हरेक दशैंमा व्यवसायीहरुसँग एक खालको सहमति हुन्छ तर त्यो सहमति चारबर्षदेखि कार्यान्वयन हुन सकेको छैन । हामीले भदौ २० गते यो मूल्य फिर्ता लिन माग गर्यौ तर फेरि असोजमा पनि बढ्यो । दशैंकै मुखमा फ्युलको मुल्य बृद्धि गराउने अनि हामीले कहिले सरकारलाई भन्न जाने ?

 

काठमाडौं, ९ असोज –  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असोजको ५ गतेबाट अग्रिम टिकट बुकिङ्ग खोल्ने निर्णय गरेपनि टिकट बुकिङ्ग हुन सकिरहेको थिएन । दशैको मुखमै सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता हुनुपर्ने माग राख्दै आएका व्यवसायीहरुले शनिबार राति सरकारसँग भएको सम्झौता अनुसार १० प्रतिशत भाडा बृद्धि गर्ने सहमति भएपछि यो अन्योलमा आजबाट हटेको छ ।

अग्रिम टिकट बुुकिङ्ग खोल्ने या नखोल्ने दोधारमा रहेका व्यवसायीहरुले सोमबार दिउँसो महासंघको केन्द्रिय कार्यसम्पादनको बैठक भएपछि बुकिङ्गको टुंगो लगाएका हुन । तर हरेक बर्ष दशैको समयमा बिभिन्न वहाना बनाउदेै भाडा बृद्धि गर्नुको उदेश्य र दशैलाई लक्षित गदै यात्रुलाई गन्तव्यमा पु¥याउन व्यवसायीहरुले के कस्तो तयारी गरिरहेका छन् त्यसका बारेमा चक्रपथ डटकमका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव बसन्त भण्डारीसँग कविता अधिकारीले गरेको संवाद :


दशैंकै समयमा भाडा बढ्यो, चाडबाढको समयमा भाडा बृद्धि गर्नुको उदेश्य के हो ?
दशैंकै समय भाडा बढ्यो भनेर लिन भएन । हामीले २०६५ सालमा यातायात व्यवस्था विभाग नेपाल सरकारको संलग्नतामा पुल्चोक इन्जिनियर क्याम्पसका विद्यार्थीलाइ हायर गरेर एउटा वैज्ञानिक भाडा दर कायम गर्ने मापदण्ड बनाउने र त्यसमा दुइवटा मापदण्ड हुने भन्ने सहमति ग¥यौ । एउटा फियुलको कारणले हुने ३५ प्रतिशत र अन्य कारणहरुले जस्तो टायर, कर र वैंक व्याजहरु सामान्य कारणले हुने ६५ प्रतिशत । यि दुइवटा कारणबाट मुल्य निर्धारण हुने निर्णय भयो । २०६९ सालबाट अन्तिम पटक भाडा समायोजन भयो । अहिलेसम्म त्यो ६५ प्रतिशतबाट हुन आउने मुल्यबृद्धि अहिलेसम्म भएको छैन । त्यस समय २०६९ सालमा आउने टायरको मुल्य र अहिले आउने टायरको मुल्यमा कति फरक छ ? २०६९ सालमा हुने वंैकको व्याज र अहिले हुने वंैकको ब्याजमा फरक छैन ?
त्यससमय पेट्रोलको मुल्य बढ्दा भाडा बढाउने र मुल्य घट्दा घटाउने भन्ने थियो । त्यो वैज्ञानिक भाडादर बर्षबर्ष दिनमा समायोजन गर्ने र ३५ प्रतिशत फियुलका कारणले हुने घटबढलाई ५ रुपैयाँभन्दा माथि गयो भने भाडा बढाउने र ५ भन्दा तल घट्यो भने भाडा घटाउने भन्ने सहमति भएको थियो । तर त्यो सहमतिपनि त्यतिबेला कार्यान्वयन भएन जतिबेला डिजेलको मुल्य १०९ रुपैयाँ पुग्यो  । हाम्रो भाडा बढ्यो र १०९ रुपैयाबाट घट्दै घट्दै गयो जब ७१ रुपैया डिजेलको मुल्य झर्यो र हाम्रो भाडा पनि घटयो । तर अहिले १०१ डिजेलको मुल्य हुँदापनि भाडा समायोजन भएन । त्यसमा पनि हामीले चाडबाडको मुखमा भाडा बढाउन हुँदैन, यात्रुहरुलाइ दःुख दिनुहुँदैन भन्ने मनसायले पछिल्लोपटक डिजेलको मुल्य बढ्दा पनि सहमति गरेकै हो । टिकटको मुल्य नबढाउने असोजको ४ गतेबाट टिकट अग्रिम बुकिङ्ग खुल्ला गराउने भन्ने व्यवसायीहरुबीच दिउँसो सहमति गरेका थियौं तर त्यही राती सरकारले डिजेलको मुल्यमा रु.३ रुपैयाँ बृद्धि ग¥यो । त्यहाँबाट हामीले हाम्रो व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था रहेन । किनकि डिजेल फियुलको मुल्यमा ३० रुपैयाँले फरक आइसक्यो नि । भाडा फियुलको कारणले घटेको छ । फेरि भाडा घटेको मात्रै छ, बढेको छैन । हरेक दशैमा व्यवसायीहरुसँग एक खालको सहमति हुन्छ तर त्यो सहमति चारबर्षदेखि कार्यान्वयन हुन सकेको छैन । हामीले भदौ २० गते यो मुल्य फिर्ता लिन माग गर्यांै तर फेरि असोजमा पनि बढ्यो । दशैकै मुखमा फ्युलको मुल्य बृद्धि गराउने अनि हामीले कहिले सरकारलाई भन्न जाने ?


तर दशैंकै मुखमा प्रत्येक बर्ष व्यवसायीको आन्दोलन हुनु भनेको त्यो सरकारलाई कमजोर बनाउने खेल हो पनि भनिन्छ नि ?

हैन, हामीले दशैंकै मुखमा कहिल्यै पनि आन्दोलन गरेका छैनौ । गएको सालको आन्दोलन फरक थियो, अहिलेको मुद्दा फरक हो । गएको साल सरकारले निर्णय गर्यो कि गाडीका केरियर हटाउनुपर्छ भन्ने थियो । तर अहिलेको माग भनेको फरक हो । राज्यले फियुलको भाउ बढाउन हुने, हामीले फिर्ता लिनु भन्दा त्यो आन्दोलन हुन्छ ? दशैमा सवारी काठमाडौ बाहिर जाँदा भरिएर जान्छ । उताबाट आउँदा रितो गाडी आउँछ । त्यसमा घाटा छ ।  अनि फियुलको मुल्य बढेको बढेकै छ । एकतर्फी आत्रुु ओसार्नुपर्छ । दशै पछाडि बढाउनु भनेर भनेको तर आपुर्ति मन्त्रालयबाट यो सम्भव भएन । र सरकारले भाडा बढाउनु प¥यो ।
जनताले के बुझिदिन प¥यो भने सवारी साधन भनेका राज्यले कुनै सेवा सुविधा दिएर आएको हैन । यो विशुद्ध व्यक्तिको नेपाली पूँजी व्यक्तिगत लगानी गरेर घरबार श्रीमतीका गर–गहना धितो राखेर सवारी साधन नाफा कमाउन नै ल्याएको हो । यो हाम्रो व्यवसाय हो । यो व्यवसायबाट हामीले स्वास्नी छोराछोरी पाल्नुपर्छ । अनि घाटा कति सम्म व्योहोर्ने ? जसरी पनि पिंडित व्यवसायी नै हुनु पर्ने ? अनि व्यवसायीले जायज माग राख्यो भने हामीमाथि सधैं प्रहार हुने ? यो चलन कहिले सम्म रहिरहने ? राज्यले एक डेढ महिना घाटा सहन नसक्ने ? अनी हामी प्राइभेट कम्पनीहरुले चाही घाटा सहनुपर्ने भन्ने त कहाँ छ ?

 

१० प्रतिशत भाडा बृद्धि भयो यो कहिलेबाट लागु हुन्छ ?

यो त आजकै मितिबाट लागु भयो नी । मुल्य नबढाएको भए अग्रिम बुकिङ्ग खुलिसक्ने थियो । यो बुकिङ्ग त मुल्यबृद्धिका कारणले ढिलो भएको हो । अब अग्रिम बुकिङ्ग खोल्दा थप नयाँ गाडीहरुको आवश्यकता हुन्छ । पहिला पहिला के हुन्थ्यो भने । हामीसित समिति थियो, त्यो समितिले आफ्ना सहमतिबाट चल्ने थप गाडीका लागि उताबाट खाली आउनुपर्दा घाटा हुन्थ्यो । त्यो खाली गाडीका लागि समितिले लाग्ने फियुल समितिले दिन्थ्यो र व्यवसायी र समितिको प्रयोगले गाडी घाटामा हुने थिएन । जाँदा यात्रु भइहाल्थ्यो उताबाट आउँदा सामान पनि ल्याउन पाइने र समितिले पनि सहयोग गर्दा समस्या थिएन । व्यवसायीहरु घाटामा जादैन थियो । ६ बर्ष भयो सिट क्षमताभन्दा एकजना पनि बढि हालेर लगेको छैन । ट्राफिक प्रहरी यातायात व्यवसस्था विभागले पूर्ण नियन्त्रण गरेका छ । यदि त्यस्तो देखियो भने कारवाही हुन्छ । अहिले कोचेर ठेलमठेल गदै लैजाने गरेको छैन । 


दशैंमा सेवा दिनका लागि कति सवारी भित्रिदैंछन ? 
पहिलापहिला दशैको समयमा नयाँ सवारी साधनहरु ५/६ सयको हाराहारीमा सवारी साधन भित्रिन्थ्ये । तर अहिले त्यो संख्या भनेको शुन्यमा छ । किनभने पुराना गाडी नै मर्मत गरेर चलाउने हो । तर यसबर्ष पहिलाको जस्तो छैन ।  यो पालीदेखि राज्यले सिण्डिकेट तोडेको छ । सिण्डिकेट छैन ।  कहि कहि मैले चलाएको ठाउँमा अरुले नचलाए हुन्थ्यो भन्ने थियो, त्यो सिण्डिकेट हैन, त्यो दादागिरीमात्र हो । अहिले जसले जति सवारी ल्याएपनि गुडाउन पाउँछ । सिण्डिकेट छैन । राज्यले सोचेको थियो, सिण्डिकेट तोड्दा गाडी ह्वार ह्वार आउँछन भन्ने । तर अहिले संधै आउने सवारी पनि आउन चाहेका छैनन् किनभने यसमा नाफा छैन । सिण्डिकेट भनेकै सस्तो लोकप्रियता मात्रै हो । सिण्डिकेट नै थिएन । ल थियो, तोडियो । भयो के ? जसले जहा चलाएपनि हुन्छ ओपन छ त ? अहिले किन सवारी साधन बढिरहेको छैन ? किनभने यसमा नाफा छैन । समितिहरु चाही गैरनाफामुखी नै हुन । 

दशैको समय १० दिन गाडी पुरै खाली । जब उताबाट फर्किने हुन्छन्, फेरी यताबाट पुरै खाली हुन्छ । पहिला पहिला के थियो भने दशैका यात्रु प¥याएर आउँदा पनि उताबाट फलफुल खसी लगायतका सामान ल्याउँदा केही हदसम्म सहज नै भएको थियो । अहिले त त्यो पनि हाल्न दिइएको छैन । दशैंको ७ दिन गाडीमा १५ हजारसम्म घाटा हुन्छ । एउटा गाडीहरु पाल्न पनि गाहे छ । सवारी साधनको लगानी नाफामा छैन । यदि नाफा हुनेभए त यो पाली धेरै गाडी भित्रनुपर्ने हो नि त । सवै खुल्ला भएको भए किन आएनन । कुनैपनि कोणबाट दशैमा यति नाफा हुन्छ भनेर कसैले नाफा ५ हजारमात्रै फाइदा हुन्छ भन्यो भने म त्यसलाइ गाडी नै जिम्मा दिन्छु । 


अनि टिकट बुकिङमा पनि मनोमानि होला नी ?
टिकटमा तोकिएको रकम भन्दा बढि लिएको पाएमा हदैसम्मको कारबाही हुन्छ । त्यसको सवारी साधन त्यो समिति साधन नै खारेज हुन्छ । यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी महासंघको अग्रिम वुकिङ्ग खुलेपनि निरन्तर निगरानी हुन्छ । फिल्म हलमा जस्तो कालोबजारी हुँदैन टिकटमा । टिकट लिएर कोही धेरै रकम लियो भनेर प्रमाणसहित आएमा त्यसको समिति नै खारेज हुन्छ । टिकटमा राज्यले तोकेको भाडा भन्दा एक रुपैयाँ पनि लिन पाइदंैन । 


यसबर्षको दशैंमा कतिजति यात्रु काठमाडौ बाहिर जाने अनुमान गर्नुभएको छ ?
१८ लाख यात्रु काठमाडौंबाहिर जाने अपेक्षा छ । यात्रुलाईलाइ सहजतापूर्वक गन्तव्यमा पुर्याउन पुरानै सवारी साधनको मर्मत गरिदैंछ । यसपटक नयाँ सवारी आउने देखिएको छैन । हामीसँग नयाँ सवारी साधन थपिएनन् । भएका पुरानाको मर्मत गरेर अढाई लाख सवारी साधन थपेर यात्रुलाई गन्तव्यमा पु¥याउँछौ । नयाँ गाडी आउँदैन । 


टिकाको दिनपनि सवारी साधन चल्छ ?
हामी कुनैपनि दिन यात्रुको सहजताका लागि सवारी चलाउँछौ । जुनदिनको टिकट पनि मजाले पाइन्छ । टिकाको दिन यात्रुको संख्यामा पनि कमि नै हुन्छ । तर हामी टिकाको दिन भनेर बस्दैनौ । यात्रुको सेवाका लागि संधै नै खटिरहेका हुन्छौं ।