पुष्कर कडेल

धर्मभित्रको अन्धविश्वास, शिक्षा व्यवस्थाको खराबी अनि राजनीतिभित्रको विकृति हटाउन सक्दा मात्रै लोकतान्त्रिक गणतन्त्र व्यावहारिक रूपमा गतिशील र प्रगतिशील बन्न सक्छ। तर हामी अन्धविश्वास, खराबी र विकृतिहरू हटाउने ढंगले क्रियाशील भइरहेका छैनौं। आदर्शहरूलाई हात्तीको देखाउने दाँत जस्तो बनाएका छौं। जसले गर्दा नेपालमा लोकतन्त्र छाडातन्त्रमा, गतिशीलता अस्थिरतामा र प्रगतिशीलता अवसरवादका रूपमा विकास भइरहेको छ। यो लोकतान्त्रिक गणतन्त्रको सुदुर भविष्यका लागि मुख्य अवरोध बन्दैछ।

दलका नेताहरूमा देखिएको विचारहिनता र देशमा राष्ट्र पक्षीय असल नीतिको अभावका कारणले हामी हिजोभन्दा आज कमजोर भएर आर्थिक, न्यायिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र राजनीतिक समस्याहरूको दलदलमा फस्ने अवस्थामा पुगेका छौं। अहिले सत्ताधारी दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, क्षेत्रीयतावादी दल तथा आफूलाई वैकल्पिक शक्तिका रूपमा चिनाउने दलहरूभित्र देखिएका विवादको मूल कारण विचार नभएर व्यक्तिगत तथा गुटगत स्वार्थमात्र हो। देश कोभिड १९ माहामारी र प्राकृतिक विपत्तिमा परेको बेलामा दलहरूभित्रको झगडा र आरोपप्रत्यारोप  हुनुका पछाडि ईर्ष्या, प्रतिसोध र व्यक्तिगत स्वार्थसँगै बाह्य चलखेल पनि हो।

नेकपाभित्र जसरी प्रधानमन्त्री परिवर्तन गर्ने बदनियतपूर्ण झेल भैरहेको छ, त्यसले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखानको चरितार्थ गरेको छ। यसले २०७४ सालको आम निर्वाचनमा जनतासामु गरिएको प्रतिबद्धताको खिल्लीमात्र उडाएन यथास्थितिवादी दक्षिणपन्थी शक्तिहरूको मनोबल पनि बढाएको छ। आफैले तय गरेको “सम्वृद्ध नेपाल सुखी नेपाली” बनाउने नारालाई कमजोर बनाउँदैछ। सरकारका कमिकमजोरी सुधार गर्न सहयोग गर्ने र राम्रा कामलाई प्रचार गर्ने कुरा गरेरर जसरी जनताको विश्वास जित्नु पर्ने हो त्यो नगरेर प्रम तथा पार्टी अध्यक्षको राजिनामा मागेर विरोधीहरूको मनोबल बढाउँदैछन्। भारतीय सञ्चार माध्यम प्रधानमन्त्री ओलीका विरूद्ध समाचार विश्लेषण पस्कने अनि पार्टीभित्र दाहाल, खनाल र नेपाल मिलेर प्रमको राजिनामा माग्नुलाई संयोगमात्र होभनेर विश्वास गर्ने अवस्था पनि छैन्। 

मोहन विक्रम सिंह भन्छन्, “भारतले आफ्नो योजनामा प्रम ओली सहयोगी नहुने देखेपछि नेकपाभित्रैबाट अर्कोपात्रलाई प्रम बनाउने प्रयास गरिरहेको छ।” १८ आषाढ २०७७े भारतीय मिडियामा आएका खबर र नेकपाभित्र भइरहेको बबण्डर अनि मोहन विक्रम सिंहको भनाई ठ्याक्कै मिल्नु पक्कै कुनै संयोग होइनभन्ने निष्कर्ष निकाल्न सकिदैन्।

यतिखेर नेकपाले एकता प्रक्रिया टुङ्ग्याएर एकता महाधिवेसन सकिसक्नु पर्नेमा त्यतापट्टी कुनै ध्यान दिइएको छैन्। पार्टी सत्तामा कसले नेतृत्व गर्ने महाधिवेसनले निर्णय गर्ने विधि छोडेर अहिले बेला न कुबेला एक व्यक्ति एक पदको मुद्दामा अल्झिएको देख्दा हग्नेलाई भन्दा देख्नेलाई लाज जस्तो भएको छ। विचारको बहस गर्न छोडेर व्यक्ति केन्द्रीत बहसले नेकपाको साखमात्र गिरेको छैन्, नेतृत्वको क्षमतामाथि नै प्रश्न उठेको छ। तर गुट गुट बनाएर जसरी नाटक मञ्चन गरिदैछ, यसले नेकपाभित्र दास बन्ने बनाउने मनोवृत्ति विकास गरिरहेको छ। जुन प्रगतिशील लोकतान्त्रिक दलहरूका लागि सुहाउने अभ्यास होईन। त्यस्तै प्रकृतिको राजनीति नेकाभित्र पनि भइरहेको छ। महाधिवेसन नजिकिदै गर्दा एक पक्षले अर्को पक्षलाई कमजोर देखाउन अप्राकृतिक आरोप लगाई रहेका छन्। लोकतान्त्रिक भनिने दलहरूलाई यस्ता क्रियाकलापहरूले क्षतिमात्र गर्छ।

यतिखेर नेकपाले एकता प्रक्रिया टुङ्ग्याएर एकता महाधिवेसन सकिसक्नु पर्नेमा त्यतापट्टी कुनै ध्यान दिइएको छैन्। पार्टी सत्तामा कसले नेतृत्व गर्ने महाधिवेसनले निर्णय गर्ने विधि छोडेर अहिले बेला न कुबेला एक व्यक्ति एक पदको मुद्दामा अल्झिएको देख्दा हग्नेलाई भन्दा देख्नेलाई लाज जस्तो भएको छ। विचारको बहस गर्न छोडेर व्यक्ति केन्द्रीत बहसले नेकपाको साखमात्र गिरेको छैन्, नेतृत्वको क्षमतामाथि नै प्रश्न उठेको छ। तर गुट गुट बनाएर जसरी नाटक मञ्चन गरिदैछ, यसले नेकपाभित्र दास बन्ने बनाउने मनोवृत्ति विकास गरिरहेको छ। जुन प्रगतिशील लोकतान्त्रिक दलहरूका लागि सुहाउने अभ्यास होईन। त्यस्तै प्रकृतिको राजनीति नेकाभित्र पनि भइरहेको छ। महाधिवेसन नजिकिदै गर्दा एक पक्षले अर्को पक्षलाई कमजोर देखाउन अप्राकृतिक आरोप लगाई रहेका छन्। लोकतान्त्रिक भनिने दलहरूलाई यस्ता क्रियाकलापहरूले क्षतिमात्र गर्छ।

“नेपालमा विचार केन्द्रीत राजनीतिभन्दा व्यक्ति र गुट केन्द्रीत राजनीति हावी हुँदा गाउँघरदेखि सहरसम्मको चेतना भ्रमहरूबाट प्रभावित र भिंडहरूबाट निर्देशित भइरहेको छ। यो लोकतान्त्रिक गणतन्त्रका लागि मुख्य चुनौति हो।” यी चुनौतिलाई अवसरका रूपमा बदलेर नेकपा र नेकाको नेतृत्वले आफुलाई राजनेता बनाउने सुवर्ण मौका पाएका छन्।

राजनीतिक नेतृत्वले अरूले दिने सुझावभन्दा आफ्नै अनुभव र अभ्यासलाई आधार बनाएर आफ्नो विचार, नीति र गतिविधिहरूलाई मूल्याङ्कन गर्न सक्नुपर्छ। अनिमात्र आलोचनाहरूलाई सकारात्मक ढंगले बुझ्ने र कमजोरीलाई सुधारेर प्रभाव र दक्षता बढाउने क्षमता प्राप्त हुन्छ। अहिले दलहरूमा देखिएको विवाद विचारमा भन्दा पदमा भइरहेको छ। नेपालको नक्शा मुद्दामा अभूतपूर्ण राष्ट्रिय एकता देखाएर संविधान संसोधन गर्न सफल भएका नेतृत्वहरू एकाएक किन एकअर्का विरूद्ध विष वमन गर्दैछन् ? नागरिकता मुद्दामा विभाजित किन भए ? यसका पछाडिका कारणहरू नखोजी कुबेलामा प्रधानमन्त्री परिवर्तनको मुद्दा उठाउनु कुनै पनि कोणबाट स्वभाविक देखिदैन्।

नेपालमा सलह र राजनीतिक कलह दक्षिणतिर बाट नै छिर्यो। सौभाग्य नै भन्नुपर्छ, मौसम अनुकुल नहुँदा सलहले त्यति क्षति गर्न सकेन। तर राजनीतिक कलह समाप्त गर्न राजनीतिले विचार खोजेको छ। नेकपाले जनताको बहुदलीय जनवाद अनि नेकाले प्रजातान्त्रिक समाजवादलाई मुख्य विचार बनाउने होभने मात्रै राजनीतिक कलह खतम हुनेछ। अब नेकपा र नेकाका पछिल्लो पुस्ताले पार्टी जोगाउने होभने विचारविनाका गुटहरू भत्काउनु पर्छ। पुस्तान्तरणको मुद्दालाई चर्काउनु पर्छ। पछिल्लो पुस्ताले बुझ्नुपर्छ, विवादित राजनीति र विभाजित नेतृत्व भएसम्म नेपाल बाह्य शक्तिका लागि सधैं उर्बर भूमि भैरहन्छ। अस्थिर नेपालले मात्र उनिहरूको उद्देश्यहरू पूरा गर्न सक्छ। त्यसकै लागि उनीहरूले नेपालमा प्रत्यक्ष अप्रत्यक्ष लगानी गरिरहेका छन्। हामी मूर्ख बनेर त्यहि लगानीमा रमाइ रहेका छौं।

मूर्ख आफू पनि जान्दैन

अरूलाई पनि मान्दैन।

तर्क, शंका, उपहास गरी

आफ्नो हात माथि पार्छ।

मूर्कको मूर्खता देखेर

विद्वान जब चुप लाग्छ।

तब मूर्खले आफूलाई 

सफल अनि महान ठान्छ।  बुद्ध

आज तिनै विद्वान मूर्खहरूको चपेटामा नेपालको राजनीति जकडिएको छ। फेरि तिनलाई राजनीतिबाट बाहिर राख्न विचार र नीति प्रधान राजनीतिले आफ्नो पकड बलियो बनाउन पनि सकेको छैन्। त्यसमाथि उपयोगितावादको खराब बादलले विचारको वर्षा हुन पनि दिएको छैन्। हामीले बुझ्नुपर्थ्यो, अरूलाई उपयोग गर्दागर्दै आफै उपयोग हुने, आफू र अरूलाई बर्वाद पार्ने वादलाई उपयोगितावाद भनिन्छ। अब देशलाई उपयोगितावादको दुस्चक्रबाट जोगाउँदै राजनीति र कुटनीतिलाई जनमूखी र देशमूखी बनाउनु परेको छ। नेकपाको आन्तरिक राजनीति गिजोलिंदा नेकपामा मात्र होइन,  देशकै राजनीति संकटमा परेको छ। बाह्य हस्तक्षेप नदेखिने गरी बढेको छ। जनताले नेकपालाई राजनीतिक स्थिरता हुन्छ, देशमा सम्वृद्धिको यात्रा अघि बढ्छ, सुशासन कायम हुन्छ, कल्याणकारी अवधारणाबमोजिम राज्य चल्छ। नौ नौ महिनामा सरकार फेर्ने चक्र तोडिन्छ र पाँचै वर्ष एउटा सरकार कायम हुन्छभन्ने विश्वासका साथ मत दिएका थिए। तर अहिले त्यो विश्वासमाथि प्रहार हुन खोजेको छ।

विचार प्रधान राजनीति हावी हुन थाल्योभने दलहरूमा देखिएको विवाद, असंगतिपूर्ण व्यवहार र विकृतिहरू हट्ने छन्। अनि अन्तरविरोधमा खेल्ने आन्तरिक तथा बाह्य शक्तिहरू आफै सकिने छन्। अब नेकपा यथास्थितिमा अघि बढ्न सक्ने देखिएन। फेरि महाधिवेननपछि ओली, दाहाल, खनाल, नेपाल, गौतम, श्रेष्ठ र थापा पुस्ताहरूले नेकपालाई नेतृत्व दिइरहने वैचारिक तथा वस्तुगत आधार पनि रहेन। त्यसैले पार्टीभित्र विचार केन्द्रीत बहस व्यापाक बनाउँदै अब हुने महाधिवेशनबाट नेतत्व पुस्तान्तरण सुनिश्चित गर्नुपर्छ। अबको आम निर्वाचनपछि नयाँ पुस्ताले सरकारको नेतृत्व गर्ने आधार तयार गर्न पनि पुस्तान्तरणको मुद्दालाई बलियोसँग उठाउनु पर्छ। त्यसैगरी नेकाभित्र पनि सभापति देउवा र वरिष्ठ नेता पौडेल पुस्ताको विकल्प खोज्न नयाँ पुस्ता तयार हुनुपर्छ।

हिजो शस्त्रअस्त्र चलाएर जनमन तर्साएर नेता बनेकाहरू शास्त्र, विचार र विवेकबाट चल्नुपर्छ र वैचारिक मान्यताका साथ जनमन जितेर श्रेष्ठता हासिल गर्नुपर्छ भन्दा बरबराउन थालेका छन्। अनि तिनका पछि लाग्नेहरूले त राजनीतिक विवेकका साथ लेख्ने बोल्ने आँट गर्ने कुरा नै भएन। तर कामबाट श्रेष्ठता हासिल गर्नुपर्छभन्ने विचारबाट दिक्षित नेता तथा कार्यकर्ता पनि बिग्रिएको देख्दा लज्जा बोध हुन्छ। तरपनि तिनीहरू आफूमात्र निष्ठावान अरू सबै बेइमान भनेर आफैंले आफ्नो प्रशंसा गरेर रमाउँदैछन्।

प्रम ओलीको बाध्यताको खेल

दाहालको उपयोगितावादको झेल

नेपालको ईर्ष्या डाह अनि

खनालको शितल निवास मोहले

नेकपाभित्र बबण्डर भो

जनताको जनवादभित्र बहुलीयता हुन्छ कि हुँदैन ? बुझेसम्म हुन्छ। रूपमा जनताको जनवाद भनेतापनि सारमा त्यो जनताको बहुदलीय जनवाद नै हो। तर यसलाई जनताको बहुदलीय जनवाद भनेर भन्न दाहालहरूलाई महाधिवेशन अघिसम्म कठीन हुने भएतापनि आन्तरिक पार्टी जीवनमा विचारको बहसभने खुल्ला गरेर नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षित गर्नुपर्ने हो। तर वैचारिक पक्षलाई चटक्कै छोडेर जसरी नेकपाका मुख्य नेताहरू पद र कुर्सीका लागि सार्वजनिक रूपमा बरालीएका छन्, यसले उनीहरूमा मार्क्सवादी चरित्र स्खलित हुँदै गएको संकेत गर्छ ।