काठमाडौँ, २५ साउन - फेक फलोअर्सको मामीलामा  करिब तीनदिन पुछताछ गरेपछि उनले भारतीय क्राइम ब्रान्चको अगाडी अचम्मित पार्ने खुलासा गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सिंगर तथा र्यापर बादशाहले आफ्नो गीत 'पागल है' को बारेमा ठुलो खुलासा गरेका छन् ।

भारतीय पुलीसका अनुसार बादशाहले उक्त गीत सार्वजनिक गरेकै दिन ७ करोड ५० लाखले हेरेर वल्र्ड रेकर्ड राखेको दावा गरेका थिए तर गुगलले उक्त कुरा स्विकारेको थिएन ।

अहिले गरिएको पुछताछमा बादशाहले स्टेट्मेन्टमा आफुले उक्त गीतको फेक फलोअर्स बढाउनको लागि एक एजेन्सीलाई ७५ लाख रुपियाँ दिएको बताएका छन् । उनले उक्त एडभरटाइजिंग एजेन्सीलाई दिएको रकम फेक फलोअर्सको लागि थियो या अरु केहिको लागि थियो उक्त कुरा छानबिन भइरहेको छ । 

उक्त 'पागल है' गीतलाई हालसम्म २७ करोड मानीसले हेरिसकेका छन् । अहिलेसम्म उनले आफनो सोसल मिडियाको फलोअर्सको डिटेल्स दिइसकेका छैनन् । 
उनीसंग अब फेरि सोमबार पुछताछ हुनेछ ।