दयालबहादुर शाही

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालमा मेल खाने एउटा गुण छ । त्यो गुण हो, मिल्नेसँग नौनीको डल्लो बन्न सक्ने र चिल्नेसँग बिच्छीको चल्लो बन्न सक्ने कला । नेताद्वयमा पृथक दुई गुण पनि छन् । मूलतः ओलीमा होश र विवेकको पल्ला भारी छ भने प्रचण्डलाई प्रचण्ड बनाउने रसायन खास गरी जोश र व्रmान्ति धर्म नै हो । नेताद्वयको यही स्वभाव हिजोसम्म वामपन्थीहरुको फुट र विभाजनमा राजनीतिक रोजगार सृजना गर्ने जतिका लागि पोषण बनेको थियो । आज भ्रमको पर्दा च्यातिएको छ र सत्यको वहाली भएको छ । नेताद्वय बीच चलेको त्याग, सद्भाव र समझदारीको यो जुहारी देश र जनताको लागि वरदान सावित हुँदैछ ।

देश बन्ने दिलले हो । एक असल राजनेताको राजनीतिक श्रेष्ठताको कसी उसको नबांगिएको नियत नै हो । महाकवि देवकोटाले मानिस ठूलो दिलले हुन्छ भनेर त्यसै भनेका होइनन् । एसएस राजामौलीद्वारा निर्देशित साउथ इण्डियन चलचित्र वाहुवलीले गृह निमार्णका लागि चाहिने मूल तत्व महान् ह्रदय नै हो भन्ने सन्देश दिएको छ । जनतालाई खेलौना ठानेर सत्ताको वलमा सत्य, शील र सत्कर्मलाई तपसिलमा पार्ने र न्यायलाई कुल्चन खोज्ने राजा जेठाजु भल्लालदेव र सासु राजमाता शिवगामी देवीलाई कटाक्ष गर्दै नायिका देवसेना ओझपूर्ण ढंगले भन्छिन्–‘एक महान् साम्राज्य बढा बढा प्रतिमा र उचा उचा सिंहासनले बन्दैन, एक विशाल ह्रदयले बन्छ ।’ 
 
जननेता मदन भण्डारीले हाम्रा भगवान भनेका नबोल्ने ढुंगाका देउताहरु होइनन्, जीवित जनता हुन् भनेर नेपालका कम्युनिष्टलाई जनदेवताको उपासकका रुपमा उभ्याउनमा जोड दिनु भयो । बास्तवमा जनताको दिलमा बस्न सक्ने राजनीतिक शक्ति मात्र भिरको डिलमा पुग्नबाट जोगिन सक्छ । आज इतिहासको कठघरामा एक प्रश्न खडा छ– देश, देशवासी, लोकतन्त्र, स्थायी शान्ति, राजनीतिक स्थायित्व, समृद्धि र स्वाभिमानका लागि चाहिएको दिल र शीलको आपूर्ति नेपाल कम्युनिष्ट पार्टीले गर्न सक्छ वा सक्दैन ? 

यसको सकारात्मक उत्तर सकभर पार्टीव्यापी रुपमा, त्यो नभए न्युनतम रुपमा ओली र प्रचण्डका बीचमा भावनात्मक सम्बन्धको विकास र त्यसको निरन्तरतामा निर्भर रहने छ । दुवै पार्टीका शीर्ष तहका आधा दर्जन नेता बीचको रणनीतिक दाउपेच र बाध्यताको सहकार्यले त यति ठूलो सफलता संभव भएको छ भने भावनात्मक एकता, विचारको राजनीति, लक्ष्यवर्ती नेतृत्वको पोषण मिल्ने हो भने कम्तीमा पनि असी र नब्बेको दशक कम्युनिष्टको दशक बन्ने छ । कम्युनिष्टहरुले पाएको यो सफलता र अवसर च्यांग्रालाई वल हान्नु पहिले गर्दन माथिका रौं काट्नु जत्तिकै सुरुवाती सफलता मात्र हो । 

कम्युनिष्ट चुकेको खण्डमा कांग्रेसले खाएको यो धक्का च्यांग्राको गर्दनका रौ खौराई मात्र हुनेछ, मार खाएको मानिने छैन । यसर्थ समयले वामपन्थीहरुको परीक्षा लिएको छ । एमाले र माओवादीले पाएको व्रmेज र जनविश्वासको इनिङ नेतृत्वले बसाल्न सक्नु पर्ने भावनात्मक एकताको जगमा निर्भर छ । यसका लागि आग्रह वा अनुरोध भन्दा पनि के कस्तो भौतिक र सवेदनागत पक्षले यी दुई शक्ति एकतालाई संभव पा¥यो, एकतालाई दिगो दरिलो पार्ने आधार के हो र चुनौतीको चौघेरो र चाँङ कस्तो जस्ता पक्षमा विमर्श आवश्यक छ । 

माओवादीमा प्रचण्ड लगातार तीन दशकसम्म मियोका रुपमा रहेकै बेला एमाले अध्यक्ष र संसदीय दलको नेतामा केपी ओली निर्वाचित भएपछि एमालेमा नेतृत्व एकातिर नीति अर्कोतिर रहेको विसंगतिको अन्त्य हुनु नै यो राजनीति परिदृश्यको जननी थियो । सर्वप्रथम त ओली प्रचण्डको संवादको ढोका खुल्नु जरुरी थियो । किनकी हामीलाई यो थाह छ कि रोटी पाक्न बिँड तातेर हुँदैन, ताबा नै तात्नु पर्छ । एमाले ओलीमय भएपछि बाक्लै चिन्ता र अनुमान गरिएको थियो कि कडा स्वभावका ओलीका कारण कतै संस्थापन पक्षका हस्तीहरु, कोइराला बन्धुहरु, माधवकुमार नेपाल र झलनाथ खनालले जुक्तिले बचाएको विरासत फेरि दाउमा पर्ने त होइन ? भीडबाट प्रभावित नभएर ओलीमाथि विश्वास गर्ने एमालेको पंतिमा भने आशावादिता र आँट भरपूर थियो । रोटी चिल्ला मीठा, कुरा खर्चा मीठाको सत्यलाई आत्मसाथ गर्ने व्यवहारवादी राजनीतिका पक्षधर जतिमा भने कुनै डगमग र चिन्ता थिएन । चिल्ला र कोमल पातका टपरी हेर्नका लागि शोभा मात्र हुन्, भार थेग्ने सामथ्र्य त खस्रा र दह्रा पातले बनेका टपरीमा हुन्छ । कसैले पत्याउन त के अनुमान लगाउन नसके पनि एमालेको एक पंत्ति यसप्रकारको चेतमा मानमाथिको भुक्तमान थियो । 

मिल्नेसँग नौनीको डल्लो र चिल्नेसँग बिच्छीको चल्लो हुने स्कुलिङ्गको यो पंत्ति सबैसँग संम्वाद र संघर्षको महत्वलाई राम्ररी जान्दथ्यो । तरबारका अगाडि गर्दन थाप, गोलीलाई छात्तीले प्रतिवाद गर तर सत्यको आवाज दबाएर नराख, जनताको शक्तिमा विश्वास गर, जनताको कोपदेखि मात्र डराऊको आदर्शबाट प्रेरित त्यही पंक्तिले थामेको संघर्ष र संवाद धर्मको आज जित भएको छ र एमालेका वैचारिक नेता केपी ओली र एमाओवादीका जबरजस्त नेता पुष्पकमल दाहाललाई भिडाएर रोजगार सृजना गर्ने दलाल राजनीतिक कालखण्ड समाप्त भएको छ । ओलीको होश र प्रचण्डको जोसको संगमले नेपाली कम्युनिष्ट आन्दोलनले बोकेको विराट सम्भावनाहरुलाई वास्तविकतामा बदल्ने छ र नेताद्वयलाई भिडाउन खोज्नेहरुको चलाकीले अव सदाको लागि सान्दर्भिकता गुमाएको छ ।

कहिलेकाहीँ शक्ति केन्द्र, राष्ट्र र समाजले आफ्नै नाभीबाट आइरहेको बास्नाको श्रोत खोज्दै भौतारिने कस्तुरी मृगको जस्तो गल्ती गरेर दुःख पाउने गर्छन् । ओली र प्रचण्डको दुरी घटाउनुभन्दा बढाएर भौतारिने गल्ती पनि एक यस्तै दृष्टान्त थियो । यहाँ कतिपयको लत काम भन्दा आफ्नो विज्ञापन गर्न बोल्ने र लेख्ने हुन्छ । मैले भने सत्य ओझेलमा पर्ने भएपछि मात्र बाध्यताले थचारिएर बोल्नु पर्ने र लेख्नु पर्ने हुन्छ । वास्तवमा ओली र प्रचण्डलाई एक ठाउँमा नराखेरै हावामा महल लगाउनु जस्ता पहल पहिला पनि प्रशस्तै भए होलान् तर ओली र प्रचण्डलाई वार्ताको टेवलमा बस्ने पहिलो पहल गर्ने र दबाब दिने मै हुँ भन्ने सत्यको साक्षी नेताद्वय नै हुनुहुन्छ । उहाँहरुलाई निकटमा राख्ने पहलको २०६७ सालमा भए पनि पृष्ठभूमि २०६५ सालमै बनेको थियो । लोककृष्ण भट्टराई र प्राध्यापक खगेन्द्र खड्का जसले मनमोहन अधिकारी नेतृत्वको नेकपा (माक्र्सवादी) र नेकपा (माले) बीच भएको एकीकरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ दुई जनाको प्रचण्डसँगको निकटतालाई प्रयोग गरेर म अघि बढेँ । भट्टराईले २०६५ सालतिर मेरा माओवादी प्रतिका खरा टिप्पणीलाई लक्षित गरी भन्नुभयो– “प्रधानमन्त्री दाहाल, तपाईका लेख पढ्नु हुँदोरहेछ, दयाल बहादुरजी । प्रधानमन्त्रीले मलाई सोध्नु भएको थियो–‘यी विश्लेषक को हुन् ? हामीलाई पनि ड्यास दिएका हुन्छन् यिनले, आफ्ना विश्लेषणमा । आफ्ना पार्टीका नेताहरुको पनि दोहोलो काढ्न पछि पर्दैनन् । यिनको तर्क मलाई मनपर्छ ।’ दयालबहादुर शाहीे सरल र साद्गी छन् । हाम्रै सम्पर्कमा रहँदै आएको भाइ हो, भनेर मैलें भनेँ । दाइ, एक दिन दुई भाइ खाना यतै खाने गरी म कहाँ आउनु होला भन्नु भएको छ, पी एमले । एक दिन जाऔं दयालजी ।”

एमाले जीवन मरणको दोसाँधमा परेको र एमाओवादीको शेयर मूल्य र महत्वाकांक्षा आकासिएको थियो । त्यति बेला गुट झगडा पेचिलो बनेर मेरो पार्टी सदस्यता खारेजमा परेको भए पनि एमालेका प्रतिको मेरो निष्ठा खारेजीमा परेको थिएन । एमाओवादीको अन्धप्रशंसा र उन्मादको पक्षमा राजनीतिक विश्लेषक, कवि, कलाकार र अवसरवादी राजनीतिज्ञहरुले लेखन, भाषण, साहित्य, अन्तवार्ता आदि माध्यमबाट स्तुतिको बाढी ल्याएको समय थियो त्यो । कृष्णमुरारी भण्डारी कान्तिपुरमा स्तम्भ डेस्क हेर्ने गर्नुहुन्थ्यो । उहाँले स्नेह गर्दै मलाई ‘काउण्टर एट्याक’ का लागि कान्तिपुरको मैदान दिएपछि २०६५ सालभरि म एमाओवादी र एमालेभित्रको एमाओवादी परस्त धारसँग आम्नेसाम्ने भएर भिडिरहेँ । भट्टराईसँग प्रचण्डलाई भेट्न जाने हो भने पैदा हुने मोह मोलाहिजाले एमालेलाई नोक्सान पुग्न सक्छ भन्ने लाग्यो । मदन भण्डारीलाई धेरै बाँच्न दिएनन् । मनमोहन अधिकारीको असामयिक निधनको मार पनि एमालेमाथि नै प¥यो । 

मोदनाथ प्रश्रित जस्ता सिद्धहस्त ‘कलमवीर’ ले एमाले पछारिएको बेला राजनीतिक सन्यास लिनु भयो । प्रकाशमान सिंहबाट काठमाडौं १ नम्बर क्षेत्रबाट पराजीत भएपछि प्रदीप नेपालले पनि अखवारी झडपको मैदान छोडी उपन्यास लेखनमा तीव्रता दिनु भयो । माधवकुमार नेपाल र केपी ओलीका आवाजलाई ‘हरुवा’ भनेर सिँधै खारेज गरिदै थियो । मैले समेत आफ्नो ‘कलम’ को गियर घट्ने गरी प्रचण्डसँग उठबस गरेँ भने एमाले कहाँ पुग्ला भन्ने लाग्यो । भट्टराईलाई उत्तर दिएँ– “दाइ, प्रचण्ड अहिले मेरो पार्टी एमालेलाई समाप्त पार्ने दाऊमा हुनुहुन्छ । मैले उहाँकोमा गएर मेरो पार्टी संकटमा परेको बेला स्वाभिमानहीन भएर उहाँकोमा उठबस गर्नु हुँदैन । मैले मोलाहिजामा परेर लेखनीबाट आक्रमणको पारो घटाउनु छैन । एमालेको महाविधेशनको परिणाम हेरौं । ओलीले जीतेपछि यी दुई नेतालाई मिलाउने पहल गरौंला ।”

प्रचण्ड–ओली बीचको कटुता झन् झन् चरम बन्यो । माओवादी कार्यकर्ताहरुले एमालेको आठौं महाधिवेशनका प्रतिनिधिहरुलाई ओलीलाई भोट हालेमा ज्यानको आशा नगर्नु भन्ने एसएमएस पठाइरहे । एमाले नेतृत्वले पनि यसबारे खण्डन गर्न उचित ठानेन । त्यसपछि मेरो सम्पर्कमा प्रा. खगेन्द्र खड्का आउनु भयो । खेलकुदमा पीएलएको संलग्नताका लागि एमाओवादीले गरेको मर्यादाको उल्लंघनको बेला खड्काले प्रधानमन्त्री दाहाललाई सुझाव लेख्दा मसँग सहयोग माग्नु भयो । मैले भने–“तपाई मनमोहन अधिकारीको ज्वाँइ पनि हो । २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा तपाईले नजिकबाट सहयोग गर्नु भयो । आज पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्ती हुँदा पनि तपाई नजिक नै हुनुहुन्छ । यसरी यस मुलुकका दुई जना वामपन्थी प्रधानमन्त्रीको नजिक रहेको एकमात्र व्यक्ति तपाई मात्र हुनुहुन्छ । सक्नुहुन्छ भने प्रचण्डलाई सुझाव लेखेर दिनुहोस्– ‘जुन जुन शक्ति केन्द्र र दलाल राजनीतिज्ञहरु प्रचण्ड र ओली बीचमा दूरि बढाउन खोज्दैछन् तिनीहरुकै कारण प्रचण्ड नेतृत्वको यो सरकार पनि मनमोहन सरकारझैं नौ महिनाभित्रै ढल्ने छ । किनकी एक त एमालेकै सहयोगमा प्रचण्डको सरकार टिकेको छ । दोश्रो अध्यक्ष पदमा पराजीत भए पनि लेनिनवादी संगठनात्मक सिद्धान्तबाट चल्ने कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीमा ओलीको पक्षमा बहुमत छ । केन्द्रीय कमिटीको वहुमत  कम्युनिष्ट पार्टीमा महत्वपूर्ण मात्र नभई सबैथोक पनि हो । ओली सँधै रक्षात्मक रहने अवस्था छैन । यसरी नै ओलीप्रति अपमान र तिरस्कार जारी रह्यो भने कुनै पनि निहुँमा एमाले सरकारबाट अलग हुनसक्छ ।”

प्रा.खड्काले सुझावमा मेरा कुरा समावेश गरे नगरेको थाह भएन । जब प्रचण्डको सरकार ढल्यो तब खड्का सरले मलाई ‘राजनीतिक भविष्य वक्ता’ भनेर सह्राहना गर्नु भयो । पछि सोधेपछि  खड्का सरले भन्नुभयो– “के गर्नुहुन्छ ? तपाइँको कुरा मैले जस्ताको तस्तै राखेकै हो । चार्ली चाप्लिन कमरेडले सुनिनै दिएनन् ।’ माधव नेपालको सरकार बन्यो र विस्थापित भयो । झलनाथ खनाल प्रधानमन्त्री बन्नु भयो । गृहमन्त्री चयन प्रकरणमा उहाँको ‘टे«डमार्क’ एमाले हो वा एमाओवादी छुट्याउन गाह्रो प¥यो । अन्ततः उहाँले आफु माओवादीको रबर स्ट्याम्प सावित हुने गरी गृह मन्त्रालय माओवादीलाई दिनु भयो । प्रधानमन्त्री निवास वालुवाटारमा भेटका लागि पुग्नु भएका ओलीलाई खनालले गेटबाटै फिर्ता गराउनु भयो । यसरी खनाल प्रधानमन्त्री रहिरहेसम्म एमालेको आन्तरिक जीवन जटिल हुने देखियो ।

दाससँग भन्दा मालिकसँग वार्ता गर्नु ठीक हुन्छ भन्ने लाग्यो । प्रा खड्काले प्रचण्डसँग मेरो भेटका लागि चाँजोपाँजो मिलाउनु भयो । बाहिर चर्का अभिव्यक्तिका कारण छवि भिन्नै बने पनि प्रचण्ड सोचेभन्दा बढी सरल हुनुहुँदो रहेछ । उहाँले भन्नुभयो–“दयालजी ओलीसँग हेलो हाई हुन्छ तर हर्टली कुरा हुँदैन । सहकार्यका लागि अल्पकालीन र दीर्घकालीन खाकाहरु ल्याउनुहोस् म तयार छु ।” प्रचण्डलाई यति कुरा मनाउन मैले आफ्ना धारणाहरु यसरी राखेको थिएँ–“२००७ सालमा राजा र वीपी बीचको सम्झौताले यो आधा शताब्दीमा हाबी काँग्रेस र राजा नै भए । २०४६ सालमा एमालेले कांग्रेस र दरबारसँग त्रिपक्षीय संम्झाताका लागि हात अघि बढाएको परिणाम स्वरुप यी दुई दशकमा एमाले पनि स्थापित भयो । २०६२÷६३ बाट सुरु भएको काँग्रेस, एमाले र एमाओवादी बीचको सहकार्यलाई सार्थक पार्न यी तीनै पार्टीका ‘जग’ मिल्नुपर्छ । काँग्रेसको जग यतिखेर सुशील कोइराला हुनुहुन्छ । 

एमालेको जग पदमा नरहे पनि केपी ओली नै हुनुहुन्छ । एमाओवादीको मियो तपाई नै हो । तपाईँको निवासको गेटभित्र पस्नासाथ माओवादीको भाषा बोल्ने र एमाले भएको बिर्सिहाल्ने भएकाले तपाइँकोमा धाउने एमालेको भर नपर्नुहोस् । सक्कली एमालेसँग तपाईको भेट भएको छैन । खनालको प्रयोग कुलबहादुर खड्काको जस्तै एक निम्छरो प्रकारको प्रयोग हो । यस प्रकारको घातप्रतिघातले समाधान आउँदैन । तपाई र ओली मिल्नुहोस् र नेपाली काँग्रेसलाई पनि पर नराख्नु होस् । यसो गर्दा मात्र सहमती जुट्छ र संविधान बन्छ । कृष्णप्रसाद भट्टराईले २०४७ सालमा ७ महिनामा संविधान दिनुभयो र १ वर्षमा आम निर्वाचन सम्पन्न गर्नुभयो । २०६५ यताका तीन जना वामपन्थी प्रधानमन्त्रीले देशलाई संविधान दिन सक्नु भएन । हामी कार्यकर्ताहरु अहिले अदपमा परेर चुप लागौला तर २०९० सालतिर इतिहासकारहरु यसै भन्न बाध्य हुने छैनन् ।” 

त्यसपछि मैले ओलीलाई यसबारे रिपोर्टिङ्ग गरेँ । बालुवाटारबाट अपमानपूर्ण ढंगले प्रवेश नदिएर प्रधानमन्त्री खनालले ओलीलाई फिर्ता पठाइदिनु भएको थियो । मान अपमानबाट परिचित ओलीका लागि खनालको तिरस्कार नौलो र ठूलो कुरा थिएन तर राज्य संयन्त्रको दुरुपयोग र वाईसिएलको उद्दण्डताको फ्युजन गरीं एक अर्को चुनाव जितेर पहिला एमाले, त्यसपछि लोकतन्त्र समाप्त पार्ने दाऊमा रहेको माओवादीको सावधानीबारे ध्यानाआकर्षण गराएँ । गृह मन्त्रालय प्रतिको माओवादीको मोह र पान्डुराको बाकस सुम्पिने शैलीमा खनालले कृष्णबहादुर महरालाई प्रदान गरेको गृह मन्त्रीको कार्यभार एमालेको लागि मुटु नजिकै राखिएको छुरी जत्तिकै घातक थियो । अमेरिकाले शीतयुद्ध कालमा रुसी राष्ट्रपति मिखाइल सेर्गेइ गोर्वाचोभलाई उपयोग गरेर सोभियत संघको विघठनलाई संभव र सुगम पारेझै झलनाथ कमरेडलाई प्रधानमन्त्री बनाएर उपयोग गरी माओवादीले एमाले नेताहरुलाई भैसीको मासु सिँगको अचानो गरी समाप्त पार्ने मेरो ठहर सुनिरहँदा ओली प्रफुल्ल देखिनु हुन्थ्यो । दासभन्दा मालिकसँगै वार्ता गर्नु उपयुक्त हुने मेरो सुझावको प्रतिउत्तरमा ओलीले भन्नुभयो–“वार्तामा बस्नुको अर्थ ठग्नु वा ठगिनु होइन । प्रचण्डभन्दा म उमेरले पनि जेठो हुँ । राजनीतिमा पनि पहिला नै आएको हुँ । उहाँले सबैलाई ठगिसक्नु भयो । ठगिन बाँकी मै मात्रै छु । तैपनि वार्तामा म तयार छु । दाससँग होइन वार्ता मालिकसँगै गर्ने हो ।”

पछिल्ला आउजाउबाट थाहा भयो उहाँहरुबीच कतै वार्ताहरु भए । यो खबर सुनेपछि खड्का सर अति खुशी हुनु भो । मनमोहन कमरेडका ज्वाइँ खड्का सरले पुरानो प्रसंग कोट्उदै भन्नु भो–‘हिजो मनमोहन र मदनजीलाई मिल्न नदिने धेरै थिए माक्र्सवादीमा । मदनले यो भने, त्यो भने भनेर मनमोहनलाई उच्काउने गरिन्थ्यो । मिल्नु पर्छ भनेर मनमोहनलाई सम्झाउने लोककृष्ण भट्टराई र म मात्र थियौं । तपाईँले भनेको मनमोहन कमरेड मान्नु हुन्छ, सम्झाउनु प¥यो भनेर मदनजी मलाई भन्नुहुन्थ्यो । म मनमोहनसँग अलि कडै भएर भन्थेँ– “बाबा, मालेसँग नमिल्ने हो भने तपाइँले मलामी नपाउने दिन आउने छन् । परिस्थिति बिग्रियो भने अहिले नमिलौं भनेर तपाइँलाई गलत सल्लाह दिने जतिले तपाईको साथ छाड्ने छन् । भाइ र छोरा पनि रहने छैनन् । अरु कोही पनि मलामी नआएपछि म एक्लो ज्वाइँ काठको खुट्टापट्टिको भाग बोकुला कि टाउको पट्टिको भाग ?’

खड्का सरको प्रयास ओली र प्रचण्ड मिलाएर मनमोहन र मदनको मेलमिलापको नयाँ संस्करण निकाल्ने थियो । एजेण्डा बिना व्यापारीको पहलमा कतै भएका वार्ता खानपिन प्रधान भए तर उपलब्धिपूर्ण हुन सकेनन् । लगत्तै माओवादीमा खतरनाक धोवीघाट गठबन्धन बन्यो । आफ्नै अध्यक्षताको स्थायी कमिटी बैठक बहिष्कार गरेपछि खनालको गोर्वाचोभ औतार एमाले कार्यकर्ता र जनताको अदालतमा रामै्रसँग उदांग भयो । जागेको एमालेमा धेरै खेल्न नसकिने निष्कर्षमा पुगेर एमाओवादीले पनि काँध थाप्न छाडेपछि खनाल सरकार ढल्यो । प्रचण्डको सरकार रक्षाका लागि चाहिएको विवेकको ढाल निष्व्रिmय पारी डा. बाबुराम भट्टराईले अहंकार, प्रतिशोध र अदूरदर्शिताको पारो बढाउनुको रहस्य सतहमा आयो । प्रचण्ड नेतृत्वको सरकारलाई एमाले र कांग्रेससँग ठोक्काएर देश बनाउने मौकासँग हात धोए पनि डा. भट्टराईले केवल सिंहदरवारमा फोटो झुण्ड्याउने दौड जित्नु भयो र प्रधानमन्त्री बन्नु भयो । संविधान सभा भंग भयो । भट्टराई सरकार विस्थापित भई खिलराज रेग्मीको अध्यक्षतामा चुनावी सरकार बन्यो । यी सबै घटनाले पुष्टि हुन्छ कि ओली र प्रचण्ड मिलाउने प्रारम्भिक प्रयासहरु सार्थक र फलदायी हुन सकेनन् ।

दुई जिउँदा कम्युनिष्ट पार्टी एमाले र माओवादी तथा दुई जिउँदा नेता ओली र प्रचण्डलाई भिडाएर नेपालको बामपन्थी आन्दोलनलाई तहसनहस पार्ने खेल एक दशक यता खुबै भए । नेपालमा रहेका पश्चिमा कूटनीतिज्ञहरुले विभाजित कांग्रेस एक नभई जनआन्दोलन सफल हुँदैन भनेका थिए । तर कहीँकतै पनि कसैले कम्युनिष्ट घटकहरु बीच दूरी घट्नु पर्छ भनेनन् । यसबाट धेरैको रुचि कम्युनिष्टहरु भिडाउने रहेको थाह पाउन सकिन्छ । २०६४ र २०७० को चुनावी परिणामले यी दुई बाघ संगठनहरु एक अर्काका बाधक होइनन् बरु साधक हुन् र मिल्नु पर्छ भन्ने देखाएको थियो । वामपन्थीको फाटोमा खेल्ने कांग्रेसको चलाकीलाई एमाले र माओवादीले यस पटक मुहतोड जवाफ दिएका छन् । आफ्नो उन्नति चाहने शक्तिले पूर्वाग्रही होइन खुलाखुलस्त हुनु पर्छ र तर्कलाई स्थान दिनुपर्छ । चुनावको बेलाका मेरा खरा टिप्पणीबाट प्रचण्ड रुष्ट भएकाले २०७० पछि मैले भेट पाएको छैन । जे होस् पछिल्लो समयमा दुबै पार्टीका नेताहरुको पहलमा ओली र प्रचण्डको हुनै पर्ने मिलन संभव भएको छ । ओली र प्रचण्ड मिलनले नेताद्वय बीचको फाटोबाट रोजगार सृजना गर्ने बेरोजगार हुनेछन् ।
 
आफ्नो समयमा राजा महेन्द्र, बिपी र पुष्पलाल मिल्न नसक्दा वा यी तीन नेतालाई भिडाउने पक्ष हाबी हुँदा नेपालले गोता खानु प¥यो । २०४८ सालमा कांग्रेस उत्कर्षमा पुगेको बेला नेतात्रय गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसाद बीच भावनात्मक एकता भएर वामपन्थी शक्तिलाई पनि गृहनिर्माणमा साथ लिन जानेको भए काग्रेस नै यो देशको तारनहार बन्ने थियो । २०५४ मा एमाले र २०६४ सालमा माओवादीलाई आफु भला त जगत भलाको अवसर मिलेकै हो । आन्तरिक एकता र अरुलाई साथमा लिनु पर्ने दोहोरा कार्यभार वहनमा एमाले र माओवादी दुबै शक्ति चुके । बिगतको भुल सुधारेर मातृभूमिको पोल्टामा सौभाग्य थमाउने विरलाकोटीको अवसर यसपटक एकीकृत कम्युनिष्ट पार्टीले पाएको छ । पुष्पलाल र मोहन विव्रmमको पालादेखि सुरु भएको कम्युनिष्ट पार्टीको विभाजनको विषखेती विचार, कार्यदिशा, नेतृत्वको महत्वाकांक्षा, बाह्य चासो र चलखेलको मलजलमा केही दशक फस्टाएकै हो । गुटफुटको विषखेतीको फडानी गर्ने इमान्दार प्रयास गरेको श्रेय मनमोहन अधिकारी र मदन भण्डारीलाई जान्छ । यसको जरो उखेल्ने सपना र योजना भए पनि भण्डारी र अधिकारीमाथि समयचव्रm निर्मम भयो । अब ती अधूरा सपनालाई वास्तविकतामा वदल्दै लोकतन्त्रलाई नाना, छाना र दानाको भाषामा अनुवाद गर्नु पर्ने दायित्य ओली, दाहाल र नेपाल त्रिमुर्तिको काँधमा छ ।