काठमाडौ, २६ असार– श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रेडियो कार्यक्रम सञ्चालक तथा गायक बासुदेव मुनालको सम्झनालाई उचाइमा पु¥याउनु पर्ने बताउनुभएको छ । 

बासुदेव मेमोरियल फाउन्डेसनले विहिबार गरेको बासुदेव कोइराला मुनालको ७० औ जन्मजयन्तीका एवं बासुदेव मुनाल बालप्रतिभा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री विस्टले उक्त कुरा बताउनुभएको हो । उहाले नेपाली गीत सुन्ने जो कोहीले पनि मुनालको सम्झना गर्ने भएकाले उहाँलाई सम्झिरहन आफुले जुनसुकै क्षेत्रबाट पनि फाउन्डेसनलाई सहयोग गर्ने बताउनुभयो । 

देशको कला र संस्कृतिमा जीवनभर योगदान दिएका मुनालको स्मृतिमा गठित फाउन्डेसनले विभिन्न कार्यक्रम गर्दै आएको छ । बासुदेवको जन्मदिनको अवसर पारेर फाउन्डेसनले विभिन्न क्षेत्रका बालप्रतिभाहरुलाई सम्मान तथा पुरस्कार समेत प्रदान गरिएको थियो ।