महराबारे बेइजिङ्मा यस्तो संशय 


Tuesday, 16 Aug, 2016 12:02 PM

 

प्रधानमन्त्री पुष्पकमल दाहालको बिशेष दुत बनेर सरकारका एक उप–प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा साउन ३१ गते सोमबार बिहान बेइजिङ्ग प्रस्थान गरेका छन् । दुवै ठूला छिमेकी देशमा विशेष दुत पठाएर ती देशलाई नेपालले दिन खोजेको सन्देशबारे सरकारले भनेको छ– ‘समसामयिक’ परिस्थितिबारे जानकारी गराउने र लामो समयदेखि चर्चामा रहेको दुबै देशका रास्ट्राध्यक्ष हरुको सम्भावित नेपाल भ्रमण पक्का गराउने बिषयमा सरकारको यो ठोस कदम हो । यसका अतिरिक्त नेपाली प्रधानमन्त्री र रास्ट्रपतिको ती दुई देशमा हुने भ्रमणबारे पनि चर्चा हुनेछ । 

 

 

नेपालका कतिपय मूलधारका दैनिकमा काम गर्ने केहि (तीन जना) रिपोर्टरलाई चिनियाँ रास्ट्रपति सी जिनपिङ्को भ्रमण हुँदा नेपालले के गर्ने तयारी गरेको थियो भनी छुट्टा छुट्टै रिपोर्ट गर्ने जिम्मेवारी भारतीय विदेश मन्त्रालयले दिएको रहेछ । 


 

कसले बिगार्यो सम्बन्ध ?
बिशेष दुत पठाउनुको अर्थ ती देशलाई नेपालले उच्च महत्व दिएको त हो । तर बिग्रेको सम्बन्ध सुधार्ने भनी चालिएको यो कदमले सम्बन्ध कहाँ र कसरी बिग्रियो भन्ने उल्लेख गरेको छैन । नेपालको भारतसँग सम्बन्ध बिग्रेको गत बर्ष नाकाबन्दीसँगै हो । जब मधेस आन्दोलनको ढाडमा टेकेर नेपाल बिरुद्ध भारतले नाकाबन्दी लगायो, तब सम्बन्ध रसातलमा पुग्यो । बिस्तारै दुबै देशको पहलमा त्यो सम्बन्ध सुध्रिएको हो । पूर्व प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि लगभग सामान्य तहमा सम्बन्ध फर्क्यो । तर दाशहरुसँग बानी परेको भारतलाई स्वाभिमानी ओली मन परेन । यसैलाई भारतले सम्बन्ध बिग्रेको भन्ने गरेको छ, र यहाँको बर्तमान सरकारले त्यही भारतीय रटान दोहोर्याउने गरेको छ, जुन खेदजनक छ । उता नेपालसँग ओलीकै कार्यकालमा भर्खरै पारवहन लगायतका ३७ वटा आपसी सहयोग सम्झौता गरेको चीनसँग सम्बन्ध बिग्रियो भन्ने बिषय त झन् ठूलो झुट हो । चीन यसै पनि नेपाल वा छिमेकमा सरकार वा सत्ता परिवर्तनबारे निरपेक्ष रहन्छ । यसपल्ट सरकार परिवर्तनदेखि नै संशयमा रहेको चीनलाई वर्तमान सरकारको कदमले थप सशंकित बनाएको छ । 


बेइजिङ् विश्लेषण
बेइजिङ्ग नेपालबाट दिल्ली भन्दा टाढा अवस्य छ । तर त्यहाँ उपलब्ध सूचना र जानकारी एबं मिहिन विश्लेषणको लेभलले धेरैको सातो लिन्छ । सतही काम गर्ने बानी परेका नेपाली नेता र कर्मचारीले त्यसको छेउ–पुच्छर भेट्न सक्दैनन् । भारत समेत त्यसको नजिकसम्म पनि छैन । अर्का उप–प्रधान मन्त्री निधिको भारत भ्रमण महराको चीन भ्रमणपछि तय गरिएको बेइजिङ्को बुझाइ छ । यसको सीधा अर्थ चीन भ्रमणको ‘परिणाम’ले भारत भ्रमणको ‘अतिरिक्त’ एजेन्डा निर्धारित गर्नेछ भन्ने हो । सँगसँगै नेपालका कतिपय मूलधारका दैनिकमा काम गर्ने केहि (तीन जना) रिपोर्टरलाई चिनियाँ रास्ट्रपति सी जिनपिङ्को भ्रमण हुँदा नेपालले के गर्ने तयारी गरेको थियो भनी छुट्टा छुट्टै रिपोर्ट गर्ने जिम्मेवारी भारतीय विदेश मन्त्रालयले दिएको रहेछ । पहिले पहिले नेपालको पररास्ट्र मन्त्रालयबाटै सूचना प्राप्त गर्ने गरेको भारत केपी ओलीको चीन भ्रमणताका भने जिल्लिएको रहेछ ।

 

पहिले पहिले नेपालको पररास्ट्र मन्त्रालयबाटै सूचना प्राप्त गर्ने गरेको भारत केपी ओलीको चीन भ्रमणताका भने जिल्लिएको रहेछ । 

 

नेपाल–चीन पारवहन सम्झौता हुँदैछ भन्ने तथ्य दिल्लीले नपत्याएर भएको केहि दिन पछिका अन्य भेटमा चीनको विदेश मन्त्रालय एबं दिल्ली स्थित चीनका राजदूतलाई ‘भएकै हो र ?' भनी सोधेको रहेछ । प्रचण्डको पहिलो कार्यकालमा पनि चीनसँग नयाँ मैत्री सन्धीको ड्राफ्ट बनेको थियो । चीनसँग प्रस्तावित नयाँ मैत्री सन्धिको ड्राफ्ट पहिल्यै दिल्ली पुगेपछि पररास्ट्र मन्त्रालयप्रति विश्वास घटेको थियो । अहिलेका क्षमतवान सचिब शंकर बैरागीले सुधारको प्रयास गरे पनि परिणाम कमै छ । अहिले बेइजिङ्मा बढेको थप आशंका महराको पात्रता र पृष्ठभूमिका कारण हो । महराको संलग्नतामा केहि बर्षअघिको विवादास्पद ‘५० करोड टेप प्रकरण’ले चीनलाई बिनाकारण र निस्पृह बस्दाबस्दै नेपालको आन्तरिक मामिलामा घचेट्यो । यसबर्ष ओली सरकार ढाल्न महराको दिल्ली दौडले अतिरक्त प्रश्न उब्जाएको छ । 


के होला बेइजिङ्मा ?
महराको बेइजिङ् भ्रमणमा सद्भावना आदान प्रदान हुनेछ, नेपाल–चीन मित्रताबारे छलफल हुनेछ । महराले राष्ट्रपति सी जिनपिंङलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिनुका अतिरिक्त ‘पूर्ववर्ती ओली सरकारले गरेका सम्झौता लागू गर्ने प्रतिबद्धता’ दोहोर्याउने छन्, जसको प्रष्ट उल्लेख सिन्ह्वा सँगको अन्तरवार्तामा उनले गरेका छन् । तर अहिले नेपालमा धेरैले सोचेजस्तो राष्ट्रपति सी जिनपिङको भ्रमण मिति बेइजिङ्मा अहिले नै तय हुने अधार बनेको छैन । पहिलो, निधिको भारत भ्रमणअघि मित तय हुन् सक्दैन । दोस्रो, तयारीका लागि नेपालले १५ दिनभन्दा ज्यादा समय पाउनेछैन । तेस्रो र सबैभन्दा महत्वपूर्ण– मिति निर्धारण गर्न चीनबाट हुने तीन अलग निकायको नेपाल भ्रमण भएकै छैन । यद्यपि भ्रमण अवश्य हुन्छ, संशय छैन । यसको स्तर, प्रभाव र शैलिबारे पछि चर्चा हुने नै छ ।

 

नेपाल–चीन पारवहन सम्झौता हुँदैछ भन्ने तथ्य दिल्लीले नपत्याएर भएको केहि दिन पछिका अन्य भेटमा चीनको विदेश मन्त्रालय एबं दिल्लीस्थित चीनका राजदूतलाई ‘भएकै हो र ?’ भनी सोधेको रहेछ ।

 

काठमाडौं वा दिल्लीको अहिलेको सत्ताले नबुझेको वा बुझ्न नचाहेको सत्य के हो भने इतिहासमा चीन बलीयो हुँदा छिमेकीहरुको राष्ट्रिय हितको समेत रक्षा भएको छ । चीनसँग दूरी थप्ने होइन, हातेमालो गर्दै विकासमा सहकार्य आवस्यक छ । यसो भन्नु भारतको बिरोध होइन ।

 

 

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीले अचानक वालुवाटार बोलाएपछि मोर्चाको बैठक सुरु 

प्रधानमन्त्री दाहालले साँझ ७ बजेको समयमा छलफलका लागि भन्दै अचानक वालुवाटार बोलाएपछि पोजिसन क्लियर गर्न मोर्चाको बैठक बसेको हो । प्रधानमन्त्री दाहाललाई चुनाव घोषणाबाट पछाडि फर्काउने विषयमा छलफल गरिने मोर्चाका नेताहरुले वताएका छन् । 

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौँ, ८ फागुन । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ । 
 

कांग्रेस माओवादीको निश्कर्ष– मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्र चुनाव असम्भव 

सत्तारुढ कांग्रेस माओवादीको आइतबारको बैठकमा भने संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने हो भने चुनावै नहुने अवस्था आउन सक्ने निश्कर्ष निकालिएको हो । 

विश्व

टेक्सासमा फेरि हजारौँ जनताको जुलुस प्रदर्शन

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सय जनाले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

चीन र अर्जेन्टिनाका राष्ट्रपतिबीच बधाइ साटासाट

बेइजिङ्ग, ८ फागुन । चीन र दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाबीच दौंत्य सम्बन्ध स्थापना भएको ४५ औं बार्षिकोत्सवका दिन चीनका राष्ट्रपति सि जिनपिङ्ग तथा अर्जेन्टिनाका राष्ट्रपति मोरिसियो माक्रिले आज एक आपसमा बधाई ज्ञापन गरेका छन् । 

समुद्री सम्पत्तिको लडाइँ

न्यूर्योक, ७ फागुन – समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ । तर समाचार राम्रो पनि छ : प्रमाणले यो पनि देखाउँछ कि समुद्र पुनर्जीवित हुनसक्छ र त्यसको परिणामलाई साकार तुल्याउन विश्व सहमत पनि भइसकेको छ । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top