कायरोमा चर्चमा भीषण हमला, २५ को ज्यान गयो


Monday, 12 Dec, 2016 1:26 PM

कायरो, २७ मङ्सिर – इजिप्टको राजधानी कायरोमा रहेको एक चर्चमा भीषण हमला भएको छ ।  हमलामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । 
इजिप्टेली अधिकारीहरुले सो हमलामा परी अरु कम्तीमा पनि ४९ जना नराम्ररी घाइते भएका जनाएका छन् । क्रिस्मसको समय सुरु हुन लागेको बेला यो हमला भएको छ । 


 विश्वका अरु पनि केही देशबाट प्राप्त समाचारहरुमा विभिन्न स्थानमा यस्ता हमलाहरु भएका छन् । क्रिश्मसको समय सुरु हुन लागेकै बेला यस्तो हमला भएको जनाइएको छ । 


कायरोको एक कोप्टिक क्याथेडल चर्चमा यस्तो हमला भएको हो । इजिप्टको विदेशमन्त्रालयले आइतबार अबेर राति सो हमलाको बारेमा एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ । 


सो हमलामा भएको क्षतिको विवरण लिने काम भइरहेको छ । सुरक्षाकर्मीले सो हमलामा व्यापक मात्रामा क्षति भएको जनाएका छन् । 
त्यस क्षेत्रमा रहेको चर्चमा यसअघि पनि उनीहरुले हमलाको प्रयास गरेका थिए । 


आइतबार अपरान्ह बम हमला गरिएको हो । तर आक्रमणको जिम्मेवारी भने अहिलेसम्म कसैले पनि लिएको छैन । सो आक्रमणमा भएको क्षतिको विवरण संकलन भइरहेको सुरक्षाअधिकारीहरुले जनाएका छन् । 


उक्त बम आक्रमणपछि कायरोमा रहेका अरु चर्चहरुमा पनि सुरक्षाको कडा निगरानी गरिएको बताइएको छ । आइतबार उक्त चर्चमा प्रार्थनामा रहेका बेला एक अज्ञात व्यक्तिले सो चर्चभित्र बम हानेको अधिकारीहरुले जानकारी दिएका छन् । 


सो बम हमलाको संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले निन्दा गर्नुभएको छ । उहाँले सो हमलाले मानवता विरुद्धको अपराध गरेको जनाएका छन् । 
उनले नागरिकको शान्तिपूर्ण रुपमा बाँच्न पाउने अधिकारका विरुद्ध यसरी गरिएको अपराध निन्दनीय हो भन्दै यस आक्रमणमा सम्लग्नलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् ।


मुनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ– नागरिकको बाँच्न पाउने अधिकारको सम्मान गर्नु सबैको कर्तव्य हो  । 


महासचिव बानले उक्त हमलामा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पणगर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । 
त्यसैगरी, युरोपेली युनियनले पनि सो हमलाको निन्दा गरेको छ । उक्त हमलामा परी ज्यान गुमाएका व्यक्तिको परिवारप्रति समवेदना व्यक्त गरेको छ । 
इयूले यस हमलामा सम्लग्नहरुलाई कडा भन्दा कडा कारबाहीको पनि माग गरेको छ । रासस ÷सिन्ह्वा 
 

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीले अचानक वालुवाटार बोलाएपछि मोर्चाको बैठक सुरु 

प्रधानमन्त्री दाहालले साँझ ७ बजेको समयमा छलफलका लागि भन्दै अचानक वालुवाटार बोलाएपछि पोजिसन क्लियर गर्न मोर्चाको बैठक बसेको हो । प्रधानमन्त्री दाहाललाई चुनाव घोषणाबाट पछाडि फर्काउने विषयमा छलफल गरिने मोर्चाका नेताहरुले वताएका छन् । 

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौँ, ८ फागुन । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ । 
 

कांग्रेस माओवादीको निश्कर्ष– मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्र चुनाव असम्भव 

सत्तारुढ कांग्रेस माओवादीको आइतबारको बैठकमा भने संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने हो भने चुनावै नहुने अवस्था आउन सक्ने निश्कर्ष निकालिएको हो । 

विश्व

टेक्सासमा फेरि हजारौँ जनताको जुलुस प्रदर्शन

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सय जनाले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

चीन र अर्जेन्टिनाका राष्ट्रपतिबीच बधाइ साटासाट

बेइजिङ्ग, ८ फागुन । चीन र दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाबीच दौंत्य सम्बन्ध स्थापना भएको ४५ औं बार्षिकोत्सवका दिन चीनका राष्ट्रपति सि जिनपिङ्ग तथा अर्जेन्टिनाका राष्ट्रपति मोरिसियो माक्रिले आज एक आपसमा बधाई ज्ञापन गरेका छन् । 

समुद्री सम्पत्तिको लडाइँ

न्यूर्योक, ७ फागुन – समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ । तर समाचार राम्रो पनि छ : प्रमाणले यो पनि देखाउँछ कि समुद्र पुनर्जीवित हुनसक्छ र त्यसको परिणामलाई साकार तुल्याउन विश्व सहमत पनि भइसकेको छ । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top