देशको राजधानी काठमाडौँ समेत रहेको वागमती प्रदेशको अधिकांश भाग हिमाली र पहाडि क्षेत्रले ढाकेको छ । मुलुकको १४ प्रतिशत भूभाग समेटेको यस प्रदेशमा प्रसिद्ध गौरीशंकर, लाङटाङ, जुगल र गणेश हिमाल रहेका छन् ।

यस प्रदेशको उत्तरी भू–भाग चीनको स्वाशासित क्षेत्र तिब्बत, पूर्वमा प्रदेश नं. १, पश्चिममा गण्डकी प्रदेश, दक्षिणमा प्रदेश नं. २ र भारतको विहार राज्यसँग जोडिएको छ । प्रदेशहरूमा सबैभन्दा धेरै ५५ लाख जनसंख्या भएको यो प्रदेश नेवार, तामाङ्ग, मधेशी, शेर्पा, थारु, चेपाङ, जिरेल, ब्राम्हण र क्षेत्रीलगायतको जातीय बनोटलाई समेटेर सहिष्णुतापूर्वक रहेको छ । प्रदेश सभाले यसको राजधानी हेटौँडालाई तय गरे पछि ऐतिहासिक शहरको रुपमा परिचित हेटौँडाले विकासको आधुनिक यात्रालाई तय गरिसकेको छ ।

काठमाडाँै उपत्यकाबाट बग्ने बागमती नदी मुलुकको एउटा पवित्र नदीको रूपमा प्रसिद्ध छ भने यस नदीले नेवार सभ्यता र शहरीकरणलाई समेत प्रतिनिधित्व गर्दछ । हिन्दु, बौद्ध आदिका प्राचीन ग्रन्थहरूमा यस नदीको नामलाई विभिन्न नामले पुकारिने गरिन्छ । हाम्रो देशमा तीब्रतर रुपमा नदी सफाई अभियानको थालनी यहि वागमती नदीबाट भएको हो भन्दा अतिशयोक्ति हुँदैन । 

प्रशासनिक दृष्टिबाट हेर्दा वागमती प्रदेशमा तेह्र जिल्लाहरू भक्तपुर, चितवन, धादिङ, दोलखा, काठमाडाँै, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, नुवाकोट, रामेछाप, रसुवा, सिन्धुली र सिन्धुपालचोक छन् । यसैगरी तीन महानगरपालिका, एक उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिकाहरू यस प्रदेशमा पर्दछन् । काठमाडौँ र भक्तपुरमा गाउँपालिका छैनन् भने रसुवा जिल्ला नगरपालिका विहिन छ । यस प्रदेशमा नेपाल भाषा र तामाङ भाषा पनि उल्लेख्य रूपमा प्रयोगमा छन् । 

यस प्रदेशमा हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ, बुढानिलकण्ठ, स्वयम्भुनाथ, चाँगुनारायण, गोसाइकुण्ड, कालिञ्चोक भगवती, मौलाकालिका, भिमेश्वर लगायतका प्रसिद्ध धार्मिक साँस्कृतिक स्थलहरू छन् । काठमाडौँको प्रसिद्ध बौद्ध स्तुपाले शान्तिका अग्रदूत बुद्धको शान्तिको दर्शन प्रवद्र्धनमा योगदान दिइरहेको छ । विभिन्न धार्मिक स्थलहरूलाई समेटेर उपयुक्त प्याकेज बनाउन सक्दा धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो फाइदा पुग्ने निश्चित छ

काठमाडौँको वसन्तपुरमा रहने जीवित देवी श्री कुमारीको ऐतिहासिक तथा साँस्कृतिक गाथा र महत्वलाई उजागर गर्न सके यसलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रको रूपमा समेत विकास गर्न सकिने संभावना रहेको छ । जापानको फुजी पहाडजस्तै पवित्र मानिएको दोलखाको गौरीशंकर हिमालमा आरोहण रोक लगाइएकाले यस क्षेत्रको साँस्कृतिक पर्यटन प्रवद्र्धनका लागि गौरीशंकर परिपथ निर्माण गर्ने परिकल्पना साकार तुल्याउनु पर्ने खाँचो रहेको छ । 

मन्दिरै मन्दिरको शहर भनेर प्रख्यात काठमाडौँ उपत्यकाका पुरातात्विक तथा साँस्कृतिक सम्पदाहरूको दिगो उपयोग सहित साँस्कृतिक पर्यटन प्रवद्र्धनको ठोस योजना बनाएर त्यसको कार्यान्वयन गर्न सक्दा एकातिर देशको परिचय विश्वसामु थप प्रचार गर्न सकिन्छ भने आय आर्जनको स्थायी स्रोतलाई पनि सुदृढ तुल्याउन सकिन्छ ।

२०७२ सालको विनाशकारी भूकम्पले पुरातात्विक साँस्कृतिक सम्पदामा पु¥याएको क्षतिको पूर्णरूपले जिर्णोद्धार गरी त्यसको भरपुर उपयोग गर्ने दिशामा समेत योजना बनाउनु पर्दछ । यहाँँका हिटी, पोखरी र तालको दीगो संरक्षण गर्न वातावरण प्रवद्र्धनमा जोड दिनु पर्ने खाँचो रहेको छ । अहिलेलाई मूलतः काठमाडौँ उपत्यकामा रहेका सबै नदी प्रणालीलाई सुदृढ तुल्याएर नदी किनारका करीडोरलाई व्यवस्थित गर्न सक्दा ट्राफिक व्यवस्थापनामा समेत सघाउन पुग्नेछ । 

यहाँ रहेका नदी, ताल तथा पोखरीहरूको सौन्दर्यीकरणका लागि विशेष योजना बनाएर कार्यान्वयन गर्दा पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्नेछ । एक आँकडा अनुसार उपत्यकाका तीन शहरमा ११८ वटा पोखरी थिए तर अहिले ती मासिँदै गएका छन् । भएका पनि अतिक्रमित छन् भने कति पोखरी त पुरेर भवनहरू ठडिएका छन् । नदी र पोखरी अतिक्रमित हुँदा पानीको पुनःभरण हुँदैन फलस्वरूप काठमाडौँमा खानेपानीको समस्या दिनानुदिन विकराल बन्दैछ । चर्चित मेलम्ची खानेपानी आयोजना पूर्णरुपले कार्यान्वयनमा आउँदा काठमाडाँै उपत्यकामा खानेपानीको समस्या समाधानमा केही भएपनि राहत मिल्ने अनुमान गरिएको छ । सभ्यता र संस्कृतिका अभिन्न अङ्गग मानिने जल सम्पदाको संरक्षण गर्न नसक्ने हो भने जीवन नै संकटमा धकेलिने छ । 

मुलुकको राजधानी काठमाडाँै भूकम्प जोखियुक्त क्षेत्रमा पर्दछ । वि.सं. १९९० र वि.सं. २०७२ सालका विनाशकारी भूकम्पले यहाँको मानवीय तथा भौतिक क्षतिमा पु¥याएको यथार्थतालाई मध्यनजर गर्दै भूकम्प प्रतिरोधी भवन तथा संरचना बनाउने तथा विभिन्न ठाउँमा सार्वजनिक उद्यान, सार्वजनिक भवन तथा खाली स्थानहरूको व्यवस्थापनमा जोड दिनु पर्दछ । यसबाट विपत्ति पर्दा आश्रयस्थलको रूपमा प्रयोग गर्न सकिन्छ । 

चितवन धादिङमा रहेको नेपालको पहिलो मनकामना केवल कारको अनुशरण गर्दै काठमाडौँमा चन्द्रागिरी केवल कार र दोलखाको कालिञ्चोक केवल कार यस प्रदेशमा विस्तार भइसकेका छन् । प्रसिद्ध साँस्कृतिक स्थल र ऐतिहासिक क्षेत्रलाई उजागर गर्दै मनोरञ्जन प्रदान गर्न सञ्चालनमा आएका यी केवलकारहरूले पूर्वाधार विकास प्रक्रियामा नयाँ आयाम थप्दै पर्यटन व्यवसायलाई शोभायमान तुल्याएका छन् । 

नेपालको एकीकरण पूर्वका बाइसे चौबिसे राज्यको लडाई र झगडाको मारमा काठमाडौँ उपत्यका पनि परेको थियो । सत्ताका लागि प्राचीनकालदेखि नै यहाँ कसले कब्जा गर्ने भन्ने प्रतिष्पर्धा नै चल्यो । एकसय चार वर्षे जहानीयाँ राणा शासन कालमा सत्ताका निम्ति भएका छिनाझप्टी काठमाडौँले व्यहोरेको छ । यसले सफल गौरवशाली संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलनलाई अनुभव गरेको छ ।

विगतमा अस्वस्थ्य राजनीतिक संघर्षको केन्द्र बनेको काठमाडाँै उपत्यकामा अवस्थित विभिन्न भवन तथा संरचनाहरू एवं वलिदानीपूर्ण संघर्षका कथाहरु राजनीतिक इतिहासका साक्षीका रूपमा रहेकाले ती अमूल्य सामाजिक राजनीतिक सम्पदाहरूको संरक्षण गर्नुपर्दछ । त्यसो त काठमाडौँ उपत्यका प्राचीनकालदेखि नै कालीगढिको नमूनाको रुपमा रहेको छ । यहाँका कलाकौशल, साँस्कृतिक सम्पदा र पुरातात्विक चिजवस्तुको अवलोकन गर्न पाउँदा कसको मन प्रफुल्लित हुँदैन र !

यस प्रदेशको उत्तरी सीमा चीनको स्वाशासित क्षेत्र तिब्बतसँग जोडिएका सिन्धुपाल्चोक तातोपानी र रसुवा केरुङ विन्दुको स्तरोन्नति गर्दै यस प्रदेशका सबै जिल्लाहरूमा त्यहाँबाट पुग्न सकिने सडक सञ्जाल भरपर्दो तुल्याउन सके उपभोग्य सामग्री सस्तो हुने तथा व्यापार व्यवसाय पनि बढ्नेछ । यी अन्तर्राष्ट्रिय नाकाहरुलाई सुदृढ तुल्याउन सके यसै प्रदेशको चितवनमा रहेको नेपाल भारत सीमा विन्दुबाट अन्तर्राष्ट्रिय व्यापारलाई समेत सहज तुल्याउन सकिने छ ।

अब चितवनबाट बग्ने नारायणी नदीमा पानी जहाज सञ्चालन गरी समुद्रसम्म पहुँच पु¥याएर अन्तर्राष्ट्रिय व्यापार बृद्धि गर्न जोड दिनुपर्दछ । राजधानी काठमाडौँ र मुलुकका अन्य भागसँग जोड्ने पृथ्वी राजपथ, कान्ति राजपथ र बनेपा धुलिखेल सिन्धुली वीपी मार्गलाई सधैँ चुस्त दुरुस्त राख्दै थप स्तरोन्नति गर्न सक्दा आवत जावत, व्यापार व्यवसाय, पर्यापर्यटनमा महत्पूर्ण योगदान पुग्दछ । यसबाट सिन्धुलीगढीको पुरातात्विक संम्पदालाई प्रवद्र्धन गर्न मद्दत पुग्नुका साथै त्यहाँको जुनार खेतीलाई थप व्यावसायिक बनाउन पनि सहयोग पुग्नेछ ।

यसै प्रदेशमा रहेको एकसय वर्षभन्दा धेरै पुरानो नेपालको पहिलो जलविद्युत आयोजना फर्फिङले ऐतिहासिक पाटोलाई बोकेको भए तापनि प्रदेश अझै विद्युतमा आत्मनिर्भर भने हुनसकेको छैन । सरकार, निजी क्षेत्र तथा जनसहभागितामा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सम्पन्नताबाट भने सिङ्गो प्रदेशकै विद्युत आत्मनिर्भरतामा ठूलो प्रभाव पार्नेछ । 

मकवानपुरको हेटौँडामा अवस्थित नेपालकै उत्कृष्ठ उद्यान मध्येको सहिद स्मारक उद्यानले नेपालको लोकतान्त्रिक आन्दोलनलाई प्रतिविम्बित मात्र गरेको छैन बरु पर्यावरण प्रवद्र्धनका लागि समेत ठूलो योगदान पु¥याइरहेको छ । सामाजिक न्याय, समानता, लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलन र शहिदको बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेका लागि आवश्यक भौतिक पूर्वाधार विकास गर्नसके यो एक महत्वपूर्ण राजनीतिक पर्यटकीय केन्द्र बन्नसक्ने संभावना रहेको छ । 

प्रायः अनेकौँ जात्रा र पर्वको माहौल भइरहने काठमाडौँ उपत्यकाका मूर्त अमूर्त सम्पदाहरुको देशको गरिमा र प्रतिष्ठालाई माथि उठाइरहेका छन् । काठमाडौँको टुँडिखेलमा हरेक वर्ष आयोजना हुने घोडे जात्रा देशैभर चर्चित जात्राको रुपमा रहेको छ । माघेसंक्रान्तिका अवसरमा नुवाकोटको तारुकामा गोरु जुधाउने जात्रा यस क्षेत्रको विशिष्ट परम्पराको रूपमा रहेको छ । 

पवित्र कुण्ड, हिमताल, मनोरम पहाड र हिमाल तथा सुन्दर हिमशृंखला भएको रसुवामा पर्यटन विकासको प्रचुर संभावना रहेको छ । रसुवा जिल्लामा पर्ने हिन्दुहरूको प्रसिद्ध धार्मिक स्थल गोसाईँकुण्ड क्षेत्रमा यातायात, आवासगृह लगायतका पूर्वाधारको विकास गर्नसके राष्ट्रिय अन्तर्राष्ट्रिय साँस्कृतिक पर्यटनको ठूलो संभावना रहेको छ । यसबाट लाङटाङ उपत्यका पदयात्रा मार्गमा पर्ने धुन्चे–हेलम्बु पदमार्गका लागि पनि योगदान पुग्नेछ । नेपालको हिमालय क्षेत्रको पहिलो लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षण सम्बद्र्धन गर्दै अध्ययन अनुसन्धानलाई समेत जोड दिन सके प्राज्ञिक गतिविधिलाई समेत विस्तार गर्न सहयोग पुग्नेछ । 

गणेश हिमाल स्रोत भएको बुढी गण्डकी, त्रिसुली नदीसहित हजारौँ साना खोला, झरना र मौसमी छाँगाहरूलाई समेटेको धादिङ जिल्ला रणनीतिक, ऊर्जा, पर्यटकीय र तरकारी उत्पादनका लागि महत्वपूर्ण रहेको छ । दैनिक लाखाँैलाई स्वागत तथा विदाई गर्ने यस जिल्लामा पर्ने पृथ्वी राजमार्ग खण्डमा पर्ने होटल र रेष्टुराँको उन्नति गर्न सक्दा जिल्लावासीले समेत आम्दानीको स्रोत हासिल गर्ने संभावना रहेको छ । 

देशको राजधानी नजिक भएर पनि विकासका दृष्टिले तुलनात्मकरूपमा अलि पछि परेको सिन्धुपाल्चोक प्राकृतिक सम्पदाले भने सम्पन्न छ । काठमाडौँ कोदारी अरनीको ११४ किलोमिटर सडकलाई समेटेको यस जिल्लाले नेपाल चीन तिब्बत सम्बन्धलाई सुमधुर तुल्याउन भूमिका खेलिरहेको छ । यस जिल्लामा भोटेकोशी र सुनकोशीबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिसकिएको छ । यहाँका सुनकोशी र भोटेकोशी नदी ¥याफ्टिङका लागि प्रख्यात छन् भने पहिलो बञ्जिजम्पिङ सेवा समेत यहाँ नै रहेको छ । २०७२ को भूकम्पले ठूलो क्षति पु¥याएको यस जिल्लामा बाढि र पहिरोले जनधनमा क्षति पु¥याएर पनि बेलाबेला दुःख दिइरहेको छ ।  

काभ्रेपलाञ्चोक जिल्लाले पर्यटन व्यवसायको ठूलो संभावना बोकेको छ । त्यसो त काठमाडौँ उपत्यकामा तरकारी तथा दुग्धजन्य पदार्थ आपूर्तिमा महत्वपूर्ण योगदान पु¥याइरहेको काभ्रेको योदानलाई सराहना गर्नै पर्दछ । काठमाडौँसँग जोडिएको यस जिल्लाका बनेपा, धुलिखेल, पनौती लगायतका क्षेत्रमा अहिले नै पनि होटल, आवास गृह तथा रेष्टुराँ व्यवसाय फष्टाएकै छन् । विदेशी पर्यटकको समेत रोजाइमा पर्ने यो क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन हुने भएकाले त्यही अनुकूलको पूर्वाधार विकास गर्नसके बौद्धिक गतिविधिसहित पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने निश्चित छ । 

पूर्व पश्चिम राजमार्गले छोएको चितवन यात्रु तथा पर्यटकहरू आवत जावत गर्ने महत्वपूर्ण जिल्लामा पर्दछ । यहाँ अवस्थित पवित्र तीर्थस्थल देवघाटधामलाई साँस्कृतिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने अवस्था रहेकाले भौतिक पूर्वाधार विस्तारमा जोड दिनु पर्दछ । प्रख्यात पर्यटकीय स्थलको रुपमा रहेको सौराहामा थप भौतिक पूर्वाधारको विकास गर्नसके अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा समेत ठूलो योगदान पुग्नेछ । जङ्गल सफारीका लागि प्रसिद्ध यो क्षेत्रमा हुने हात्ती पोलो खेल विश्वमै चर्चित छ । हाम्रो देशमा धेरै पहिलेदेखि चलिआएको गीत ‘चितवनका गैँडा हात्ति मयूरका ताँती...’ ले यहाँको जैविक विविधता र सौन्दर्यतालाई झल्काउन मद्दत पुर्याइरहेको छ । 

प्रदेश सरकारले ‘सुसंस्कृत र सुखी जनता समाजवाद उन्मुख समृद्ध प्रदेश’ को संकल्प अघि सारेकोमा त्यसलाई सफल पार्न प्रदेश तथा स्थानीय तहबीच सुदृढ समन्वय हुनुपर्दछ । प्रदेश सरकारले ‘गुणस्तरयुक्त शैक्षिक पूर्वाधार, प्रदेश समृद्धिको आधार’ भन्ने संकल्प गरेकोमा सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाको गुणस्तर अभिबृद्धि गर्न अत्यधिक जोड दिनु पर्दछ । गुणस्तरीय, रोजगारमूलक र व्यावसायिक शिक्षामा जोड दिँदै नवप्रवर्तन एवं सृजनशील उद्यमशीलतालाई प्रोत्साहन गर्नु पर्दछ । निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी र सुदृढ बनाउन स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण तथा औषधीको उपलब्धता सुनिश्चित गर्नुपर्दछ । यस प्रदेशमा धेरै राजमार्ग भएको र दुर्घटनामा पनि तीब्र बृद्धि भइरहेको र हजारौँ मानिसको ज्यान लिइसकेको सन्दर्भमा आवश्यक उपकरणसहित जनशक्ति उपलब्ध गराई कार्य गर्न ‘दुर्घटना रेस्पोन्स सेन्टर’ को व्यवस्था गर्नु जरुरी छ । चितवन जिल्लाको दासढुङ्गा भन्ने स्थानमा २०५० साल जेठ ३ गते नविन विचारक जननेता मदन भण्डारी र उहाँका सहयोद्धा जीवराज आश्रितको रहस्यमय जीप दुर्घटनामा परेर जीवन गुमाउनु परेको पीडा नेपाली जनताले कहिल्यै भुल्ने छैनन् ।
 
बहुआयामिक कृषि उत्पादनमा जोड दिँदै प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन स्थानीय तहदेखि नै खाद्यान्नमा उत्पापदनमा जोड दिनु पर्दछ । पोल्ट्री व्यवसायमा देशकै अग्रणी चितवन जिल्लाले कुखुराको मासु र अण्डा उत्पादनका क्षेत्रमा गरेको प्रगति महत्वपूर्ण भएकाले यसको अन्तर्राष्ट्रियकरणमा समेत जोड दिनु पर्दछ । कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको व्यावसायीकरण, आधुनिकीकरण, यान्त्रीकरण र औद्योगीकरण गरी गुणस्तरीय उत्पादनमा जोड दिनुपर्दछ । बाँझो जमिनको भरपूर सदुपयोग गर्नुपर्दछ । उत्पादित तरकारी तथा फलफूल भण्डारण गर्न शीत भण्डार विस्तार गर्दै आवश्यक प्याकेजिङको व्यवस्था गरेर व्यापार प्रवद्र्धन गर्नु पर्दछ । यस प्रदेशमा दुग्ध उत्पादनको अवस्था राम्रो रहेकाले पाउडर दुग्ध प्लान्ट तथा दुग्धजन्य उत्पादन प्लान्ट राख्ने व्यवस्थाका लागि पहल गर्नु पर्दछ । कृषि औजार कारखाना स्थापना गरेर कृषि पेशालाई आकर्षक र फलदायी बनाउनुपर्दछ । 

यस क्षेत्रका नदीहरूको बहुउपयोग मार्फत पर्यापर्यटन, मनोरञ्न, खेलकूद तथा सिँचाइको प्रवन्ध गर्नुपर्दछ । हिलस्टेशन, नमूना गन्तव्य, पर्यटन ग्राम, दोलखाको चलचित्र सिटी र गौरीशंकर परिपथ निर्माण जस्ता कार्यान्वयनमा रहेका निर्माणाधीन पर्यटन पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिनु पर्दछ । ऐतिहासिक हेटौँडा काठमाडौँ रज्जु मार्ग रोपवेलाई पर्यटकीय यात्रा मार्गको रूपमा विकास गर्नुपर्ने खाँचो रहेको छ । खासगरी हिमाली र पहाडी क्षेत्रमा प्राकृतिक विपत्तिले संकटमा परेका गाउँवस्ती तथा नदी कटानद्वारा जोखिमयुक्त वस्तीलाई स्थानान्तरण गर्नु पर्दछ । एकीकृत वस्तीको अवधारणालाई लागू गर्दै आधुनिक र सुविधासम्पन्न शहर विस्तारका लागि योजना बनाउनुपर्दछ । चुरे क्षेत्र तथा संवेदनशील क्षेत्रमा विरुवा रोपण कार्यक्रम सञ्चालन गर्दै वातावरण संरक्षणमा जोड दिनु पर्दछ । खानेपानीको दीगो व्यवस्थापनका लागि मुहान तथा पोखरीको संरक्षण गर्नुपर्दछ । 

औद्योगीकरण विना देशको आर्थिक विकास संभव छैन । मुलुकले समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने संकल्प गरिसकेको परिवेशमा त झनै उद्योगको विकासमा तीब्रता दिनै पर्दछ । यसबाट आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न मद्दत पुग्नेछ भने आयात प्रतिस्थापन भई व्यापार घाटा न्यून हुँदै जानेछ । यस प्रदेशमा औद्योगीकरणको जग बसेको लामो अवधि भइसकेको छ । त्यसैले हेटौँडा औद्योगिक क्षेत्र, काठमाडौँको बालाजु औद्योगिक क्षेत्र, पाटन र भक्तपुर औद्योगिक क्षेत्रलाई थप विस्तारित र सुदृढ तुल्याउन स्थानीय कच्चा पदार्थको उपयोगमा जोड दिनुपर्दछ । 

मुलुकमा संघीयता लागू भएसँगै प्रदेशमा प्रशासनिक गतिविधिहरू तीब्र बनेका छन् । देशको राजधानी भएकाले यस प्रदेशमा विभिन्न प्रकारका सामाजिक आर्थिक गतिविविधिहरू सघनरूपमा भइरहने नै छन् । त्यसैले सबै जिल्जाहरूमा पूर्वाधार विकासलाई जोड दिनु पर्दछ । देशकै राजधानी यहाँ भएकोले संघीय सरकारका मन्त्रालय तथा प्रशासनिक संरचना भएको, अन्तर्राष्ट्रिय विमानस्थल भएको, ठूलाठूला महानरपालिका भएको, सबैभन्दा बढि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनाहरुलाई स्वागत सत्कार गर्ने अवसर पाएको, अन्तर्राष्ट्रिय चहलपहल धेरै हुने गरेको यस प्रदेशको उन्नतिमा केन्द्र सरकारले समेत ध्यान पु¥याउने भएकाले प्रदेश सरकारसमक्ष विकासका लागि धेरै अवसरहरू छन् । यसबाट फाइदा लिँदै सामाजिक आर्थिक उन्नतिमा अग्रसर हुनु प्रदेशको गहन दायित्व हुन आएको छ ।