नगिन्द्र शाही ‘नेशनल’

चीनको उहान प्रान्तलाई मुहान वनाउदै विश्वभरी पैmलिएको नोवेल कोरोना (कोभिड–१९) नामक सरुवा रोगको भय अहिले संसारभरीका समस्त नागरीकहरुको टाउको दुखाइको विषय वनेको छ । कोरनाका कारण तिन महिनामा करीव उन्नाइस हजार मान्छेहरुले ज्यान गुमाई सकेका छन् र लाखौं मान्छेहरु यो रोगवाट संक्रमितभई उपचारको क्रममा मृत्यु र जीवनको दोसादमा हस्पिटलमा छन् । कोरना भाइरसले अहिले विश्वका चाहे ति अति विकसित देश अमेरिका, युरोपका देश हुन् चाहे नेपाल र दक्षिण अफ्रिकी मुलुकका जस्ता विकासशिल वा अल्प विकसित देशहरु जुनसुकै हुन सबै देशका नागरीकहरुमा यो रोगको मनोवैज्ञानिक असर परेकै छ । 

पहिलो र दोस्रो विश्व युद्धपछि संसारका नागरीकहरुको मानसपटल कोरनाको कहरले खल्याङमल्याङ गरेको छ । कोरना सिंगो विश्व, मानव जाति र मानव सभ्यतामाथि प्रहार गर्ने ठुलो चुनौतिको रुपमा यो आएको छ । जसले दिन प्रतिदिन मानव जातिमाथि रोग संक्रमणको दायरा दिन दोगुना रात चौगुना फैलाइरहेको छ । जुन रोगले विश्व समुदायलाई आफुमा ध्यान केन्द्रित गर्न वाध्य तुल्याएको मात्र होइन बिवस वनाइको छ । 

कोरनाले विश्वमा मानविय क्षतिमात्र गर्ने छैन यसले विश्व समुदायमा आर्थिक, सामाजिक, सास्कृतिक र प्राकृतिक क्षेत्रहरुको सन्तुलनमा अतुलनिय क्षति गर्ने देखिन्छ । यो महामारी जति ढीलो नियन्त्रण हुने छ यसवाट विश्व समुदाले त्यति धेरै क्षति ब्यहोर्नु पर्ने छ । विश्वमा कोरनाले पारेको क्षति पुर्ति गर्न विश्व समुदायलाई केही समय लाग्ने छ, त्यसमा नेपाल जस्ता देशहरुलाई दशक लाग्न सक्छ । यसको नियन्त्रण र निर्मुलिकरणमा प्रशासनिक चासोले मात्र काम गर्ने देखिदैन । ब्यक्ति अनुशासन र जनचासो भएन भने  यो महामारीको प्रकोपले मानव सभ्यतामा आपत मात्र होइन विपत्ति ल्याउने पुर्व संकेतहरु देखिन्छन । जुन घटना मानव सभ्यताको आगत इतिहासलाई बदल्न पुग्ने छ र वाचेको पुस्ताले धेरै कष्टपुर्ण जीवन ब्यथित गर्न पर्ने हुन सक्छ । 

सम्भावित भावि वहस 
कोरनाको उत्पति चीनको उहान प्रान्त हुदै विश्व भरी संक्रमण हुदै गएको र यो मानव निर्मित रोग जसलाई चीनले सुनियोजित आफु महाशक्ति बन्न बनाएको भन्ने आरोप विश्व शक्ति राष्ट्र अमेरिकाले लगाएको छ । त्यस्तै त्यसको खण्डन गर्दै चीनले अमेरिकी सेनाहरुको कारण यो रोग चीनमा आएको भन्ने कुरा चीनले आरोप अमेरिकामाथि लगाएको छ । यही आरोप प्रत्यारोपको बीच अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्मले आफ्नो औपचारिक भाषणमा कोरनालाई चीनियाँ कोरना जस्ता शब्द समेत प्रयोग गरेका छन । ट्रम्मको भनाइले विश्व समुदायमा यो रोगको पृष्ठभुमि तयार पारेको छ र जो विश्व समुदायको मस्तिष्कमा कोरनाको एउटा मानक बन्दैछ । नोवेल कोरना उत्पतिवारे चीन र अमेरिकाका राष्ट्र प्रमुखको फरक फरक भनाइले विश्व समुदाय दुइतिर विभक्त हुन वाध्य भएको छ । जसको वहस यसको पृष्ठभागमा सुषुप्त भइरहेकै छ । 

अहिले कोरना विश्वभरी आक्रमकरुपमा संक्रमण भइराखेको छ । यसको प्रकोपले सिंगो विश्व आक्रान्त मात्र होइन दयनीय अवस्थामा पुगेको छ । संसारका धेरै देशहरु आफ्नो देशलाई लकडाउन गर्न वाध्य भएका छन् । नागरीकको ज्यान जोगाउन राज्यका सबै शक्ति परिचालन गरेका छन् । कोरनाको कहर संग लड्न सबैकाम ठ्प्प पारेर कोरना विरुद्ध विश्व आक्रमक भएर लागेको हुँदा कोरनाको वास्तविकत्तामाथि वाहिरी वहस हुन सकेको छैन । जुन वहस निकट भविष्यमा विश्व वौद्धिक तहमा अहिलेको कोरना रोगको गतिमा फैलिने निश्चित देखिन्छ । यो बीचमा शक्ति सम्पन्न राष्ट्रको आन्तरीक राजनीतिकमा केही फेरवदल भएन भने कोरनाको वहसले विश्वलाई दुई धु्रर्वमा विभाजन गर्न सक्ने सम्भावना वढेको छ र विश्वको राजनीतिक शक्ति सन्तुलनमा पनि केही फरकपन ल्याउन सक्ने देखिन्छ । जसका सम्भावित पुर्व संकेतहरु शक्ति सम्पन्न राष्ट्रका प्रमुखदेखि नागरीक तहमा देखिन थालेका छन् ।

भावि खतरा र सम्भावना
कोरना एक महामारी हो । यस्ता प्रकोपहरु मानव सभ्यतामा आइरहन्छन विगतमा पनि मानव इतिहासमा आएका हुन र भोलिपनि आइरहने छन । यस्ता प्रकोपसंग राज्य, सरकार लडन तयार भइरहनु पर्छ । यस्ता रोगको कुनै जात, धर्म र क्षेत्र हुदैन यस्ता महामारी रोगहरु विश्वको कुनैपनि भागवाट फैलिन सक्छन । जस्तै केही बर्ष अगाडी अफ्रिकी देशहरुमा इवोला नामक महामारीले त्यहाँका सयौं नागरीहरुको ज्यान लगेको थियो । त्यस्तै यस्ता महामारी रोगहरु विश्वको कुनै देशवाट फैलिन सक्छन् । यस्ता महामारीको सही समयमा विश्व समुदायको मानवहितमा ध्यान गएन भने यस्ता प्रकोपहरु विश्व समुदायका निम्ति ठुला चुनौति वन्दै आएका छन् ।  हावा, पानि र खानपिनवाट संक्रमित हुने रोगहरुवाट आजको खुल्ला दुनियाँमा कोही काही सुरक्षित रहन सक्दैन । 

अहिले कोरोना (कोभिड १९) को खतरा दुनियाका सबै देशहरुको आकासमा मडारीरहेको छ । यो खतरा जतिबेलापनि जुनसुकै नागरीको स्वास्थ्यमा बर्षिन सक्छ र ज्यान जानपनि सक्छ । कोरनाका कारण अहिले सिंगो मानव समुदायको मनस्थितिमा असरपरि राखेको छ । यो वाट बच्न अहिले विश्वमा रहेका नागरीकहरुले सतर्कता अपनाइरहेका छन् । कोरनाको महामारीले अहिले विश्वमाथि हावा, पानि, स्वास प्रस्वासको सम्र्पकको माध्यमवाट आक्रमण गरीराखेको छ । वास्तवमा यो दुनियाँका निम्ति तेस्रो विश्व युद्धको रुपमा मानव सभ्यतामाथि आक्रमण गरीराखेको छ । जसले विश्वलाई धेरै क्षति गर्ने देखिन्छ र कोरनाले गरेको क्षति विश्व मानव समुदायले भोलिका दिन सम्म एक भएर साझा रुपमा लाग्नु पर्ने देखिन्छ । जसरी पहिलो र दोस्रो विश्व युद्धले मानव समुदायमा पारेका असरहरुको भपाई विश्व समुदायले अहिले सम्म गर्न परिराखेको अवस्था विद्यमान छ । यो महामारीसंग विश्व बन्धुत्वको भाव सहित वर्तमान विश्व समुदाय लड्न सकेन भने यो रोगले तत्काल पारेको क्षति भोलिका पुस्ताले पुस्तौं पुस्ता भरपाई गरी राख्नु पर्ने हुन सक्छ ।

कुनैपनि युद्ध जित्न हतियार सहित उच्च मनोवलको आवश्यक्ता पर्छ । उच्च मनोवल सहित युद्धमा होमिएका सेनाहरुले संसारका कुनै युद्धमा पराजित हुन परेको इतिहास छैन । तेस्रो विश्व युद्धको रुपमा मानव जातीमाथि प्रहार गरीराखेको यो महामारीले विश्व समुदायलाई आतंकित बनाइ राखेको छ । यो कोरोना नामक युद्धवाट मानव समुदायलाई सुरक्षित राख्न विश्व स्वास्थ्य संगठनले भने झै मेडिकल विज्ञान र स्वास्थ्य कर्मीसंगै आम नागरीकको ब्यक्तिगत अनुसाशन सहितको उच्च मनोवलले यो रोगसंग सजिलै विश्वले विजय प्राप्त गर्न सक्छ । यो महामारीसंग लड्न राज्यले जनहितमा जारी गरेका कदमहरु आज नागरीकका निम्ति केही कष्ठपुर्ण हुन सक्छन् तर आजको कष्ठले भविष्यको विपत्ति रोक्ने छ । जुन सावधानीले कुनै नागरीकले अभिभावक गुमाउनु पर्ने छैन भने कुनै अभिभावकले बच्चा गुमाउनु पर्ने छैन । आम नागरीकको राज्यसंगको विश्वासिलो सहकार्यले विश्वलाई धेरै क्षति हुनवाट बचाउन सकिन्छ । 

कोरोना अहिले हाम्रो सामु एक ठुलो घटनाको रुपमा अगाडी आएको छ । यो घटनालाई हामीसबै एक भई परास्त गर्न पर्ने हाम्रो अहिलेको प्रमुख चुनौति हो । यो चुनौतिलाई ब्यवस्थापन गर्नु वर्तमान विश्व समुदायको पहिलो कर्तव्य हो । यसलाई विश्वको हिस्सेदारी समस्याको रुपमा बुझ्दै विश्वमा रहेका सबै देशहरुले यो महामारीसंग साझा रुपमा लड्ने कार्य योजना निमार्ण गर्दै कोरोना विरुद्धको लडाइ लड्न सक्नु पर्दछ । जसले भावी दिनमा हुनसक्ने मानवता विरोधी विपत्तिहरु सजिलै परास्त गर्नका निम्ति यो घटना कोसे ढुङ्गा हुन सक्छ र अहिले विज्ञान र प्रविधिले विश्वब्यापीकरण गरेको विश्वलाई मानवता सहितको भावनात्मक सम्बन्धको डोरीले विश्वब्यापीकरण गर्ने छ ।