सौर्य बत्तीले बागलुङका सडक झिलीमिली


Tuesday, 27 Dec, 2016 2:18 PM

बागलुङ, १२ पुस - सडक बत्तीको अभावमा रातिमा अँध्यारा देखिने बागलुङ नगरका मुख्य सडक अहिले झिलीमिली बनेका छन् । नगरलाई चौबीसै घन्टा उज्यालो राख्न सौर्य सडक बत्ती जडान भएपछि बजारको आकर्षण नै बदलिएको छ । स्थानीय विकास मन्त्रालय, बागलुङ नगरपालिका र उपभोक्ताको संयुक्त लगानीमा हालसम्म एक सयवटा सौर्य सडक बत्ती जडान भइसकेका छन् । 


पहिलो चरणमा १६९ वटा सौर्य बत्ती जडान गर्ने योजना नगरपालिकाले बनाएको छ । बाँकी ६९ वटा सौर्य बत्ती जडानको काम पनि अघि बढेको छ । चारवटा उपभोक्ता समिति बनाएर जडानको काम भइरहेको कार्यालयका सामाजिक विकास शाखा प्रमुख भीमसेन पन्तले बताउनुभयो । बजार क्षेत्रमा पर्ने वडा नं १, २ र ३ मा पुस मसान्तभित्रै बत्ती जडान भइसक्ने उहाँको भनाइ छ । अहिले बत्ती जडानका लागि पोल गाड्ने काम धमाधम भइरहेको जनाइएको छ । 


वडा नं २ मा ७४ वटा सौर्य बत्ती जडान भइसकेको शाखा प्रमुख पन्तले जानकारी दिनुभयो । “वडा नं २ मा बत्ती जडानको काम पूरा भएको छ, उपभोक्ता समितिले भुक्तानी पनि लगिसकेको छ”–शाखा प्रमुख पन्तले भने । प्रमुख बजार क्षेत्र पर्ने वडा नं २ का सबै सडक अहिले चौबीसै घन्टा उज्याला छन् । वडा नं ३ मा ५२ र १ मा ४३ वटा पोल गाडिसकिएको र बाँकी काम पुस मसान्तभित्र सकिने जनाइएको छ । 

 


कुल रु एक करोड ८० लाखको परियोजनामा स्थानीय विकास मन्त्रालयको ६५ प्रतिशत, बागलुङ नगरपालिकाको २० प्रतिशत र उपभोक्ताको १५ प्रतिशत लगानी छ । समृद्ध र सुरक्षित बागलुङ नगरको लक्ष्यलाई सौर्य सडक बत्तीले टेवा पुग्ने बागलुङ नगरपालिका कार्यालयका योजना अधिकृत युक्तप्रसाद सुवेदीले बताए । 


उनका अनुसार उपभोक्ताबाट थप ४०० सडक सौर्य बत्ती माग भएको छ । दोस्रो चरणको कार्यक्रममा उक्त मागअनुसार सौर्य बत्ती जडानको कामलाई विस्तार गरिने उनको भनाइ छ । “अहिलेको १६९ र थप माग भई आएको ४०० बत्ती जडान हुँदा नगरको बजार क्षेत्र पूरै ‘कभरेज’ हुन्छ” – अधिकृत सुवेदीले भने । उपभोक्ताबाट आएको मागलाई मन्त्रालयमा पठाइएको र स्वीकृत भएर आउँदा साथ दोस्रो चरणको काम सुरु हुने उनको भनाइ छ । 

जनसहभागितामा आधारित सौर्य सडक बत्ती परियोजनाबाट बागलुङ नगर झिलीमिली भएपछि स्थानीयवासी पनि खुसी छन् । सौर्य बत्ती जडानले नगर क्षेत्रका सडकले अँध्यारोबाट मुक्ति पाएका छन् । बटुवादेखि, सवारी आवातजावतसम्मलाई यसले सहजता थपेको छ । नियमित विद्युत् आपूर्ति नहुँदा पनि सौर्य बत्तीले चौबीसै घन्टा सडकलाई उज्यालो दिइरहेको छ । सरकारले देशभरका सहरी क्षेत्रमा सौर्य सडक बत्ती जडान गर्ने योजना अघि बढाएको छ । रासस 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल बिखण्डन गर्ने पटना बैठकको संसदमा चर्काे विरोध 

‘केही समय अगाडि भारतको पटनामा राष्ट्रिय एकता, समाजिक सद्भाव, अखण्डता र सुरक्षामा आँच आउने किसिमले नेपालका केही राजनीतिक दल तथा समुहका प्रतिनिधिहरुले बैठक–भेला गरेको भन्ने कुरा सुन्नमा आएकोले मैले त्यसबारे प्रधानमन्त्री तथा अन्य चार दलका जिम्मेवार नेताहरुको ध्यानाकर्षण गराउँदै सत्यतथ्य माग गरेकोमा प्रधानमन्त्री स्वयंले गम्भीर अनुसन्धान गरी यथार्थ विवरण जानकारी गराउनुको साटो त्यस विषयलाई हल्का र राजनीतिक दाउपेचमा उपयोग गर्ने प्रयत्न गरेको देखियो’ रावलले संसद बैठकमा भने, ‘मैले उक्त विषयलाई गम्भीर र भरपर्दाे जानकारीको आधारमा मात्र प्रधानमन्त्री लगायतका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको स्पष्ट पार्न चाहन्छु ।’ 

संशोधनको प्रस्ताव नै परिमार्जन हुनुपर्छ– अध्यक्ष ठाकुर

विराटनगर, ७ माघ – तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top