काठमाडौं, १४ असार - जर्मन बुन्डेसलिगाको विजेता बायर्न म्युनिख क्लवले लिग च्याम्पियन बन्दै लगातार आठौं पटक बुन्डेसलिगाको ट्रफी उचालेको छ ।

जारी सिजनको गएराती भएको अन्तिम खेलमा वोल्फ्सबर्गलाई ४-० गोल अन्तरले पराजित गर्दै बायर्नले लिगको सुखद अन्त्य गरेको छ।

अंक तालिकामा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डसंगको १३ अंकले अगाडि रहेका कारण दुई खेल अगावैलिग विजेता बनिसकेको बायर्नले हिजोको खेल जित्दै ट्रफी हात पारेको हो ।

यो बायर्नको कीर्तिमानी ३०औं बुन्डेसलिगा उपाधि पनिहो । जारी लिगको ३४ खेलमा२६ जित, ४ बराबरी र ४ हार व्यहोरेको बायर्नले ८२ अंक जोडेकोछ । ६९ अंक जोडेको बोरुसिया डर्टमण्ड लिगको उपविजेता बन्यो भने आर बी लेइजीग तेस्रो स्थान हासिल गर्न सफल भयो ।