केपी ओली जेल परेपछि नेपालको कम्युनिष्ट आन्दोलनले निकै उतार चढावको  सामना गर्नु पर्‍यो । यद्यपी यो कालखण्डमा उहाँ जेलमै रहँदा पनि पार्टीको एक रोल मोडेल नेता बनिरहनु भयो । उहाँ जेलमै हुनुभएको बेला २०३५ साल पुस ११ गते उहाँ नेकपा मालेको संस्थापक नेता बन्नुभयो । ४ बर्ष गोलघर सहित १४ वर्षको जेल जीवनबाट २०४४ साल असार ११ गते रिहा हुनुभयो । जब उहाँ जेलबाट बाहिर आउनु भयो, उहाँले झापा आन्दोलनमा अगाडि बढाउनु भएको विचार बमोजिम  वैधानिक बाटो उपयुक्त भएको बेला पार्टीलाई खुल्ला राखि  शान्तिपूर्ण संघर्ष मार्फत नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनु पर्छ भन्ने जननेता मदन भण्डारीको सहयात्रीको रूपमा आफूलाई उभ्याउनुभयो । जसका कारण नेपाल कम्युनिष्ट पार्टी मालेको चौथो राष्ट्रिय महाधिवेशनले जनताको बहुदलीय  जनवाद निर्माणको पृष्ठभुमि तयार गर्‍यो । यसका साथै उहाँले २०४६ सालको जनआन्दोलनमा बुर्जुवा वर्गको प्रतिनिधित्व गर्ने नेपाली काङ्ग्रेससँग  सहकार्य गर्दै निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्यका लागि आन्दोलनको वातावरण निर्माण गर्ने काममा र अन्य कम्युष्ट पार्टीहरूलाई पनि आन्दोलनमा सामेल गराउनका लागि वाममोर्चाको निर्माणमा निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो ।

नेपाली विद्यार्थी आन्दोलनको रापतापले तत्कालिन पञ्चायती शासकहरू  यो आन्दोलनसँग घुँडा टेकेर नेपाली जनताले बहुदलीय व्यवस्था वा सुधारिएको पञ्चायती व्यवस्था मध्ये एक रोज्न पाउने कुराका लागि २०३६ सालमा जनमत संग्रह गराउन बाध्य पारेको थियो । जसबाट नेपाली जनताले आफनो अभिमत प्रकट गर्न पाउने वातावरण बनेको थियो । तर तत्कालिन नेकपा मालेले यो जनमत संग्रहलाई बहिष्कार गर्ने नीति लियो । त्यसबेला ओली जेलमा हुनुहुन्थ्यो । उहाँ जेलमै भएको बेला पार्टीले लिएको उक्त नीति वेठीक छ, पार्टीले जनमत संग्रहमा भाग लिनु पर्दछ भन्ने दृष्टिकोणकासाथ जेलबाटै आफनो वक्तव्य जारी गर्नुभयो । समय अन्तरालसँगै उहाँले त्यतिबेला जारी गर्नु भएको  उक्त वक्तव्य  सही थियो भन्ने कुरा पुष्टि भयो । यो घटनाबाट, राजनीतिक विश्लेषणमा उहाँसँग कति दुरदर्शिता थियो भन्ने कुरा थाहा पाउन सकिन्छ ।

केपी ओली २०४४ साल पुष  २ गते बसेको नेकपा मालेको केन्द्रीय कमिटिको बैठकबाट केन्द्रीय सदस्यमा मनोनित भई लुम्बिनी अञ्चलको इन्चार्जको जिम्मेवारी  वहन गर्नुभयो । २०४६ सालसम्म पुग्दा नेपालको कम्युनिष्ट आन्दोलनको संगठन देशव्यापी रूपमा नफैलिएको, विचारमा अन्यौलताहरू विद्यमान रहेको, नेता र कार्यकर्तामा राजनीतिक वैचारीक स्पष्टता नभइसकेको अवस्थामा पनि २०४६ सालको जनआन्दोलनमा नेकपा मालेका मान्यताहरूलाई  देशव्यापी बनाउँदै सोही तहको जनताहरू बीचमा कम्युनिष्ट पार्टी र विचार प्रति आकर्षण पैदा गर्दै आन्दोलन सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको  थियो । २०४६ सालको परिवर्तनलाई उग्र वामपन्थीहरूले यो जनता प्रतिको धोका हो भन्ने विचार अगाडि सार्दै उक्त परिवर्तनको विरुद्धमा अभिव्यक्ति दिने तथा यथास्थितिवादी शक्तिहरूले यो परिवर्तनलाई क्रान्ति नै मानेको अवस्थामा यी दुवै अतिवादका विरुद्ध  जुझ्दै उक्त परिवर्तनको सन्दर्भमा २०४६ सालको आन्दोलनको उपलब्धिहरूको रक्षा गर्दै  यथास्थितीवाद, पुर्नउत्थानवाद र उग्रवादबाट पार्टीलाई जोगाउँदै सडक र सदन दुवै ठाउँबाट आन्दोलन जारी राख्नुपर्छ भन्ने मान्यता अघि सार्नुभएको थियो ।

केपी शर्मा ओलीले २०४६ सालको परिवर्तन पछाडी २०४७ सालको संविधान निर्माणका क्रममा यथास्थितिवादी शक्ति नेपाली काग्रेस र पुनर्उत्थानवादी  शक्तिहरूसँग जुध्दै नेपाली जनताको पक्षमा संविधान लेख्न संघर्ष गरेपनि अन्त्यमा यी शक्तिहरूसँग त्यतिबेलाको  वस्तुगत अवस्थाले सम्झौता गर्न पर्ने भएकाले संविधान निर्माणसँग सम्वन्धित पार्टीका धारणाहरूलाईलाई २७ वुँदा मार्फत शुत्रिकरण गर्न जननेता मदन भण्डारीसँग सहयोगी भूमिकाको रूपमा आफूलाई प्रस्तुत  गर्नुभएको  थियो ।

धेरै मानिसहरूले प्रधानमन्त्री ओलीलाई झापासँग मात्र जोडेर बुझ्ने गर्दछन्  तर उहाँको जन्म र बाल्यकालाई फर्केर हेर्ने हो भने झापा उहाँको राजनीतिक चेतना निर्माणको थलो भएपनि तेह्रथुमको इवा उहाँको आजको राष्ट्र निर्माणको सोच र सपनाको आधारभूमि हो ।


२०४७ साल जेठ १ गते पार्टीको जनसंगठनको रूपमा रहेको राष्ट्रिय प्रजातान्त्रिक युवा संघको संस्थापक अध्यक्षका हैसियतले ओलीले देश व्यापी रूपमा युवाहरूलाई राष्ट्र, राष्ट्रियता,  जनजिविका र लोकतन्त्रका पक्षमा संगठित र स्कूलिङ्ग गर्ने कामको अगुवाइ गर्नुभयो । २०४७ साल पुस १२ गते तत्कालिन नेकपा माले र नेकपा  मार्क्सवादी पार्टी बीचको एकिकरण गर्ने  काममा महत्वपर्ण भूमिका निर्वाह गर्नुभयो । दुईपार्टीको एकीकरण पछि बनेको नेकपा एमालेको संस्थापक नेताको रूपमा रहनुभएका ओलीले २०४९ मा केन्द्रीय विदेश विभाग, २०५० मा केन्द्रीय कमिटि प्रचार विभाग, र २०५१ मा पार्टी संसदीय विभाग प्रमुखको जिम्मेवारी निर्वाह गर्नुभयो । २०५४ सालमा नेपालगञ्जमा सम्पन्न भएको छैठौँ  महाधिवेशनबाट जनताको बहुदलीय जनवादको कार्यनीति प्रस्तावलाई अत्याधिक बहुमतले पारित गरेपछि उहाँ स्थायि समितिमा निर्वाचित हुनुभयो । र यो कार्यकालमा उहाँले विदेश विभाग प्रमुखको जिम्मेवारी पनि निर्वाह गर्नुभयो ।

उहाँको जेल जीवनले लोकतन्त्रप्रतिको निष्ठा, नेपालको कम्युनिष्ट आन्दोलनप्रति देखाएको उहाँको समर्पण, राजनीतिक परिर्वतनमार्फत समृद्ध राष्ट्रको निमार्ण गर्दै भावि पुस्ताका लागि योगदान गर्ने उहाँको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । अहिलेका समकालिन विश्व राजनीतिका खेलाडीहरुको बीचमा विश्वका हरेक देशका सरकार प्रमुखहरुको त्याग र बलिदानसँग ओलीको यो त्याग र समर्पणको तुलना गर्ने हो भने ओलीको कद विश्वका समकालिन नेताहरू भन्दा निकै उच्च रहेको पाइन्छ ।

२०५९ माघमा जनकपुरमा भएको पार्टीको सातौँ  महाधिवेशनमा उहाँले पार्टीको आन्तरिक लोकतान्त्रिकरण र बहुपदीय  प्रणालीको शुरु गर्ने प्रस्ताव  प्रस्तुत गर्नुभयो । तर उक्त प्रस्ताव अर्को महाधिवेशनसम्मको लागि स्थिगित गरियो । र उक्त अधिवेशनबाट पनि उहाँ स्थायि समिति सदस्यमा निर्वाचित हुनुभयो । विदेश विभाग र केन्द्रीय पार्टी स्कूलको प्रमुखको जिम्मेवारी पाउनुभयो । २०७५ साल फागुनमा बुटवलमा भएको आठौँ राष्ट्रिय महाधिवेशनमा उहाँले सातौँ  महाधिवेनमा प्रस्तुत गर्नुभएको पार्टीको आन्तरिक लोकतान्त्रिकरण र बहुपदीय प्रणालीको स्थगित प्रस्ताव स्विकृत गरियो । उहाँ यो महाधिवेशनमा अध्यक्षको प्रत्यासी बने पनि पराजित हुनुभयो तर पार्टीको स्थायि समिति सदस्य र विदेश विभाग प्रमुखको जिम्मेबारीमा रहनुभयो । २०७१ साउन १ गते सम्पन्न भएको पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभयो । अलग अलग विचार बोकेका नेपालका दुई  ठूला कम्युनिष्ट पार्टीहरू  तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र बीच २०७५ जेठ ३ गते एकीकरणको  गरि निमार्ण गरिएको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को अध्यक्षको रुपमा केपी ओली क्रियाशिल हुनुहुन्छ ।

ओलीको जेल जीवन
झापा आन्दोलनकै क्रममा तत्कालिन शासन सत्ताको विरोधमा उत्रिनुभएका केपी शर्मा ओलीको जेल जीवन ऐतिहासिक र स्मरणयोग्य रहेको छ । २०२७ फागुन १६ गते आइतबार, झापाबाट गिरफ्तार हुनुभएका ओली २०३० सालसम्म १० पटक भन्दा बढी गिरफतार र  रिहा हुनुभएको थियो । तर उहाँको लामो जेल जीवन यात्रा २०३० असोज २३ बाट शुरु भयो । उहाँले आफनो जेल जीवन देशका विभिन्न जेलहरूमा बिताउनुभएको छ ।

पहिलोपटक उहाँ रौतहटको गौर जेलमा रहनुभयो । त्यसपछि उहाँलाई वीरगञ्ज थाना र वीरगञ्ज जेलमा चलान गरियो । २०३० मंसिर ८ गते उहाँलाई भद्रगोल काठमाडौं चलान गरियो । त्यसको तीनदिन पछि मंसिर ११ गते सेन्ट्रल जेलको गोलघर चलान गरियो । उहाँलाई त्यो समयमा २०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा राखियो । त्यसपछि उहाँलाई नख्खु जेलमा राखियो ।

जब उहाँ जेलबाट बाहिर आउनु भयो, उहाँले झापा आन्दोलनमा अगाडि बढाउनु भएको विचार बमोजिम  वैधानिक बाटो उपयुक्त भएको बेला पार्टीलाई खुल्ला राखि  शान्तिपूर्ण संघर्ष मार्फत नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनु पर्छ भन्ने  जननेता मदन भण्डारीको सहयात्रीको रूपमा आफूलाई उभ्याउनुभयो ।

उहाँलाई फेरि २०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै फिर्ता गरियो । २०३६ जेठमा गोलघर बाहिर निकालियो । २०३७ चैतमा पुनः नख्खु जेल पठाइयो । २०३९ माघ ३ गते पोखरा जेल चलान गरिनुभएका ओलीलाई २०४२ कात्तिकमा स्याङ्जा जेल पठाइयो । २०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान गरिनुभएका ओली ०४३ माघ १२ गते भद्रगोल जेल चलान गरिनुभयो र २०४४ असार ११ गते उहाँ भद्रगोल जेलबाट रिहा हुनुभयो ।

२०३० असोज २३ बाट शुरु भएको चारवर्षको गोलघरको यातना सहित १४ वर्षे ओलीको जेल जीवन अहिलेका पुस्ताको कल्पना भन्दा बाहिरको कुरा हो । उहाँको जेल जीवनले लोकतन्त्रप्रतिको निष्ठा, नेपालको कम्युनिष्ट आन्दोलन प्रति देखाएको उहाँको समर्पण,राजनीतिक परिर्वतनमार्फत समृद्ध राष्ट्रको निमार्ण गर्दै भावि पुस्ताका लागि योगदान गर्ने उहाँको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।अहिलेका समकालिन विश्व राजनीतिका खेलाडीहरुको बीचमा विश्वका हरेक देशका सरकार प्रमुखहरुको त्याग र बलिदानसँग ओलीको यो त्याग र समर्पणको तुलना गर्ने हो भने ओलीको कद विश्वका समकालिन नेताहरू भन्दा निकै उच्च रहेको पाइन्छ ।

व्यवस्थापीका र कार्यपालिकामा केपी ओली
२०४६ सालमा भएको राजनीतिक परिर्वतनले नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलिय व्यवस्थाको पुर्नस्थापना गर्‍यो । २०४७ साल कार्तिक २३ गते जारि गरिएको संविधान अनुरूप २०४८ सालमा सम्पन्न भएको पहिलो आम निर्वाचनमा झापा जिल्लाको क्षेत्र नम्बर ६ बाट केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यका रूपमा पहिलोपटक निर्वाचित हुनुभयो । यो निर्वाचनबाट नेपाली काङ्ग्रेसले बहुमतको सरकार निमार्ण गरे पनि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मध्यावधि निर्वाचनको घोषणा गरे । २०५१ मा भएको उक्त मध्यावधि निर्वाचनबाट केपी शर्मा ओली झापा क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । यो मध्यावधि  निर्वाचनबाट नेकपा एमालेले मनमोहन अधिकारीकाे नेतृत्वमा २०५१ मंसिर १४ गते बहुमतको सरकार बनायो । उक्त मन्त्री परिषदमा केपी शर्मा ओली गृहमन्त्रीमा नियुक्त हुनुभयो । उहाँको यो गृहमन्त्री काल इतिहासमा स्वर्णिम कालका रूपमा रहेको छ । उहाँको यो कार्यकालमा मुलुकमा राजनीतिक आन्दोलनका हिसाबले एकजना मानिसले पनि ज्यान गुमाउनु परेन ।

२०५१ पछि २०५६ मा नेपालमा फेरि अर्को आम निर्वाचन सम्पन्न भयो । उक्त निर्वाचनमा केपी ओली झापा क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । २०५६ देखि  २०५९ सम्म संसदमा प्रमुख प्रतिपक्षी दलको उपनेता रहनुभएका ओलीले संसद पुर्नस्थापना भएपछि २०६३ वैशाख देखि २०६३ चैत्र सम्म उप-प्रधान र परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । त्यो समयपछि २०६४ सालमा संविधानसभाको पहिलो निर्वाचन सम्पन्न भयो तर उहाँ इतिहासमा पहिलोपल्ट पराजित बन्नुभयो । त्यसपछि २०७० साल मंसिरमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभामा निर्वाचित हुनुभयो । र २०७० माघ २१ गते पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गर्दे पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभयो ।

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि तत्कालिन संविधानसभा, व्यवस्थापिका संसदमा रूपान्तरण भयो र उक्त व्यवस्थापिका संसदबाट २०७२ असोज २४ गते पहिलोपटक केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो ।  २०७३ साउन ९ गते राजिनामा दिनुभएका प्रधानमन्त्री ओली २०७४ मंसिर १० र २१ मा भएको आमनिर्वाचन पछि दुई तिहाइ  बहुमत सहित २०७४ फागुन ३ गते प्रधानमन्त्रीको रूपमा निर्वाचित भई सरकारको नेतृत्व गरिरहनुभएको छ । 

भारतबाट लगाइएको नाकाबन्दीले थिलथिलो बनेको नेपाललाई नाकाबन्दीबाट मुक्ति दिलाएर राजनेताको छबी बनाउनुभएका ओलीको उचाई नेपालका समकालिन नेताहरुभन्दा निकैमाथि रहेको छ । नेपालको भूपरिवेष्ठिततालाई भूजडित राष्टको रूपमा पहिचान दिलाउन सफल ओलीले विश्व समुदायमाझ नेपालको छवी विस्तार गर्ने काममा योगदान गर्नुभएको छ । समृद्ध नेपाल र सुखी नेपालीको नारामार्फत अहिलेसम्मकै उच्च आर्थिक वृद्धिदर कायम गरि नेपालको विकासमा योगदान पुर्‍याउनुभएको छ ।  नेपाललाई लोडसेडिङ्ग मुक्त बनाउने अभियान, सुरुङ्ग मार्गको विस्तार, भूकम्पपछिको रफतार पूर्ननिमार्णको कार्य, औधोगिक क्षेत्रको विस्तार, भष्ट्राचारीलाई कारबाहि, नेपाली भूमि फिर्ता ल्याउने अभियान लगायतका हजारौं अभियानमा सफलता हासिल गदैं अगाडि बढिरहनुभएका प्रधानमन्त्रीबाट अझ धेरै काममा सफलता मिलोस भन्ने नेपाली जनताले आशा राखेका छन् । राष्ट्र र राष्ट्रियताका पक्षमा चटटानी अडान राख्ने प्रधानमन्त्री ओलीसँग नेपाली जनताका विकास र परिर्वतनका विशाल अपेक्षाहरू छन् । नेपालका प्रधानमन्त्रीको हैसियतले नेपाली जनताका चाहना र अपेक्षा पूरा गर्न सक्नुहोस्, तोकिएकै मितिमा निर्वाचन गर्न सफल भई जनताबाट ताजा मत लिएर फेरि उही उत्साह र जाँगर लिएर आउनुहोस तपाईको यो ७० औं जन्मदिवसका अवसरमा हाम्रो पनि शुभकामना ।